मुख्य समाचार

राजनीतिमा रोचक मोड : माधव पक्ष बिनै देउवालाई बहुमत

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ ।  यसअघि देउवाको पक्षमा  कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।  विश्वासको मतका… पुरा पढौ

सरकारले एमाले फुटाइदिन सक्छ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुन सक्ने बताएका छन् । उनले त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिए । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग र सर्तक रहन निर्देशन दिएका हुन् । ‘यिनीहरु जस्केलाबाट आएका हुन्, जस्केलाबाटै गतिविधि गर्छन् र जस्केलाबाटै अरु गतिविधि गर्छन्’ ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘यिनीहरु जस्केलाबाट आएका हुन्,… पुरा पढौ

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

सरकारले यात्रुवाहक तथा मालबाहक सवारी साधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गर्दै यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो । सार्वजनिक यातायातका सवारीहरुको भाडादर विभागको मिति असार २९ गतेको निर्णयअनुसार सोही मितिदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको हो । भाडा निर्धारणका अन्य सूचकलाई… पुरा पढौ

प्रचण्ड-विप्लव भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । अचानक तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग सहमति गरी सार्वजनिक भएका विप्लवले लामो समयसँग प्रचण्डलाई भेटेका थिएनन् । अचानक बुधबार विप्लवले खुमलटार गएर प्रचण्डसँग भेटघाट गरे। सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासहित खुमलटार पुगेका विप्लवले प्रचण्डसँग पूर्व माओवादी घटकहरुबीच एकताको प्रस्ताव गरेको स्रोतले जनाएको छ । प्रचण्डको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट विप्लवले प्रचण्ड भेट्नुलाई… पुरा पढौ

राष्ट्रिय कफी कपिङमा कास्की पहिलो

राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, प्रादेशिक कार्यालय, पोखराले आयोजना गरेको राष्ट्रिय कफी कपिङ प्रतियोगिता २०७७ मा कास्की प्रथम भएको छ । कास्कीको माछापुच्छ्रे उत्तम कफी उत्पादक सहकारी अन्नपूर्ण १, ढिकुरपोखरी ८५.७५ अंकसहित प्रथम भएको हो । राष्ट्रिय कफी कपिङ ल्याब, काठमाडौं र पोखरामा प्राप्त १७ कफी नमुनाको कफी कपिंग गरी त्यसको स्वाद र गुणस्तर जाँचिएको थियो । जोएल हिमालयन अरविका विन प्रालिको कफी दोस्रो भएको छ । सिन्धुपाल्चोकका विभिन्न… पुरा पढौ

राष्ट्रपतिले राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनु ठीक हुने बताएका छन् । विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको कारिन्दा जस्तो भएर अवैधानिक कामलाई स्वीकृत गरेकाले उनले आफैं मार्ग प्रशस्त गर्नु उचित हुने प्रचण्डको सुझाव छ । प्रचण्डले भने, ‘उहाँलाई सहज ढंगले काम गर्ने वातावरण बन्छ भन्ने मलाई लागेको छैन ।’ महाअभियोग लगाउने, नलगाउने कुरा संसद र पार्टीहरुभित्र छलफलबाट तय हुने उनले जनाए । राजधानीबाट सञ्चालन हुने एक… पुरा पढौ

सरकारको निर्णय : चैतसम्म सबैलाई खोप

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद बैठकले सबै नेपालीलाई चैतभित्र खोप उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो । कोरानाविरुद्ध अग्रपंतिमा खटिएकालाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने निर्णय भएको छ । पुरा पढौ

देउवाले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए। सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो। पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै… पुरा पढौ

विपक्षी गठबन्धनको निर्णय : सानो मन्त्रिपरिषद्

विपक्षी गठबन्धनले सर्वोच्च अदालतले सोमबार गरेको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलालाई स्वागत गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने आदेश दिएको थियो। अदालतको आदेशपछि कोटेश्वरमा बसेको बैठकले प्रतिनिधिसभाको पुनःस्थापनाका लागि भएका आन्दोलनमा सहभागी सबैलाई धन्यवाद दिएको छ। अदालतले मङ्गलबार साँझसम्म प्रधानमन्त्रीमा कांग्रेस संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएका सन्दर्भमा पुनः शीर्ष नेताको बैठक बसेर आवश्यक निर्णय… पुरा पढौ

फैसला ऐतिहासिक : कास्कीका ४ दल

कास्कीमा क्रियाशील ४ राजनीतिक दलले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, जसपा कास्की अध्यक्ष गिरीप्रसाद गुरुङ र राजमो कास्की अध्यक्ष रविमोहन ढकालले संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो जनाएका हुन् । फैसलाबाट अदालतमाथि थप विश्वास बढेको उल्लेख गर्दै संविधान निर्माणकर्ता, नेपाली जनता, राजनैतिक पार्टी र प्रजातन्त्रमा विश्वास राख्ने सबैका लागि ऐतिहासिक महत्वको भएको जनाइएको छ । ओली… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं