राष्ट्रपतिले राजीनामा दिनु उचित हुन्छ : प्रचण्ड

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनु ठीक हुने बताएका छन् ।

विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको कारिन्दा जस्तो भएर अवैधानिक कामलाई स्वीकृत गरेकाले उनले आफैं मार्ग प्रशस्त गर्नु उचित हुने प्रचण्डको सुझाव छ । प्रचण्डले भने, ‘उहाँलाई सहज ढंगले काम गर्ने वातावरण बन्छ भन्ने मलाई लागेको छैन ।’

महाअभियोग लगाउने, नलगाउने कुरा संसद र पार्टीहरुभित्र छलफलबाट तय हुने उनले जनाए । राजधानीबाट सञ्चालन हुने एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले यस्तो विचार राखेका हुन् । नयाँ सरकार बनेकै दिन अध्यक्ष प्रचण्डले राष्ट्रपतिले राजीनामा दिँदा उचित हुने जनाएर गठबन्धनको सोचको संकेत गरेका छन् ।

उनले शेरबहादुर देउवाले विश्वासले मत पाउने आधार भएको जिकिर गरे । कांग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा अर्ली इलेक्सनमा पनि जान सक्ने उल्लेख गरे ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।