गण्डकी सेरोफेरो

पोखरा महानगरको न्यायिक सम्मेलन कांग्रेसले बहिष्कार गर्ने

नेपाली कांग्रेसले पोखरा महानगरले आयोजना गर्न लागेको न्यायिक सम्मेलन बहिष्कार गर्ने भएको छ । आइतबार विज्ञप्ति निकालेर पोखरा महानगरमा कांग्रेसका सचेतक रामराज लामिछानेले यस्तो जनाएका हुन् । चैत्र १४ गते सोमबारलाई तय भएको राष्ट्रिय स्तरको न्यायिक सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त न्यायिक सम्मेलन स्थानीय तहको चुनाव घोषणा भइसकेको अवस्थामा एकलौटी रुपमा प्रचारमुखी भएको हाम्रो ठहर छ ।’ सम्मेलनमा सम्माननीय राष्ट्रपति जस्तो मर्यादित संस्थालाई… पुरा पढौ

ड्राइभिङ स्कुल संघ स्याङ्जामा भीम

स्याङ्जाका ड्राइभिङ स्कुल सञ्चालकको शनिबार भएको भेलाले जिल्लामा संघको कार्यसमिति चुनेको छ । संघ स्याङ्जाको पहिलो भेलाले भीमलाल खनालको अध्यक्षतामा सर्वसम्मत ड्राइभिङ स्कुल संघ नेपाल स्याङ्जाको ७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा सूर्य भट्टराई, सचिव गोपाल अधिकारी, कोषाध्यक्ष लक्ष्मण श्रेष्ठ र सदस्यमा जिनबहादुर गुरूङ प्रकाश पाण्डे र नवीनकुमार श्रेष्ठ छन् । नवनिर्वाचित अध्यक्ष खनालले स्याङ्जाका व्यवसायीको भावनालाई समेटेर संस्थाले व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए । संघका केन्द्रीय… पुरा पढौ

बागलुङ समाज पोखरामा डिल्ली

बागलुङ समाज पोखरामा डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनिएको छ । शनिबार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा, सचिव नरेश सुवेदी, सहसचिव मीना थापा र कोषध्यक्षमा भवानीशंकर शर्मा छन् । सदस्यमा बालकृष्ण सापकोटा, गंगाबहादुर पुन, तीलकबहादुर थापा, प्रकाश मल्ल, लक्ष्मी सापकोटा र हरि सुनार छन् । समाजका अध्यक्ष सुनिल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालत… पुरा पढौ

पत्रकार महासंघ ध्वस्त पार्ने धम्कीको निन्दा

प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएको भन्दै महासंघ कास्कीले त्यसको निन्दा गरेको छ । गिरीले शनिबार रााति सबा ११ बजेतिर महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई फोन गरी महासंघको भवनमा आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनबाट निर्वाचित नयाँ समितिलाई आइतबार पदस्थापन गराउने कार्यक्रम महासंघमा राखिएपछि चौतारी कास्कीले विरोध गरेको थियो… पुरा पढौ

जनसांस्कृतिक महासंघ गण्डकीमा सुवास

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल गण्डकी प्रदेशमा सुवास मल्लको अध्यक्षतामा नयाँ कमिटी चुनिएको छ । शनिबार भएको महासंघ गण्डकीको प्रथम अधिवेशनले ३७ सदस्यीय कमिटी सर्वसम्मत चुनेको हो । महासंघ प्रदेशको उपाध्यक्षमा प्रेमराज अधिकारी र लक्ष्मी थापा, महासचिवमा छविलाल सुवेदी, सचिव लक्ष्मी नेपाली, कोषाध्यक्ष दीपक पौडेल र सहकोषाध्यक्षमा सीता परियार छन् । सदस्यमा दीपक अधिकारी, भरत सुनार, सनबहादुर गुरुङ, दिलु फगामी, रविविक्रम केसी, रामचन्द्र ढकाल, विनोद रामदाम, भीम परियार, अर्जुन थापामगर, नारायण… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा दिननाथ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले नयाँ नेतृत्व चुनेको हो । बरालले प्रतिश्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछि पारे । बरालले २९ र अधिकारीले २० मत पाएका थिए । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशि पौडेल र कोषाध्यक्ष कविता घर्तीमगर चुनिए । सदस्यमा नारायण शाही, दीपक मुल्मी, उमेश पुन र राजु गिरी निर्वाचित… पुरा पढौ

यातायात व्यवस्था कार्यालय पोखराका ९ जनालाई मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गरी फेललाई पास र पासलाई फेल एवं परीक्षामा नै सहभागी नभएकालाई पास गराउने ९ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको सम्बन्धि आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ’मिति २०७५ साल मंसिर र २०७६… पुरा पढौ

चैत ३० बाट फेवा नव वर्ष महोत्सव

होटल संघ पोखरा नेपालले १७ औं फेवा नव वर्ष महोत्सवको तयारी थालेको छ । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुनेछ । कोभिड १९ का कारण २ वर्षसम्म स्थगित महोत्सवलाई यसपटक सडकमा आयोजना गरी निरन्तरता दिन लागिएको संघले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालि महोत्सवको प्रायोजक छ । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न संघका अध्यक्ष लक्ष्मण… पुरा पढौ

गण्डकीका जातजातिका नृत्यको अभिलेख राखिँदै

गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए । अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गर्नुभएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान… पुरा पढौ

रोटरी लेकसाइडले निःशुल्क मिर्गौला परीक्षण गर्ने

रोटरी क्लब अफ पोखरा लेकसाइडको आयोजनामा पोखरामा निःशुल्क मिर्गौला परीक्षण हुने भएको छ । विश्व मिर्गौला दिवसको अवसरमा क्लबले पोखराको मुस्ताङचोकस्थित किड्नी केयर सेन्टर निर्माणस्थलमा फागुन २६ गते बिहीबार बिहान ८ बजेदेखि निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम गर्न लागेको हो । क्लबका सर्भिस चेयर एवं किड्नी केयर सेन्टरका संयोजक कृष्ण थापाले क्लबको नियमित स्वास्थ्य शिविर अन्तर्गत यस वर्ष सो कार्यक्रम गर्न लागिएको जानकारी दिए ।पछिल्लो समय मिर्गौला रोगीको लागि उपचार विधि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं