फुर्सद

विजय अधिकारीको”टाढा हुनु कसरी ”सार्वजनिक ( भिडियो सहित )

द भ्वाइस अफ नेपालका विजेता गायक सिडि विजय अधिकारीको आवाज तथा संगीतकार डि आर अटुको संगीतमा समावेश रहेको ”टाढा हुनु कसरी ”गीतको भिडियो जनता डिजिटल मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आफनी प्रेमीका गुमाउनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । प्रेममा विभिन्न आयामलाई समेटिएको छ । राधुङ छाको शब्दको शब्द तथा किरण कडेलको एरेन्ज गीतमा रहेको छ । ”टाढा हुनु कसरी ”गीतमा मुकेश हुमाँगाईँको छायाँकन , अमृत चापाँगाईँको सम्पादन… पुरा पढौ

प्रतीक्षाको नथियाले वादीको आत्मसम्मानमा ठेस पु¥याएको भन्दै उजुरी

साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास नथिया विरुद्ध प्रहरीमा उजुरी परेको छ । दाङमा बसोबास गर्ने वादी समुदायको आत्मसम्मानमा यसले चोट पु¥याएको भन्दै महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी परेको हो । उजुरीमा प्रतीक्षाले नियतवश वादी समुदायको स्वाभिमानमा चोट पु¥याएको दाबी छ । उपन्यासमा उल्लेख भएका अधिकांश पात्र वास्तविक मान्छेसँग मिलेको उजुरीमा उल्लेख छ । ‘एक, दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४, ५ जनाकै नाम मिल्नु कसरी संयोग हुन सक्छ… पुरा पढौ

“ब्वाइफ्रेण्ड“ को पोष्टर रिलिज

निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र “ब्वाइफ्रेण्ड“को पोस्टर सँगै रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मका तीन नयाँ पोस्टर समेत सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो । फिल्म फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफे्रण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने… पुरा पढौ

सफाइको सन्देश दिँदै ‘हामी नउठे को उठ्छ’

सरसफाइसम्बन्धी सन्देशमूलक गीत ‘हामी नउठे को उठ्छ’ को म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ । पत्रकार प्रभु अधिकारीको प्रस्तुति रहेको यो गीतमा शब्द मन क्षेत्री र संगीत नरजंग गुरुङको छ । अपील त्रिपाठीको निर्देशन रहेको म्युजिक भिडियोमा रामभक्त जोजिजू, इतु जोजिजू, नरजंग गुरुङ, अजुदा थापा, योगेश काजी, मनोज गुरुङ र आशीष दासले स्वर दिएका छन् । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले म्युजिक भिडियो सार्वजनिक गरे । उनले फोहोरमैला व्यवस्थापनका लागि… पुरा पढौ

इन्दिरा खत्रीको ‘ बिचल्ली परेर ’ सार्बजनिक ( भिडियो सहित)

करेन्ट लागेर दुबै हात र खुट्टा गुमाएका कृष्ण ओलि को जिवन भागाईमा मिल्ने किसिमको कथा बस्तुलाई समेटेर योग्सना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा इन्दिरा खत्रीको लोकदोहोरी गीत ‘ बिचल्ली परेर गीतको भिडियो बजारमा आएको छ । आफनो जिवनको महत्वपुर्ण अंग गुमाउनु पर्दा निकै विचलित भएको अवस्थालाई गीतमा देखाइएको छ । गीतमा इन्दिरा खत्रीको आवाज रहेको छ । सुनिल केसीको शब्द तथा गणेश अधिकारीको लय सिर्जनामा गीत तयार गरिएको छ । आफनो… पुरा पढौ

रविलाई साथ दिन निकिताको राजीनामा

चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आफ्नो पदबाट राजीनामा पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिइन् । उनले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने प्रतिवद्धता गरिन् । उनी २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन् । पौडेलले पहिलो पटक बक्स… पुरा पढौ

गायिका बर्देवाको चर्चित गीत “थाहा छैन” सार्वजनिक

चर्चित गायिका शर्मिला बर्देवाको नयाँ गीत "थाहा छैन के के पाए के के गुमाए" को म्युजिक भिडियो सार्वजनिक  भएको छ। नाफा घाटा  नसोचेर माया लगाएको र त्यसरी माया लगाउंदा गुमाएका र पाएका भावलाई   गीतमा समेटिएको छ। लोकप्रिय गीतकार  राजुबाबु श्रेष्ठको शब्द  र हरि लम्सालको संगीत रहेको उक्त गीत गायिका बर्देवाको युट्युब च्यानलबाट सार्बजनिक भएको छ। उक्त गीत https://www.youtube.com/watch?v=7_h0gibgWBI मा हेर्न सकिने छ।  गायिका बर्देवाले    कलाकारले आफ्नो सृजनाको मिहिनेत र प्रतिफल आफैले … पुरा पढौ

१६ वर्ष कान्छो प्रेमीसँगको सम्बन्धमा सुस्मिता सेन

बलिउड अभिनेत्री सुस्मिता सेन आफ्नो १६ वर्ष कान्छा प्रेमी रोहमन सालसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् । तस्बिर साथै आफ्नो धारणहरू पनि सामाजिक सञ्जालमा राखिरहन्छिन् । अहिले भने उनको फरक ढंगले चर्चा भइरहेको छ ।  सुस्मिताले बुधबार आफ्नो अफिसियल ट्विटर एकाउन्टमा लेखेकी थिइन्, ‘म तिमीलाई यति प्रेम गर्छु कि यस नातामा म सरकारलाई पनि सामेल गराउन गइरहेको छु । जसका कारण तिमी छाडेर जान सक्दैनौ ।’ उनको यस्तो अभिव्यक्तिले… पुरा पढौ

क्यान्सर रोगको सफल उपचापछि फर्किन काममा सोनाली

एजेन्सी – बलिउडकी निकै चर्चित अभिनेत्री सोनाली बेन्द्रे क्यान्सर रोगको सफल उपचापछि काममा फर्किएकी छन् । क्यान्सर भएकी सोनालीले न्युयोर्कमा चार महिनासम्म उपचार गरिन् । न्युयोर्कमा केही महिनासम्म उपचार गरेर भारत फर्किएकी सोनाली क्यान्सरबाट मुक्ति पाएपछि फिल्म क्षेत्रमा ब्यस्त हुन थालेकी छिन् । उनले सामाजिक सञ्जालमा सुटिङ सेटको तस्बिर पोस्ट गरेकी छिन् । यो पोष्ट पछि उनका फ्यानहरु खुसी भएका छन् ।उक्त तस्बिरमा सोनाली सेतो ड्रेसमा देखिएकी छिन् । उनले… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं