“ब्वाइफ्रेण्ड“ को पोष्टर रिलिज

निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको चलचित्र “ब्वाइफ्रेण्ड“को पोस्टर सँगै रिलिज मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मका तीन नयाँ पोस्टर समेत सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

फिल्म फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोष्टरमा फिल्मको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफे्रण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रमा समेटिएको छ ।

बुढाथोकी फिल्मस प्रोडक्शन प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र“ब्वाइफ्रेण्ड“मा सरोज खनाल, महिमा सिल्वाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जिवन गौतम हुन् भने व्दन्द शंकर महर्जन, संगित टंक बुढाथोकी, नृत्य पुनम राई, निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छन् ।