प्रतीक्षाको नथियाले वादीको आत्मसम्मानमा ठेस पु¥याएको भन्दै उजुरी

साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास नथिया विरुद्ध प्रहरीमा उजुरी परेको छ । दाङमा बसोबास गर्ने वादी समुदायको आत्मसम्मानमा यसले चोट पु¥याएको भन्दै महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी परेको हो ।

उजुरीमा प्रतीक्षाले नियतवश वादी समुदायको स्वाभिमानमा चोट पु¥याएको दाबी छ । उपन्यासमा उल्लेख भएका अधिकांश पात्र वास्तविक मान्छेसँग मिलेको उजुरीमा उल्लेख छ । ‘एक, दुई जनाको नाम मिल्नु संयोग होला । तर, ४, ५ जनाकै नाम मिल्नु कसरी संयोग हुन सक्छ ?’ उजुरीमा भनिएको छ, ‘यो उपन्यासले हाम्रो समुदायलाई नै प्रत्यक्ष ठेस पु¥याएको छ ।’ प्रतीक्षामाथि उजुरीकर्ताले जातीय विभेद तथा छुवाछुत ऐनअन्तर्गत कारबाही गर्न माग गरेका छन् ।

प्रतीक्षाविरुद्ध केही दिनअघि नै उजुरी परे पनि छलफलमा प्रतीक्षा उपस्थित भएकी छैनन् । यसबारे फेसबुकमा विचार राख्दै उनले उजुरीकर्तालाई डलर खाएको आरोप लगाएकी छिन् ।


यस्तो छ प्रतीक्षाको फेसबुक स्टाटस

मलाई डर पाठकहरुसँग लाग्छ । पाठकहरुले नै तैले गलत लेखिस् भनेर किताब अस्वीकार गरे भने लेखक सकिन्छ । होइन भने एउटा INGO को केहि लाख पैसामा काठमाडौमा मासुभात खाएर केहि सीमित व्यक्तिहरुले हालेको मुद्दा मैले हारे पनि, जिते पनि मभित्रको लेखक कहिल्यै डगमगाउदैन । हुँदाहुँदा ३०को दशकको कथा लेख्दा ५० सालमा जन्मेकी युवतीले किताबको पात्रसँग मेरो नाम जुधेकोले मेरो बेइज्जती भो भनेर हनुमानढोका ढोका प्रहरी परिसरमा उजुरी समेत दिन भ्याइछन् ।
एक लेखकको सामाजिक दायित्वप्रति पूर्ण सचेत भएर नै मैले नथिया लेखेकी हुँ र यसमा कतै चुक्न नपरोस् भन्ने कुरामा मेरो यथासम्भव प्रयास रह्यो। कुनै समय थियो, लेखकको कलममाथि राज्यले नै अंकुश लगाउथ्यो । आफ्नो धन्दा चट् हुने भयले अहिले एकाध INGOहरुले समुदायका केहि व्यक्तिहरु उचालेर लेखकलाई खेद्ने र अंकुश लगाउने क्रमको शुरुवात गर्दैछन् । एक लेखककको रुपमा मैले नैतिक समर्थन मागे के तपाईहरुको साथ रहन्छ ?