फुर्सद

पुरुषोत्तमको ‘यै जवानी बैना राखेर’ (गीतको भिडियोसहित)

नयाँ वर्षको २०७६ को अवसरमा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले नयाँ गीत ‘यै जवानी बैना राखेर’ सार्वजनिक गरेका छन् । गीतमा न्यौपाने र देवी घर्तीको आवाज सुन्न सकिन्छ । गीतमा लय तथा शब्द संकलन शिव हमाल ‘लालुमै’ गरेका हुन् । गीतको भिडियोसमेत उत्कृष्ट बनेको न्यौपानेले बताए । भिडियोमा विनोद श्रेष्ठ र अञ्जली अधिकारीको नृत्य हेर्न सकिन्छ । भिडियोको निर्देशन प्रकाश भट्टले तथा छायाकंन राजेश घिमिरेले गरेका हुन् । भरपुर संगीतको प्रस्तुतिमा… पुरा पढौ

प्रियंका र आयुसमानले गरे साइवर अपराध

समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीको निमार्ण र शुभ मिडिया होमको सहकार्य रहेको लघु चलचित्र ‘बैगुनी माया’ गज्जब टिभी यूटुब च्यानल मार्फत अपलोड गरिएको छ । प्रियांका कार्की, आयुसमान देशराज जोशी, शिवहरी पौडेल, कमला रेग्मी, अशोक धिताल, विष्णु बुढाथोकी, पुनम भण्डारी लगायतले अभिनिय रहेको चलचित्रमा गोकुल अधिकारीको छायांकन, सरोज ओली र प्रेम पुनको कथा लेखन, रविन भट्ट र अमन मानन्धरको सम्पादन तथा राजेश विकको निर्देशन रहेको छ भने… पुरा पढौ

प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । मंगलबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ । लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ । टिपीकल शब्द भएका कारण यो गीत जनजिब्रोमा झुण्डिने गायक सुसनको… पुरा पढौ

रंगमञ्चमा देश देखाउँदै सरुभक्त

आगामी वैशाख ६ गतेबाट पोखरामा नाटक ‘बाकस’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको छैटौ प्रस्तुति को रुपमा बाकस २१ गतेसम्म गन्र्धव नाटकघरमा देखाइनेछ । बाकसमा राष्ट्रिय परिवर्तनपछिको देशको अवस्था चित्रण गरिएको छ । साहित्यकार सरुभक्तले यो नाटक लेखेका हुन् । उनले लेखनसँगसँगै अढाइ दशकपछि निर्देशनमा फर्किदै छन् । लामो समयको अन्तरालमा नाटक निर्देशनमा फर्किएकोमा सरुभक्त उत्साहिहत छन् । ‘मेरो रंगमञ्चप्रतिको प्रेम जारी छ । नाटकको तृष्णा मेटिएको छैन’, उनले… पुरा पढौ

नयाँ वर्षबाट नयाँ फिल्म बनाउँदै दीपक

दिपकराज गिरीको नयाँ चलिचित्र ‘छ माया छपक्कै’ वैशाखबाट छयांकन हुने भएको छ । गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने ‘छ माया छपक्कै’को निर्माणको तयारी सुरू भएको हो । ‘वडा नम्बर ६’ देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको हो । आगामी दशैँमा प्रदर्शन गर्ने भनिएको चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्नेछन भने दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्नेछन ।… पुरा पढौ

चट्यांकबाट हुने क्षति न्यूनीकरण कसरी गर्ने ? (उपायहरु यहाँ हेरौं)

मौसममा आएको बदलीसंगै प्राकृतिक विपत्ति पनि निम्तिरहेको छ । चट्याङले धमाधम ज्यान लिइरहेको छ । सोमबार अछाम र रुकुममा गरी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सावधानी नपनाएर समेत यो दुर्घटना बढ्दै गएको निकर्षमा राष्ट्रिय विपद् व्यवस्थापनले जनाइरहेको छ । निरन्तर चट्याङले ज्यान लिइरहँदा र अंगभंग गराइरहँदा सचेतना जगाउन आग्रह गरिएको छ । चट्याङले बर्सेनी नेपालमा करिब ८२ जनाको मृत्यु हुने गरेको… पुरा पढौ

चलचित्र ‘यात्रा’ अफरः चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकलाई १ लाख पुरस्कार

चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो ।  प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र 'यात्रा'को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार… पुरा पढौ

ज्ञानमाला जागरणका लागि राष्ट्रिय समिति पोखरामा

भगवान बुद्धका शास्वत सन्देशलाई ज्ञानमाला भजनका माध्यमबाट जनजनमा पुर्याउन जागरण अभियानसहित नेपाल राष्ट्रिय ज्ञानमाला समिति पोखरामा आएको छ। उक्त समितिको सम्मानमा धर्मशीला बुद्धविहार नदीपुर पोखराले आइतवार समारोहसहित ज्ञानमाला भजन कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा राष्ट्रिय समिति र ज्ञानमाला पोखराले बुद्ध भजन प्रस्तुत गरेका थिए। समारोहलाई सम्वोधन गर्दै राष्ट्रिय समिति अध्यक्ष एवम् कलाकार रमना श्रेष्ठले २०५१ साल चैत्र १८ गते स्थापना भएको ज्ञानमाला समितिको यस वर्ष रजत वर्ष समेत भएकोले विविध… पुरा पढौ

बेष्ट क्यान्सर बुझाउन मिस नेपाल पिसका प्रतियोगी घरदैलोमा

स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले बेष्टक्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागीता जनाएका छन् । बिश्व स्वस्थ्य दिवसरको अवसर पारेर आइतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् । नेपाल बेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प्रतियोगीहरु दरबार स्क्वारक्षेत्र आसपासका घर घर पुगेर क्यान्सर सम्बन्धी चेतना जगाउका थिए । ‘क्यान्सर के हो । कसरी लाग्छ । यो बाट बच्च… पुरा पढौ

लिटिल मिस हेरिटेज नेपालका लागि ११ प्रतियोगी छनौट

‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को लागि ११ प्रतियोगी छानिएका छन् । शनिबार मण्डला ब्याङ्क्वेट तीनकुनेस्थित पहिलो चरणको अडिसनबाट यी प्रतियोगी छानिन सफल भएका हुन् । जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको अडिसनमा दुई दर्जन बढी सहभागी भएका थिए । प्रतियोगिताको अर्काे चरणको अडिसन अगामी बिहिबार हुँदैछ । दुबै अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतियोगिताको तयारी कक्षामा सहभागी हुन पाउने छन् । प्रतियोगितामा इप्लानेट नेपालको पनि सहकार्य रहेको छ । मिस नेपाल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं