नयाँ वर्षबाट नयाँ फिल्म बनाउँदै दीपक

दिपकराज गिरीको नयाँ चलिचित्र ‘छ माया छपक्कै’ वैशाखबाट छयांकन हुने भएको छ । गिरी र रोहित अधिकारीको संयुक्त टिमले निर्माण गर्ने ‘छ माया छपक्कै’को निर्माणको तयारी सुरू भएको हो ।

‘वडा नम्बर ६’ देखि चलचित्र निर्माणमा सक्रिय आमा सरस्वती मुभिजले यसपटक पनि लक्की मानिएको ‘छ’ अक्षरलाई नै निरन्तरता दिएको हो ।

आगामी दशैँमा प्रदर्शन गर्ने भनिएको चलचित्रको निर्देशन दिपेन्द्र लामाले गर्नेछन भने दिपकराज गिरी र केदार घिमिरले अभिनिय गर्नेछन । यसपटक नायिक भने एकमात्रै हुने जनाइएको छ ।