फुर्सद

‘टिकटक’मा प्रतिबन्ध लगाउन आदेश

युवा पुस्तामाझ निकै चर्चित ‘टिकटक’मा प्रतिबन्ध लगाउन अदालतले आदेश दिएको छ । भारतको मद्रास उच्च अदालतले मनोरन्जन मोबाइल एप ‘टिकटक’ माथि प्रतिबन्ध लगाउन केन्द्र सरकारका नाममा आदेश जारी गरेको हो । मद्रास उच्च अदालतले इन्डोनेसिया र बंगलादेशको सरकारले उक्त एपमा प्रतिबन्ध लगाइसकेको र अमेरिकाले समेत बालबालिकाहरुलाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम जारी गरिसकेको अवस्थामा भारत सरकारले पनि उपयुक्त कदम चाल्नुपर्ने आदेशमा उल्लेख गरेको छ । अदालतले टिकटकजस्ता मोबाइल एपमा… पुरा पढौ

प्रथम पचभैया वडा स्तरिय भलिवल प्रतियोगिता बैशाख ५ गते देखि

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरा महानगरपालिका वडा नं – ३१ मा रहेको प्रगतिशील युवा मन्चले प्रथम पचभैया वडा स्तरिय भलिवल प्रतियोगिता २०७६ , यहि बैशाख ५ गते देखि गर्ने भएको छ । पर्यटकीय क्षेत्रबाट विकसित पोखरालाई खेलकुदको मार्फत आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न र भलिवल खेलको विकास गर्ने हेतुले यहि बैशाख ५ गते देखि ७ गते सम्म प्रतियोगिता आयोजना गर्न लागिएको प्रगतिशील युवा मन्चका अध्यक्ष… पुरा पढौ

पोखरामा असहाय बालबालिकाको सहयोगार्थ साँगीतिक कार्यक्रम

आगामी बैशाख ७ गते पोखरामा साँगीतिक कार्यक्रम हुने भएको छ । सेभ द चिल्ड्रेन र सेभ द नेसनको आयोजनामा कार्यक्रम आयोजना हुने भएको हो । अनाथ तथा असहाय बालबालिकाको सहयोगका लागि उक्त साँगीतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक कमल पौडेलले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारले आफ्नो प्रस्तुती राख्नेछन्। कार्यक्रममा गायक शिव परियार,मेलिना राई,चोलेन्द्र पौडेल,लोकदोहोरी गायक प्रकाश सपुत,नेपाल आइडलबाट चिनिएकी पोखराकी गायिका निलिमा थापामगर,सन्तोष सुवेदी,सन्तोष बस्याल लगायतले साँगीतिक… पुरा पढौ

मलाई सहने बानी परिसकेको छ : अञ्जु पन्त

गायिका अन्जु पन्त हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेयता बारम्बार विवादमा मुछिँदै आएकी छन् । पछिल्लोपटक हिजो मात्रै उनको एउटा पुरानो फोटो भाइरल गराइयो र दाबी गरियो कि उनी राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदैछिन् । तर उक्त फोटो अर्कै पुरानो र अर्कै प्रसंगको भएको तथ्य बाहिर आएपछि अञ्जुका आलोचकहरुको मुख बन्द भएको छ । यसैबीच, अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेखेर आफू अविचलिति समाजसेवामा लागिरहने… पुरा पढौ

“जालमा फसायौ” म्युजिक भिडियो (सार्बजनिक)

 धन कमाउने आशमा वैदेशिक रोजगारिमा गएर जिवन गुमाउनेहरुको कथालाई लिएर एक निकै मनछुने नेपाली लोक दोहोरी गीत “जालमा फसायौ” आएको छ । पार्वती कार्की र नारायण दंगालको संयुक्त प्रस्तुति रहेको गीतमा स्वर प्रभावन जे र पार्वती कार्कीको रहेको छ । लोक दोहोरी मार्फत धन कमाउने सपना बोकि वैदेशिक रोजगारिमा गएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता र त्यसबाट परिवारमा पर्ने चोटलाई यस गीतमा प्रस्तुत गरिएको छ । शब्द तथा संगीत प्रभावन… पुरा पढौ

यस्तो छ अघोरी फिल्मको डरलाग्दो टिजर

एक्सनप्रधान फिल्म ‘अघोरी’ को अफिसियल टिजर रिलिज भएको छ । बुधबार ओएसआर युट्युव च्यानल मार्फत फिल्मको टिजर रिलिज गरिएको हो । कलाकार प्रज्वल गिरी टिजर भरी छाएका छन् । उनको डरलाग्दो रुप र एक्सन टिजरमा देख्न सकिन्छ । टिजरसँगै चलचित्रको रिलिज डेट समेत सार्वजनिक गरिएको छ । वर्ष २०७६ को असोज १७ गते चलचित्रको प्रदर्शन मिति तोकिएको छ । भोमन कटुवाल निर्देशित यस फिल्ममा प्रज्वल गिरी, सारदा राज्यलक्ष्मी शाह, उमेश… पुरा पढौ

हाम्रो सुर सरगम सांगीतिक कार्यक्रम तयारी

हाम्रो सुर सरगम समुहको आयोजनामा चैत्र २३ गते धरानको सभागृहमा बृहत सुर सरगम सांगितीक कार्यक्रम साथमा दोश्रो संस्करणको स्मुल आइडलको पुरस्कार वितरण समारोह हुने भएको आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । इन्टरनेटको माध्यमबाट गीत संगीतमा रुची भएका सष्ट्रा तथा सर्जकको मञ्च तयार गरी संगीतको विकाशका लागी योगदान दिइरहेको छ । हालै सम्पन्न दोश्रो संस्करणको विजेता दार्जि्लिङकी तार्मी लेप्चा, दोश्रो काठमाडौका विनोदराज तिवारी, तेश्रो सिक्कीमका सागर तामाङ… पुरा पढौ

को बन्छ करोडपतिको सेटमा भद्रगोल टिम

चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन्। भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसंग गेम खेलेका हुन्। धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए। क्रिकेट रंगाशाला निर्माणको लागि… पुरा पढौ

नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्य रुपमा सम्पन्न

काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न भएको छ । गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा भब्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको छ  । कार्यक्रममा यादवले भाषा सस्कृति तथा सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउने बताए । पूर्व राष्ट्रपति डा. यादवले नेपाल आर्य र मङ्गोल सभ्याताको बीचमा रहेको उल्लेख गर्दै नेपालीले आफ्नो मौलिकता छाड्न नहुने बताए । ‘वेदबाट सुरु भएको हाम्रो मौलिकता… पुरा पढौ

फिल्म ‘‘यात्रा”चैत्र २९ गते प्रदर्शन हुने

अ म्युजिकल भ्लग’ युनिटले आफ्नो प्रचारप्रसारको क्रममा ‘मुन्द्रेको कमेडी क्लब’ ज्वाइन गरेको छ । टेलिभिजन शो मा दर्शक माँझ लोकप्रिय रहेको यस शो फिल्मका कलाकारहरु सलिनमान बनिया , सलोन बस्नेत र डेब्यु गर्ल मलिका महत पुगेकी हुन् । यिनले फिल्मको बारेमा कुराकानी गर्दै उक्त कार्यक्रम मार्फत दर्शकलाई जानकारी गराएका छन् । सलिनको आफ्नो फिटनेस र फेशनको राज खोले भने मलिकाले आफ्नो ब्लाइन्डको भूमिका निभाउन गरेको दुखलाई सम्झिन । चैत्र २५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं