आगामी वैशाख ६ गतेबाट पोखरामा नाटक ‘बाकस’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको छैटौ प्रस्तुति को रुपमा बाकस २१ गतेसम्म गन्र्धव नाटकघरमा देखाइनेछ । बाकसमा राष्ट्रिय परिवर्तनपछिको देशको अवस्था चित्रण गरिएको छ ।
साहित्यकार सरुभक्तले यो नाटक लेखेका हुन् । उनले लेखनसँगसँगै अढाइ दशकपछि निर्देशनमा फर्किदै छन् ।
लामो समयको अन्तरालमा नाटक निर्देशनमा फर्किएकोमा सरुभक्त उत्साहिहत छन् । ‘मेरो रंगमञ्चप्रतिको प्रेम जारी छ । नाटकको तृष्णा मेटिएको छैन’, उनले भने । निर्देशनमा उनलाई परिवर्तनले सघाउनेछन् ।
बाकसमा गोविन्दरमण पराजुली, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, नवराज गिरी, रमेशबाबु तिम्सिना, निश्चल विमल, शरद भण्डारी, सोनिया कार्की, ईश्वर कार्की, जनक पराजुली, विष्णु तिमिल्सिना, संगम लामिछाने, पार्वती थापा, धनकाजी श्रेष्ठ, दीक्षा कार्की आदिको अभिनय रहनेछ ।




