चलचित्र ‘यात्रा’ अफरः चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकलाई १ लाख पुरस्कार

चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो । 


प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्नेछ । 
मेरोमकै डट कममार्फत् सार्वजनिक गरिएको प्रतियोगितामा भाग लिन https://meromakaii.com/yatra लिंक क्लिक गरेर उत्तर दिनुपर्नेछ । 
यस्त छन् प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियम र प्रश्न-

चलचित्र ‘यात्रा’मा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् ? कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्-

१. उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् । 

२. उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् । 

३. उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् । 

४. उनी जन्मजात दृष्टिविहिन हुन् । 

५. कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप (हत्याबाहेक) देखेकी थिइन् । 

६. कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् । ७. माथिका कुनै पनि होइनन् ।


प्रतियोगिताका नियमहरुः

१. ‘यात्रा’ चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् ।

 २. एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ ।

  ३. एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ । 

३. प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

   ४. प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिनेछ । 

 ५. यो प्रतियोगिता रमाइलोको लागि गरिएको हो । त्यसैले कृपया तपाईंको साथी र परिवारसँग शेयर गरेर रमाइलो गरौं ।