अर्थ, वाणिज्य

पोखरामा एउटै प्रणालीबाट खानेपानी वितरण : जिसी

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरभित्र एउटै खानेपानी प्रणालीबाट पानी वितरणको प्रस्ताव संघीय सरकारमा पठाइएको बताएका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औं वार्षिक साभारणसभामा उनले पोखराभित्र स्तरीय खानेपानी वितरणका लागि एउटै प्रणालीको विकास गरिनुपर्नेमा जोड दिएका हुन् । पोखरा उपमहानगरपालिकामा खानेपानी संस्थान र लेखनाथमा साना सहरीले खानेपानी वितरण गर्दै आएका छन् । अब एउटै महानगर भइसकेकाले २ वटा प्रणाली ठीक नभएकोसमेत स्पष्ट पारे ।… पुरा पढौ

धर्मस्थली सहकारीको १२औं साधारणसभा

पोखरा महानगरपालिका वडा नं. ५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा समितिको लेखा परीक्षण प्रतिवेदन, सचिवको संस्थागत प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो । सहकारीका सल्लाहकार एवं निवर्तमान अध्यक्ष कृष्णमणि भूत्र्यालले कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा बोल्दै भूत्र्यालले सहकारीको चर्चा भन्दा पनि काम ठूलो हुनुपर्नेमा जोड… पुरा पढौ

१ जनाले कतिसम्म पाउँछन् नयाँ नोट ?

आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ ।  शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले विगतका वर्षहरूको भन्दा यसपालि नयाँ नोट वितरण कार्य निकै सहज र छिटो बनाइएको बताए । उनले नयाँ सटही… पुरा पढौ

नयाँ नोट आजबाट सटही हुने

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको छ । बैंकले आजदेखी आगामी १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका १र१ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्नेछन् । सर्बसाधारणले आफुलाई पाएक पर्ने राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट… पुरा पढौ

इ–सेवाबाट प्लेनको टिकट काटे कारबाही

प्रदेश नम्बर ५ सरकारले इ–सेवाबाट हवाई टिकट काटी कारोबार गरेमा कारबाही गर्ने भएको छ । एक सूचना जारी गर्दै प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने उल्लेख गरेको छ । सूचनामा पर्यटन ऐन २०७६ दफा ११ को उपदफा १ बमोजिम ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ–सेवा लगायतका इ–टिकेटिङबाट हवाई टिकेटिङको कारोबार गरेको पाइएमा २० हजार जरिवाना सहित… पुरा पढौ

भेंडा, च्याँँग्राको कर नलाग्ने

पोखरा महानगरपालिकाले दसैं, तिहारका लागि बिक्री गर्न ल्याइएका भेडा, च्यांग्रामा कर नलगाउने भएको छ । दसैंलाई लक्षित गरी भेडा, च्यांग्रा पोखरा ल्याउने क्रम सुरु भइसकेको छ । महानगरको ३३ औं बोर्ड बैठकले यस्तो निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले बताए । भेडा, च्यांग्रा बिक्रेताले टुडिँखेल र आसपासका चौरमा राखी भेडा, च्यांग्रा बिक्री गर्ने गरेका छन् । बिक्रेतालाई राहत दिँदै करको निहुँमा मूल्यवृद्धि रोक्न यस्तो कदम चालिएको हो । करको नाममा हुने… पुरा पढौ

मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने

मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ।  मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुवै बैंकका सञ्चालक समितिका सदस्यहरुलगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहबरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।  यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने… पुरा पढौ

१०० को नयाँ नोतमा नेपालको नक्सा

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट निकालेको छ । आकार, प्रकार र रङ पहिलेकै तर केही नयाँ चित्र र शब्द राखेर राष्ट्र बैंकले १०० को नयाँ नोट बजारमा पठाएको हो। राष्ट्र बैंकका अनुसार नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ (बुद्ध जन्मस्थल लुम्बिनी) लेखिएको छ। सय दरका ३ अर्ब बराबरका नयाँ नोट मंगलबारदेखि बजारमा पठाइएको राष्ट्र… पुरा पढौ

शिद्ध स्कुललाई लायन्सले बनाइदिए खानेपानी टंकी

पोखरा महानगरपालिका वडा नं। १५ फलेपाटन स्थित शिद्व माबीमा शुद्व खानेपानीसहितको टंकी हस्तान्तरण भएको छ । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू।के।को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गरिएकों टंकी २ लाख १२ हजर लागतमा निर्माण भएको छ । मंगलवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुर्वबहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गरे… पुरा पढौ

नून–सुन किन्न ‘पानी पँधेरो’

पोखराको बगरमा आइतबारबाट नयाँ डिमार्टमेन्टल स्टोर्स औपचारिक रुपमा सञ्चालनमा आएको छ । बगर, सिम्पानी क्षेत्रका बासिन्दालाई सपिङ सहज बनाउन भीमकालीपाटन, बगरमा खुलेको पानी पँधेरो हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली)ले उद्घाटन गरे । यसमा पोखराका १४ व्यवसायीले करिब ६ करोड लगानी गरेका छन् । यो क्षेत्रमा खुलेको पानी पँधेरो पहिलो डिपार्टमेन्टल स्टोर्स हो । स्टोर्समा अहिले पोखरामा व्यापार, व्यवसाय गरेका र वैदेशिक रोजगारीमा गएर फर्किएका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं