नयाँ नोट आजबाट सटही हुने

नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको छ ।

बैंकले आजदेखी आगामी १७ गतेसम्म नयाँ नोट उपलब्ध गराउने जनाएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका १र१ प्याकेट गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट लिन सक्नेछन् ।

सर्बसाधारणले आफुलाई पाएक पर्ने राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल बैंकका सबै शाखाबाट नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।