मेगा बैंकले गण्डकी विकास बैंक प्राप्ती गर्ने

मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ। 

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुवै बैंकका सञ्चालक समितिका सदस्यहरुलगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहबरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए। 

गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रियालगायत नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य तत्काल अघि बढाईने उनले जानकारी दिए। 

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको छ।