शिद्ध स्कुललाई लायन्सले बनाइदिए खानेपानी टंकी

पोखरा महानगरपालिका वडा नं। १५ फलेपाटन स्थित शिद्व माबीमा शुद्व खानेपानीसहितको टंकी हस्तान्तरण भएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू।के।को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गरिएकों टंकी २ लाख १२ हजर लागतमा निर्माण भएको छ ।

मंगलवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुर्वबहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गरे ।

उनले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उदÞ्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा पु–याएको सहयोग निकै सह्रानिय रहेको बताए । खानेपानी प्रोजेक्ट ल्याउन सफल लायन्स लिडर सोनाम स्याङपो समग्र लायन्सहरुले गौरव गर्नुपर्ने ब्यक्ति रहेको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वड़ा नं १५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक बिधालयले सोचे किसिमको प्रतिफल दिन नसकेको यथार्थता प्रस्तुत गर्दै बिधालयका र बिधार्थीका समस्यालाई लायन्ससँग जोड़ीएर धेरै समस्या हल भएको जोड़ दिदै छात्रबृति देखि शैक्षिक सामग्री वितरणले लक्षित वर्गका बिधार्थीहरुको न्युनतम आवश्यकता पूर्ति गरेको बताए ।

पोखरा ३ का अध्यक्ष रबिन्सन प्रजुले सामाजिक र मानविय सेवाका कार्यमा लायन्स अग्रस्थानमा रहेको बताए । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित शिद्व मा।बि।को खानेपानी टंकी २२ औ रहेको जानकारी दिए । अर्काे १ वटा बिद्यालयमा उद्घाटनको तयारीमा रहेको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारी र शिद्व मा।बि।का प्रधानाध्यापक गुरुदत्त कोईरालाले खानेपानी उपलब्ध हुने वातावरण निर्माण गरेकोमा धन्यवाद दिए ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा विनीता शर्मा, तृतीय उपाध्यक्ष सीता तिमिल्सिना लगायतले बोलेका थिए । कार्यक्रममा जोन चेयरपर्सनद्वय बुद्वबहादुर उदास र साल्वी बास्तोला, दुवै क्लबका पूर्वअध्यक्ष एवं क्लब पदाधिकारीको सहभागिता थियो ।