पोखरा महानगरपालिका वडा नं. ५ स्थित धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष महेश्वर पराजुलीको अध्यक्षतामा भएको साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन, लेखा समितिको लेखा परीक्षण प्रतिवेदन, सचिवको संस्थागत प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्यो ।
सहकारीका सल्लाहकार एवं निवर्तमान अध्यक्ष कृष्णमणि भूत्र्यालले कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त अवसरमा बोल्दै भूत्र्यालले सहकारीको चर्चा भन्दा पनि काम ठूलो हुनुपर्नेमा जोड दिए ।
सहकारीले सबै सदस्यको भावना समेट्ने गरी काम गरिरहेको भन्दै उनले धर्मस्थली पोखराको एक उत्कृष्ट सहकारीको रुपमा स्थापित भएकोमा खुशी प्रकट गरे ।

कार्यक्रममा सल्लाहकार हेरम्वप्रसाद कोइराला, द्रोणराज अधिकारी र वडा सदस्य उज्वल खत्रीले सहकारीको थप सफलताको शुभकामना प्रकट गरे ।
कार्यक्रममा स्वागत उपाध्यक्ष नारायण प्रसाद गौतमले र सञ्चालन सचिव शशीराज भूत्र्यालले गरेका थिए । ५ करोड ८४ लाख रुपैयाँ कुल पुँजी रहेको सहकारीले २६ करोड बचत संकलन र ३२ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।





