भेंडा, च्याँँग्राको कर नलाग्ने

पोखरा महानगरपालिकाले दसैं, तिहारका लागि बिक्री गर्न ल्याइएका भेडा, च्यांग्रामा कर नलगाउने भएको छ ।

दसैंलाई लक्षित गरी भेडा, च्यांग्रा पोखरा ल्याउने क्रम सुरु भइसकेको छ । महानगरको ३३ औं बोर्ड बैठकले यस्तो निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले बताए । भेडा, च्यांग्रा बिक्रेताले टुडिँखेल र आसपासका चौरमा राखी भेडा, च्यांग्रा बिक्री गर्ने गरेका छन् ।

बिक्रेतालाई राहत दिँदै करको निहुँमा मूल्यवृद्धि रोक्न यस्तो कदम चालिएको हो । करको नाममा हुने गण्डागर्दी र घुसपेठ नियन्त्रण गर्न पनि यसले सघाउने नेपालीले बताए ।