अर्थ, वाणिज्य

पोखरा १, २ र १८ का लागि सराङकोट खानेपानी आयोजना सुरु

पोखरा महानगरपालिका १८, २ र १ नं. वडाका २ हजार घरधुरी प्रत्यक्ष लाभान्वित हुने गरी सराङकोट खानेपानी आयोजनाको काम शनिबारदेखि थालिएको छ। जसअन्र्तगत मुख्य पाइप लाइन तथा वितरण पाइप लाइन विस्तार र कुल ७५ हजार लिटर क्षमताको ट्याङकी निर्माणको काम कृपा कम्स्ट्रक्सन चितवन तथा कुल ५ लाख लिटर क्षमताको ठूलो ट्याक्की निर्माणको जिम्मा पोखरा स्थित पराजुली सावित्री नौघरे जेभिलाई दिइएको छ। दुवै कम्पनीलाई गरी कुल रु.३ करोड ११ लाख २३… पुरा पढौ

कास्कीमा १ लाख ३७ हजार पशुको बिमा

कृषि तथा पशुपालन गर्ने किसानलाई अनुदान दिई प्रोत्साहित गर्ने सरकारको नीति छ । कृषि बाली तथा पशु विमाले पनि किसानलाई थप उत्साहित र प्रोत्साहित गरेको छ । कास्कीमा एक महानगरपालिकासहित चार गाँउपालिका छन् । दुग्धजन्य तथा मासु उत्पादनको लागि पशुपालन हुदैं आएको छ । ७५ प्रतिशत अनुदान सरकारले उपलब्ध गराएपछि कास्कीमा पशु विमा गर्ने जिल्ला पशु तथा भेटेनरी कार्यालय कास्कीले बढेको जनाएको छ । कार्यालयका तथ्यांक अनुसार १ लाख ३६… पुरा पढौ

जग्गा प्राप्ति नहुदाँ ल्याण्डफिल साइट बनाउन सकस

पोखरामा दैनिक १५० टनसम्म फोहोरजन्य बस्तु उत्पादन हुन्छ । बजारसँगै जनघनत्व बढ्दै गएको छ । १६ वर्षअघि बनाइएको ल्याण्डफिल साईटको आयु सिद्धिएको छ । १५ वर्षलाई लक्षित गरी बनाइएको ल्याण्डफिल साईटले नै पोखराको फोहोर थेग्दै आएको छ । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भईरहेको ल्याण्डफिल साईट पोखरा–१४ बाच्छेबुडुवामा फोहोर फाल्न रोकिन्छ । तर बैकल्पिक ल्याण्डफिल साईट भने अझै बनाउन सकिएको छैन् । एक वर्षपछि विमानस्थल सञ्चालनमा आउनेछ ।… पुरा पढौ

कुश्माको बन्जी र स्वीङ कार्तिक १५ गतेबाट सन्चलनमा आउने

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्वीङ र स्काइ साइक्लीङ लगायत सहासिक खेल सन्चालनको तयारीमा रहेको द क्लिफ प्रालिले कार्तिक १५ गते सनिवारदेखि आफ्ना गतिविधि सन्चलनमा ल्याउने भएको छ २०७३ सालदेखी पुलको निर्माण सुरु गरिएको थियो। यश अघि पुल संगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सन्चालनमा आउन नसकेको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए । बिश्वकै अग्लो स्विङ र… पुरा पढौ

नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित

चैत ११ गतेपछि चार महिना लडकडाउन भयो । लकडाउनकै बीचमा सुनको भाउले आकास छुँदै गयो । तोलाको एक लाख रुपैयाँ नाघ्यो । कोभिड–१९ को महामारी रोकिएको छैन । सुनको मूल्यमा अझै उतारचढाव हुने सम्भावना छ । सुनको मूल्यमा भएको बृद्धिसँगै सर्वसाधारणसँग भएको सुनका गहना भने सोचे अनुरुप बजारमा आईपुगेन् । लडकडाउन अघि सुनको ७६ हजार ५ सयमा कारोबार भएको थियो । कोभिड–१९ कै महामारीको बीचमा मूल्य बढेर १ लाख ३… पुरा पढौ

महेन्द्र र चमेरे गुफाका लागि २२ करोड

गतवर्ष मात्रै पोखराको दुईवटा गुफालाई व्यवस्थित र संरक्षण गर्ने उद्देश्यसहित गुरुयोजना तयार गरियो । तयार पारिएको गुरुयोजना अन्तर्गत केही काम शुरु गरिएको छ । महेन्द्र गुफा चमेरे गुफा सचिवालयका अनुसार दुई गुफाको लागि २२ करोडको योजना बनाइएको हो । महेन्द्र गुफा संरक्षण र सम्बद्र्धन गर्दै आएको विन्ध्यवासिनी माविले एक करोड रुपैयाँको लागतमा नाला निर्माण तथा सिमेन्टयुक्त ढलान बाटो, रेलिङ तथा ढुंगा विच्छ्याउने काम गरेको छ । गण्डकी प्रदेश सरकारकै लगानीमा… पुरा पढौ

फेवाताल सीमांकन गर्न बन्यो समिति

गण्डकी प्रदेश सरकारले फेवातालको सीमा छुट्याउन समिति गठन गरेको छ। मन्त्रिपरिषद्को सोमबारको नेकपा नेता पुण्य पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला निर्धारण, सीमांकन र नक्सांकन गर्ने छ । सर्वाेच्च अदालतको २०७५ बैशाख १६ गतेको फैसला बमोजिम फेवाको चार किल्ला छुट्याउने जिम्मेवारी प्रदेश सरकारको हो। सर्वाेच्चले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा बनेको फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले प्रतिवेदन बमोजिम ३ सरकारका नाममा फरक फरक जिम्मेवारी… पुरा पढौ

खास्टेताल मत्स्य तथा कृषि सहकारीमा हरिप्रसाद

खाष्टेताल मत्स्य तथा कृषि सहकारीको शनिबार भएको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अविधेसनले अध्यक्षमा हरिप्रसाद अधिकारीलाई निरन्तरता दिएको छ । सर्वसम्मत भएको समितिमा उपाध्यक्षमा शान्ति पौडेल, सचिवमा नवराज ढुंगाना, कोषाध्यक्षमा डिल्लीराम लामिछाने र सदस्यमा हेमराज बराल, रमेशराज पौडेल, शिवराज तिमिल्सेना, वीरेन्द्र भण्डारी, सरस्वती भण्डारी बराल, कल्पना भण्डारी र सुमन ढुंगाना छन् । लेखा समिति संयोजकमा हरिश्चन्द्र तिमिल्सेना, योगेन्द्र बराल र विकास ढुुंगाना छन् ।कार्यक्रममा पोखरा २६ का अध्यक्ष नारायणप्रसाद बरालले… पुरा पढौ

सराङ्गकोट बहुउद्देश्यीय सहकारीको साधारणसभा

सराङ्गकोट बहुद्देश्यीय सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार भएको छ । कोभिड महामारीलाई मध्यनजर गर्दै २८ गतेबाट शुरु भएको साधारणसभा शुक्रबार गरिएको हो । २०६३ मा स्थापित भई रेडियो सराङ्गकोटको सञ्चालनसँगै २०७० देखि बचत तथा ऋणको कारोबार गर्दै आएको यस संस्थाले १ अर्ब ७० करोडको कुल कारोबारसँगै ऋण लगानी ३५ करोड, शेयर पुँजी ५ करोड ५ लाख र कुल बचत ४५ करोड गरेको छ । साधारण सभाले सचिव… पुरा पढौ

कालिका लघुवित्तको सिईओमा महेन्द्र अधिकारी नियुक्त

पोखरा, ३० असोज । कालिका लघुवित्त बितिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बैकर महेन्द्र अधिकारी नियुक्त भएका छन । पोखरा महानगरपालिका वार्ड नं ११ निवासी अधिकारीलाई यही असोज २९ गते बसेको संचालक समितिको निर्णयबाट प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । लगभग १३ वर्ष ग्रामीण विकास बैंकमा माथिल्लो ओहदामा रही लघुवित्त क्षेत्रमा विशेष अनुभव हासिल गरेका अधिकारीले विभिन्न क श्रेणीको बैंकदेखि विकास बैंकको समेत लामो बैंकिङ्ग अनुभव बटुलेका छन ।यस… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं