अर्थ, वाणिज्य

कालिका लघुवित्तको सिईओमा महेन्द्र अधिकारी नियुक्त

पोखरा, ३० असोज । कालिका लघुवित्त बितिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बैकर महेन्द्र अधिकारी नियुक्त भएका छन । पोखरा महानगरपालिका वार्ड नं ११ निवासी अधिकारीलाई यही असोज २९ गते बसेको संचालक समितिको निर्णयबाट प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो । लगभग १३ वर्ष ग्रामीण विकास बैंकमा माथिल्लो ओहदामा रही लघुवित्त क्षेत्रमा विशेष अनुभव हासिल गरेका अधिकारीले विभिन्न क श्रेणीको बैंकदेखि विकास बैंकको समेत लामो बैंकिङ्ग अनुभव बटुलेका छन ।यस… पुरा पढौ

प्रभुको ५ बर्षमा ६ हेलिकप्टर

प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच बर्षमा यो एयरबस हेलीकप्टर सँगै प्रभु सँग हेलिकप्टरको सङ्ख्या ६ वटा पुगेको छ । प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर नयाँ एयरबस हेलिकप्टर ल्याउने निर्णय गरेको थियो। सो बमोजिम चैत्र ११ गते काठममाडौं आइ पुगेको थियो तर कोभिड–१९ का कारण औपचारिक प्रकृया ढिला भएको… पुरा पढौ

दशैं लक्षित यामाहाका ३ नयाँ मोडल

यामाहाको अधिकृत विक्रेता पोखराको नयाबजारमा रहेको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिले नेपालीको महान चाँड बडादशैंको अवसरमा यामाहाको थप ३ नया मोडल पोखरा भित्र्याएको छ । भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालि नयाबजारले दशैंको अवसरमा ट्रायल बाईक (एक्सटिजेड १५० सिसी) र स्कुटरमा थप दुई नया मोडल भित्राएको हो । एफआई ईञ्जिनको सो बाईक युवा पुस्ताको लागि उपयुक्त छ । स्कुटरमा यामाहाको रे जेडआर डिसब्रेक र ड्रमब्रेक बिक्रीका लागि राखिएको भी.ए.डब्लु ईन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले… पुरा पढौ

स्याउ संकलनमा जुटे मुक्तिनाथ ग्राण्ड सम्वलाका सुरज गुरुङ

जिल्ला मुस्ताङमा दशै —तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिदै गर्दा यतिखेर यहाँका कृषकले उत्पादन गरेका कृषि उपज पोखरा—काठमान्डौं लगायतका सहरमा निर्यात हुने भइरहेको छ ।जिल्लाको घरपझोङ ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा स्थानीयको बगैचाबाट स्याउ टिप्ने चटारो चलेको छ ।कोरोना माहामारीमा सकेसम्म जिल्ला बाहिरका मानिसहरु जिल्ला प्रवेश नहोस र यहाँको उत्पादन स्थानीयलेनै बजार सम्म पू¥याउने उद्देश्य मुस्ताङीको छ ।मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गापा भित्रको ५ वटै वडाहरुमा स्थानीय कृषकले फलाएको स्याउ गैर जिल्लाका व्यापारीले… पुरा पढौ

आत्मनिर्भर हुन आचार बनाउने तलिम

बलेवा एकता बचत तथा ॠण सहकारी बलेवा, बागलुङले आफ्ना महिला शेयर सदस्यलाई अचार बनाउने तालिम आयोजना गरेको छ । मंगलबार सुरु भएको तालिम १ हप्ता चल्नेछ । बागलुङ १४ नारायणस्थानका महिललाई ब्यवसायिक तथा आत्मनिर्भर बनाउनका निम्ति तालिम आयोजना गरिएको संस्थाका प्रवन्धक भरत पौडेलले बताए । महिला शेयर सदस्यको फुर्सदको समय सदुपयोग गर्न सिकाउन र आर्थिक उपार्जनका लागि तालिम सहयोगी हुने सहकारीका सल्लाहकार ढुण्डीराज शर्मा बताए । तालिम महिलाका लागि निकै… पुरा पढौ

जनप्रिय सहकारीको १७ औं साधारण सभा

प्रवेशद्धारमा माक्स र सेनिटाइजरको व्यवस्था, मञ्चमा चार पाँच जना अतिथि, सामाजिक दुरीमा रहेका कार्यसमितिका पदाधिकारी र विभिन्न उपसमितिका सदस्य तथा सल्लाहकारको उपस्थिति । यसरी पोखरा २६ को जनप्रिय सहकारी संस्थाले १७ औं वार्षिक साधारणसभा गरेको छ । पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले भौतिक रुपमा सेयर सदस्यको उपस्थिति नगराई नीति र नियममा रहेर सहकारीले गरेको साधारणसभा उदाहरणीय भएको बताए । संस्थाका अध्यक्ष मुरारी बरालले भावी योजनाका बारेमा… पुरा पढौ

खपौँदीमा खुल्यो किसान बजार

पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसंगको साझेदारीमा बजार सञ्चालनमा आएको हो । महानगरका प्रमुख मानबहादुर जिसीले शुक्रबार बजारको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख जिसीले कृषि क्षेत्र शशक्त पेशा र महत्वपूर्ण व्यवसाय भएको चर्चा गर्दै उपभोक्ताहरुको माग अनुसारका कृषि उपज उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । “स्थानीय तथा… पुरा पढौ

सहकारी सहकार्यबाट चल्नुपर्छ : अध्यक्ष कुँवर

अन्नपूर्ण गाउँपालिका–१, नागडाँडा स्थित शिखर वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारणसभा बिहीबार भएको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवरले सहकारी संस्था सहकार्यबाट चल्नुपर्नेमा जोड दिर्दै सहकारीले न्यून व्याजदरमा गरिवहरुमा पनि ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले सहकारीलाई सहकार्यको मर्म अनुसार टोलटोलसम्म पु¥याउनुपर्ने बताइन् । सो कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यवराज अधिकारी, शिक्षा अधिकृत वलराम भुगाई, सहकारी शाखा प्रमुख ठाकुरप्रसाद अधिकारी, वडाध्यक्षहरु क्रमश १ का… पुरा पढौ

अब हरेक कम्पनीका अफरहरु नेपाल अफर्स डटकममा

नेपाल अफर्स डटकमले विभिन्न कम्पनीहरुले ब्रान्ड तथा व्यवसायको बजार प्रवर्द्धन गर्न ग्राहक लक्षित गरेर ल्याउने अफर (स्किम)हरुलाई एउटै डिजिटल प्लेटफर्ममा प्रवर्द्धन गरि रहेको छ। विभिन्न कम्पनीका अफरहरुलाई नेपाल अफर्सले निःशुल्क रुपमा आफ्नो वेबसाइट तथा सामाजिक संजाल (फेसबुक, इन्स्ट्राग्राम)का पेजमा राखेर प्रचार गर्न सुरु गरेको नेपाल अफर्सको सञ्चालक कम्पनी वाफ्ट टेक्नोलोजी प्रालीका सिइओ राजन जैसवालले बताए। जुुनसुकै कम्पनी, ब्रान्ड वा व्यवसायको अफरहरुलाई नेपाल अफर्स डटकमले प्रवर्द्धन गरिदिने सञ्चालक जैसवाल बताउँछन्। निःशुल्क… पुरा पढौ

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकीमा चन्द्रकिशोर

नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको सोमबार भएको प्रथम अधिवेशनबाट चन्द्रकिशोर गौतम नेतृत्वको प्यानल नै विजयी भएको छ । अधिवेशनमा चन्द्रकिशोरले ३९ मत पाएका थिए भने उनका प्रतिश्पर्धी वुद्धिबहादुर गहतराजले २५ मा चित्त बुझाए । चन्द्रकिशोर सभापति रहेको कार्यसमितिमा उपसभापतिद्वयमा जीवनकुमार विश्वकर्मा (म्यादी) र कृष्णबहादुर विश्वकर्मा (गोर्खा) छन् । सचिवमा रविन विश्वकर्मा, कोषाध्यक्ष नेत्रबहादुर विश्वकर्मा, सहसचिव पर्व विश्वकर्मा र सहकोषाध्यक्ष पूर्णबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा हरि गहतराज,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं