कालिका लघुवित्तको सिईओमा महेन्द्र अधिकारी नियुक्त

पोखरा, ३० असोज । कालिका लघुवित्त बितिय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा बैकर महेन्द्र अधिकारी नियुक्त भएका छन । पोखरा महानगरपालिका वार्ड नं ११ निवासी अधिकारीलाई यही असोज २९ गते बसेको संचालक समितिको निर्णयबाट प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

लगभग १३ वर्ष ग्रामीण विकास बैंकमा माथिल्लो ओहदामा रही लघुवित्त क्षेत्रमा विशेष अनुभव हासिल गरेका अधिकारीले विभिन्न क श्रेणीको बैंकदेखि विकास बैंकको समेत लामो बैंकिङ्ग अनुभव बटुलेका छन ।
यस अघि प्यासिफिक डेभलपमेन्ट बैंक लमजुङ्गमा ७ वर्ष प्रमुख कार्यकारी अधिकृत र ग्लोबल आई.एम.ई.बैंकमा लघुवित्त विभागको प्रमुख लगायत प्रदेश प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका अधिकारीले संस्थागत रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिमहरु समेत लिएका छन ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर हासिल गर्नु भएका अधिकारीले सिईओमा नियुक्त भए पछि सपथग्रहण कार्यक्रममा बोल्दै संस्थाले सुम्पिएको जिम्मेवारीलाई दृढता पुर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन ।
२०७७ श्रावणदेखि नायव प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्रीले काम सिईओको रुपमा कार्य गर्दै आएका थिए ।