फेवाताल सीमांकन गर्न बन्यो समिति

गण्डकी प्रदेश सरकारले फेवातालको सीमा छुट्याउन समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को सोमबारको नेकपा नेता पुण्य पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो । समितिले फेवातालको चार किल्ला निर्धारण, सीमांकन र नक्सांकन गर्ने छ ।

सर्वाेच्च अदालतको २०७५ बैशाख १६ गतेको फैसला बमोजिम फेवाको चार किल्ला छुट्याउने जिम्मेवारी प्रदेश सरकारको हो। सर्वाेच्चले विश्वप्रकाश लामिछानेको अध्यक्षतामा बनेको फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले प्रतिवेदन बमोजिम ३ सरकारका नाममा फरक फरक जिम्मेवारी तोकेर परमादेश जारी गरेको थियो ।

लामिछाने नेतृत्वको समितिले फेवातालको क्षेत्रफल २ हजार १ सय १ रोपनी अतिक्रमण भएको निष्कर्षसहित तालको मापदण्ड ६५ मिटर कायम गर्न सुझाव दिएको थियो ।