दृष्टिकोण

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ : डा. रवीन्द्र पाण्डे

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी उपाय ठानेको थियो । अहिले हेर्दा लाग्छ, लकडाउन भनेको परिवार नियोजनको ‘एब्स्टिनेन्स ‘ हो । यो प्रभावकारी छ तर लामो समयको लागि सम्भव छैन । जसरी परिवार नियिजनका प्राकृतिक बिधि तथा… पुरा पढौ

एसइई परीक्षा, अनलाइन वा दूर शिक्षाबारे चाडै निर्णय हुनुपर्छ

कोरोना संक्रमणको महामारी बढ्दै गएको तथा महामारी अनिश्चितकालीन भएको तथ्यबोध गर्दै सरकारले निम्न लिखित निर्णय गर्न ढिलो नगरोस् |- SEE परीक्षा SLC परीक्षा होइन | SLC को ब्यबस्था खारेज गरेको र १२ कक्षालाई आइरन गेट बनाएको कुरा हामी सबैलाई अवगत छ | जसरी ८ बाट ९, ९ बाट १० मा बिद्यार्थी पुग्छन त्यसै गरि १० बाट ११ र ११ बाट १२ कक्षामा पुग्दछन् | यो महामारीको समयमा SEE परीक्षा गर्नु… पुरा पढौ

अनिश्चित लकडाउन र अस्तब्यस्त यातायात क्षेत्र

बिश्व नै आज कोरोना भाईरसको कारण अस्तब्यस्त र तहसनहस को अबस्थामा मा देखिएको छ ।यस बाट बच्नको लाई धेरै देश हरु आज आन्तरिक र बाहय रुपमा लकडाउन मा राखियको छन् र यो अझै कति लम्बिने हो अनिश्चित जस्तै देखिएको छ यस्ले गर्दा अतिआबस्यक देखि सेवा का सम्पुर्ण क्षेत्रहरु पुर्णतया  ठप्प भएको छ ।नेपाल मा पनि यो माहामारी को चपेटामा परेको छ र यस्ले अन्य जस्तै यातायात लाई पनि लगभग लगभग ठप्पै… पुरा पढौ

विदेशमा अप्ठ्यारोमा परेका सबै नेपालीको उद्धार गर्छाै : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,– आज विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ र यसका विरुद्धको लडाईंमा सरिक छ । र, त्यसका विरुद्ध हामी पनि लडिरहेका छौं । यसै क्रममा मुलुक ६३ दिनदेखि लकडाउनमा छ । कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ । उहाँहरूसहित कोरोना भाइरसद्वारा स्वदेश तथा विदेशमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दछु । र, शोकाकूल परिवारजनमा… पुरा पढौ

एमसिसी मुद्दा र बाबुराम भट्टराई

बिगत भारतमा ईष्ट इन्डिया ईङ्लिश कम्पनीको नामबाट अंग्रेजले जसरी साम्राज्यवादी उत्पात गर्यो, ठिक त्यसैगरी एमसिसी नामको कम्पनी मार्फत अमेरिका आगत नेपालमा युद्व साम्राज्य थोपर्दैछ। "भारतमा अंग्रेजको सरकार" भन्ने कुनै औपचारुकता थिएन, त्यही ईष्ट इन्डिया ईङ्लिश कम्पनीले भारतको सम्पूर्ण सत्तामाथि अधिकार गर्दथ्यो। त्यसैले भारतमा अंग्रेजको साम्राज्यवादी शासनलाई जनसाधारणले "कम्पनी सरकार" भनेर बुझ्दथे। तदनुरुप साम्राज्यवादी अमेरिकाको एक कम्पनी नेपालमा "एमसिसी सरकार" थोपर्दैछ र त्यसतर्फ यहाँका दलाल शासकहरु खुलेआम आत्मसमर्पण गर्दैछन। यसवारे अर्थात… पुरा पढौ

उमेर अनुसारको जोखिम र सप्लिमेन्ट

नेपालमा कोरोना संक्रमणको संख्या दिनानुदिन बढिरहेको छ | भारतबाट नेपाल आउनेको संख्या अत्यन्तै ठूलो छ | यो ठूलो संख्याको कारण उनीहरुलाई परीक्षण समेत नगरि, क्वारेन्टाइनमा नराखि आफ्नो थातथलोमा पठाउने काम सुरु भएको छ | यसले गर्दा संक्रमण बढ्ने क्रम जारी रहनेछ | यो अवस्थामा जेष्ठ नागरिक तथा दीर्घऔषधिसेवी घरभित्र समेत आइसोलेसनमा बस्नु जरुरी छ |कोरोना भाइरसको खोप तथा ठोस औषधि पत्ता नलागेको अवस्थामा जति सकिन्छ सामाजिक दुरी कायम गर्ने, मास्क… पुरा पढौ

अनिश्चित लकडाउन र बालबालिकामा पर्न सक्ने असर

आज विश्व नै कोरोना भाइरस (कोभिड १९)का कारण तहसनहसको अवस्थामा छ । चीनको हुवेही प्रान्तको वुहान सहरवाट सन् २०१९ डिसेम्बर महिनाको अन्तिम सातादेखि सुरु भएको कोभिड माहामारीले विश्वका विकसित एवम् शक्तिशाली राष्ट्रहरु महामारीवाट सबैभन्दा वढी प्रभावित भएको देखिन्छ । यो लेख लेख्दासम्म विश्वभर ५१ लाखभन्दा बढी संक्रमित, ३ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । २ सय ५० भन्दा बढी राष्ट्रमा फैलिसकेको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन सकेन… पुरा पढौ

हर्ड इम्युनिटी उपयुक्त मोडेल हो कि हैन ?

यदि अधिकांश जनसंख्या कुनै संक्रमणबाट इम्युन ( रोगसंग लड्ने एन्टिबोडी बिकास ) भयो भने बाँकी जनसंख्याले त्यो रोगसँग लड्ने जुन क्षमता प्राप्त गर्छन, त्यसलाई हर्ड इम्युनिटी भनिन्छ | उदाहरणको लागि यदि कुनै ठाउँमा ७० % लाई कोरोना संक्रमण भयो भने बाँकी ३०% ले स्वत: कोरोना संक्रमणको इम्युन प्राप्त गर्छन् | अर्थात् १४ जना संक्रमित भए भने ५ जनालाई स्वत: संक्रमणबिरुद्ध लड्ने क्षमता विकास हुन्छ भन्ने अबधारणा नै हर्ड इम्युनिटी हो… पुरा पढौ

किन झुक्ने भारतसँग ?

विश्वमा अहिले २ सय ५० भन्दा बढी देश आफैमा सार्वभौम छन् तर पनि अहिलेको युगमा एक देश अर्कोको सहयोगबिना अलग्गै बस्न सक्ने अबस्थामा देखिदैन । त्यसो भनिरहदा कुनै एक देशले अर्को देशको सार्वभौमसत्तालाई हस्तक्षेप गर्नु र नियन्त्रणमा राख्न सक्ने अबस्था भने छैन । स्वतन्त्रतापूर्वक आफ्नो गतिविधि गर्न पाउने अन्तर्राष्ट्रिय मान्यता पनि हो । यही मान्यता अनुरुप नेपाल पनि आफ्नो दुई छिमेकी देश भारत र चीनसँग एउटा स्वतन्त्र र सार्वभौम मुलुकको… पुरा पढौ

सीमा मिचिँदा बोल्नुहुन्न, उतैको दानापानी खानुभाछ ?

नेपालमा सञ्चालित मिडिया हाउसहरु नेपाली आमाको चिरहरण हुने गरी भारतीय मिडिया र भारतीय दलालहरु लाग्दा चू गरी बोल्न नसक्नु बिडम्बनाको कुरा हो। नेपालको राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा आबाज बुलन्द नगर्ने मिडियामाथि राष्ट्रबादी नेपाल सरकारले छानबिन गरी यिनीहरूको स्रोत पत्ता लगाउनु पर्छ । भारतीय विदेश मन्त्रालयको बिज्ञप्ति छाप्ने तर नेपाली आमामाथि भारतद्वारा हठात् बलात्कार हुँदा राष्ट्रियताको पक्षमा नबोल्ने मिडियाहरु बन्द गर्नेसम्मको काम सरकारले तुरुन्तै गर्नु पर्दछ।नेपाल सरकार, नेपालका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं