जनताको पहुँच पुग्न नसकेको गणतन्त्र


नेपाली राजनीतिमा २०६५ जेष्ठ १५ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरी २३८ वर्ष लामो शाहवंशीय शासन अन्त्य गरिएको दिनलाई हामी प्रत्येक वर्ष गणतन्त्र दिवसको रुपमा मनाउँछौं । त्यसरी नै २०६२, ६३ को जनआन्दोलन सफल भएर लोकतन्त्रको स्थापना भएको वैशाख ११ लाई लोकतन्त्र दिवश र २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते प्रजातन्त्र दिवश मनाइन्छ । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र जे भने पनि जनतामाथि गरिने शासन व्यवस्थालाई बुझ्न् सकिन्छ । फरक यतिमात्रै, जहाँ शासक को हुने भने नै हो ।

नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह पश्चात नै एकात्मक शासन पद्धतिमा शासित यो देश नेपाल आफ्नो गणतान्त्रिक पर्थमा पाइला चलिरहेको पाईन्छ। आजका दिनमा भूपी शेरचनको कविताको एक हरफ कवितालाई सम्झन मन लाग्यो
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैन मुलुक दुई, चार सपुत मरेर नगए

आजको दिनलाई सम्झना गर्दा गणतन्त्र स्थापनाका लागि आफ्नो प्राणको आहुति दिने र १० वर्षसम्म सञ्चालित द्वन्द्वमा वीरगति पाएका तमाम नेपाली अमर आत्माहरुलाई चिरशान्ति प्राप्त होस्।शाहीदको वास्तविक बलिदानको कदर न कुनै कार्यक्रमको नाममा लाखौं पैसा खर्च गरेर हुन्छ, न त चोक र सडकमा शालिक बानाएर हुन्छ । त्यो त केवल गणतन्त्रको संस्थागत अभ्यासले मात्रै हुन्छ ।

विभिन्न समय भएका राजनैतिक उतरचढावलाई पार गर्दै अहिले हामी लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौं। २०४६ को जन आन्दोलनबाट प्रजातन्त्रको पुनर्स्थापना गरी अगाडि बढेको शासन ब्यबस्थामा परिवर्तनका लागि मुख्य भूमिका खेलेका राजनीति पार्टी र तिनिहरुका भातृ संठनका नेतृत्व र कार्यकर्ता अनि आफूलाई समाजका प्रतिष्ठित र बुद्धिजीवी भनाउदाहरुले गरेका क्रियाकलाप र व्यबहारले गर्दा आम नेपालीमा वितृष्णा पैदा हुँदै प्रजातान्त्रिक राजनीति व्यवस्था नै धरापमा पर्न गएको थियो । त्यसैको फलस्वरुप २०६२, ६३ को जन आन्दोलनमा नेपालीले प्रजातन्त्रको विकल्पमा लोकतान्त्रको खोजी गरे । सडक र चोक चोकमा नेपाली मानव सागर उर्लियो ।

विश्वमा आज धेरै देश लोकतान्त्रिक र गणतन्त्रिक राज्य छ्न् तर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र राज्य हो ।

नेपाली जनताले गरेका आन्दोलन र क्रान्तिबाट आएको परिवर्तन आएको प्रजातान्त्र, लोकतन्त्र र गणतन्त्र जे भने पनि जनताको तन्त्र भने अथवा देशको शासनतन्त्रमा सैद्धान्तिक रुपमा देशको सर्बोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासिन हुन सक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ ।

लोकतन्त्र र प्रजातन्त्रभन्दा गणतन्त्र फरक हुन्छ । लोकतन्त्र त्यस्तो शासन ब्यबस्था हो, जहाँ बुहुमतको आधारमा शासन चलाइन्छ । विश्वमा आज धेरै देश लोकतान्त्रिक र गणतन्त्रिक राज्य छ्न् तर नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र राज्य हो । अहिलेको बिश्व राजनीति प्रजातान्त्रिक धारमा अगाडि बढेका छन् र बाँकी समाजबादी मुलुक पनि आफनो अस्तित्व कसरी टिकाउने भने चिन्तामा छन् । चीन जस्तो समाजवादी मुलुक आर्थिक आडमा र उतर कोरिया आफ्नो आणविक शक्तीको भरमा शासन ब्यबस्था टिकाउन प्रयासरत देखिएका छन् ।

संसारको ध्यान नै नेपालतिर केन्द्रित गरी भएको राजनैतिक परिवर्तनपछि पनि आजको दिनसम्म आउँदा जनताले लोकतान्त्रिक अभ्यास गर्न पाइरहेको छैनन् । जनताले बिगतदेखि अबलम्बन गर्दै आएको जीवन पद्धतिमा खासै परिवर्तन हुन नसक्नु असामान अर्थ राजनैतिक र सामाजिक र सांस्कृतिक रीतिरिवाजमा परिवर्तनको महशुस गर्न नसक्नु यो व्यवस्थाका कमजोरी हुन् । गणतन्त्रलाई सुन्दर बनाउनको अब बिधिको शासन र मानव अधिकार हनन हुन नदिनु, कानुनभन्दा माथि कोही कसैलाई छुट नदिनु, समानताको आधारमा शासन सञ्चालन गर्नु जरुरी छ ।

समानता, फरक विचारको सम्मान, नागरिक स्वतन्त्रता, बहुमतको शासन, अल्पमतको सम्मान, सबैधानिक सर्बोच्चता, स्वतन्त्र न्यायपालिका, आबधिक निर्वाचन, नागरिक समाजको सक्रियता, पारदर्शिता, उत्तरदायी, सामाजिक न्याय, बहुलबाद, प्रेस स्वतन्त्रता ,र शान्ति सुरक्षा जस्ता बिषय आम जनताका साझा अधिकार हुन् । नेपालको राज्य व्यवस्था परिवर्तनका लागि गरिएको आन्दोलन र जनयुद्धका बेला लागेका गोलीका छर्रा अझै पनि शरीरभित्र नै छन् कतिपयका ।

घाउहरुको खत अझै आलो नै छ । आफन्त गुमाउनुको पीडा, अपांग बन्नु परेको पीडा र आफ्नो परिवारका सदस्य बेपत्ता हुनुको सकस शब्दमा अभिव्यक्त हुन सक्दैन । ठूलो मूल्य चुकाएर प्राप्त भएको उपलब्धी हो गणतन्त्र । यसको सदुपयोग गरी समृद्धि, विकास र प्रगतिको मार्गमा अघि बढ्नु जरुरी छ ।

स्वदेशमा नै रोजगार सिर्जना गर्ने र आत्मनिर्भरता कहिले हुने हो ? यो कुराले सधैजसो नै झस्काइ रहन्छ ।

आजको दिन नेपाल र नेपालीले गर्व गर्ने दिन हो । यो अवसरमा काठमाडौको टुडिखेलमा र देशभर धेरै ठाउँमा बिशेश कार्यक्रम गरी गरिन्छ । तर जनताको स्तरमा गणतन्त्र भनेको नारायणहिटीबाट शितल निवासमा सर्नुमात्रै हो भने प्रश्न उठ्न थालेको छ । राजनैतिक दलहरुमा देखिएको गुटगत मानसिकता शक्तिशाली बन्नका लागि जस्तोसुकै निर्णयमा पुग्न पनि पछि नपर्ने र यिनीहरु माथी पनि शंकाहरु उब्जन थालेको छ । आज १२ बर्षमा आईपुग्दा जनताहरु गणतन्त्रको अर्थ खोजी रहेको पाइन्छ ।

तारे होटलमाआजको दिबसको शुभकामना आदानप्रदान लगायत अन्य कार्यक्रम भैइरहदा देशका दुर्गम गाउँमा जनता भोकभोकै मर्न वाध्य छन् । स्वदेशमा नै रोजगार सिर्जना गर्ने र आत्मनिर्भरता कहिले हुने हो ? यो कुराले सधैजसो नै झस्काइ रहन्छ । देशको युवा शक्ति दैनिक हजारौंको सख्यामा बिदेशिनु निराशाजनक र चिन्ताजनक बिषय बनेको छ । दैनिक रुपमा बन्द काठको बाकसमा निदाएका सपनाहरु, घाइते र अपांग बनेका र हेपिएर आफ्नो लुटिएका र बेचिएकालाई कहिलेसम्म हो टुलुटुलु हेरेर बस्ने ?

जनचाहनाको रोजाई निरकुशताभन्दा प्रजातन्त्र र प्रजातन्त्रभन्दा गणतन्त्र बन्यो । ब्यबस्था परिवर्तन भयो तर आजका दिनसम्म आउँदा अवस्थामा खासै परिबर्तनको आभास भएको छैन । जति कुरा गर्न सजिलो हुन्छ, त्यसको कार्यन्वयन उतिकै अप्ठ्यारो पनि हुन्छ । गणतन्त्रमा कानुनी राज्यको र बिधिको शासन हुन सकेन भने अराजकताले मान्यता पाउँछ । त्यो अबस्थामा निरकुशवादीहरु जुरमुराउनु थाल्ने छन् । यो राजनैतिक विकास क्रमको नियम पनि हो ।

जब जब राजनैतिक दलहरु शक्ति सघर्षमा होमिन्छन् र आफना मुलभुत एजेण्डालाई सम्बोधन वा निर्वाह गर्न भुल्छन्, तब देशमा अराजकतावाद हुन्छ। आजको दिनमा आईपुग्दा सहिदहरुको त्यो बलिदानमाथि खेलवाड गर्ने छुट कसैलाई छैन । भ्रममा पनि नपरौं, कसैलाई भागवण्डा, नातावाद र कृपावादको राजनैतिक गरेको सहिदहरुले हेरेर बसेका छन् ।

जुन जुम्लाको खलंगा, रोल्पाको लिवाङ र अर्घाखाँचीको सन्धिखर्कमा भएका किन नहुन् । त्यसैले यस्लाई अराजकतामा र भिडतन्त्रमा जान नदिनु नै आजको दिनका लागि गरेको बलिदानको कदर हुनेछ । गणतन्त्रलाई दिगो बनाईराख्ने हो भने विधिको शासन र कानुनी राज्यको आभास जनतालाई दिलाउनै पर्छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं