सीमा मिचिदा नबोल्ने, हामी जिउँदै छौं ?

आजभन्दा २ सय ६ वर्षअघि भारतमा शासन गरिरहेका अग्रेज शासकका तर्फबाट बेलायती अक्ट्ररलोनीले नेपाली जर्नेल अमरसिंह थापालाई भने, ‘सानो मुलुकको सेनापति हुनुभन्दा ठूलो मुलुकमा आऊ ।’ तर, त्यसको जवाफमा अमरसिंहले भने, ‘म सिनो उधिनेर खाने स्यालको बच्चा हैन, बाघको बच्चा डम्मरु हुँ, यो पत्रको जवाफ लडाइँको मैदानमा दिनेछु।’ आज जननेता मदन भण्डारीका सच्चा अनुयायी, अमरसिंहका सच्चा सन्तान केपी वलीले लिनु भएको देशभक्तिको बाटोमा सारा नेपाली र संसारभरका न्यायप्रेमीको साथ र समर्थन छ।

नेपाली जनताको भारी मतबाट निर्बाचित यो केपी ओली नेतृत्वको सरकार नेपाली जनताको आस्था र विश्वासको धरोहर हो । राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय स्वाधीनता जस्ता विषय वस्तु बिनिमयका चीज होइनन् । अङ्ग्रेजको बुटमुनिबाट, दासताबाट, उपनिवेशबाट अगाडि बढेका भारत लगायतका देशले नेपाली भूमि, हाम्रो प्यारो राष्ट्रियतामाथि धावा बोल्ने असम्भव दुस्साहस गरे भने हामी नेपाली महान् आमाका सन्ततिहरु आमाको चिर हरणमा चुप लागेर बस्ने छैनौं ।

हामी अमरसिंह, भक्ति थापा, वीर बलभद्र, भीमसेन थापा, पुष्पलाल, बिपी कोइराला र मदन भण्डारी जस्ता नेपालीआमाका महान सन्ततिका सच्चा अनुयायी टाउकोमा रातो कात्रो बाधेर मातृभूमिको रक्षार्थ हिजो जसरी आधुनिक प्रबिधि र हतियारले सुसम्पन्न अङ्ग्रेजसित खुडा, तरबार, भाला र ढुंगाको भरमा नेपालको चन्द्र र सूर्य अङ्कित झण्डाको रक्षाका लागि पानीसमेत नखाई कोखमा बच्चा र पिठ्युँमा नानीबाबु समेत बोकेर नेपाल आमामाथिको आक्रमणका विरुद्ध वीरता र बीराङ्गनापूर्वक लडाइँ लडे, त्यो बिरासतलाई कायम गर्दै नेपाली भूमि माथिको भारतको गिद्दे दृष्टि र अतिक्रमणका विरुद्ध शानपूर्वक हामी लड्न तयार छौं ।

प्राकृतिक न्यायको सिद्धान्तको आधारमा हाम्रो जबर्जस्त कब्जा गरेको जमिन फिर्ता गरेन भने ऎतिहासिक दस्तावेजहरु, तथ्य र कारणहरुसहित भारतले नेपाली सम्प्रभुतामाथि कत्लेआम हुने गरी अधिग्रहण गरेका जमिनसित सम्बन्धित मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ ।

भारतले बलजफ्ती र हेपाहा प्रवृतिका साथ अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत ६० हजार हेक्टर जमिन फिर्ता गरेन भने नेपाल सरकार, यहाँका राजनीतिक दल र सारा नेपाली जनसमुदायको आवाज नजरअन्दाज गर्‍यो भने हामीले सन् १८१६ को सुगौली सन्धि मानिरहनु पर्छ भन्ने जरुरी छैन। प्राकृतिक न्यायको सिद्धान्तको आधारमा हाम्रो जबर्जस्त कब्जा गरेको जमिन फिर्ता गरेन भने ऎतिहासिक दस्तावेजहरु, तथ्य र कारणहरुसहित भारतले नेपाली सम्प्रभुतामाथि कत्लेआम हुने गरी अधिग्रहण गरेका जमिनसित सम्बन्धित मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्दछ ।

नेपाल र ईष्टइण्डिया कम्पनीबीचको लडाइँ पूर्वको ग्रेटर नेपाल फिर्ता गर्ने अभियानमा लाग्नुपर्छ । हैन भने भारतले नेपाल र अङ्ग्रेजको बीचमा सन् १८१६ मा भएको सुगौली सन्धि अनुसारको सबै भूभाग बिनाशर्त नेपाललाई फिर्ता गर्नु पर्दछ। यद्यपि सारा नेपाली जनसमुदायको स्वाभिमान र स्वाधीनतासित जोडिएको निशान छाप संशोधन गरी नेपालको नयाँ नक्सा समावेश गर्ने जस्तो संदनशील बिषयमा बिपी, सुबर्णशमसेर, किसुनजी र गणेशमानले स्थापना गरेको काङ्ग्रेसले आनाकानी गर्नु, अध्ययनका लागि समय माग्नु, राष्ट्रियताका बारेमा धरमर हुनु निकै दुःखको कुरा हो।

हुन त, राष्ट्रिय अखण्डता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रियता सम्बन्धि बिषयमा नेपाली काङ्ग्रेस आफ्नो स्थापना कालदेखि नै दृढतापूर्वक उभिई यी बिषयहरुको आधार वस्तु जगेर्ना गर्न सकेको इतिहास खासै छैन । यसकै नेतृत्वमा भारतसँग ठूल्ठूला सन्धि, सम्झौताहरु भएको इतिहास सबैका सामु छर्लङ्ग छ। त्यस्तै नेपालको नूनपानी खाएर भारतको गुणगान गाउने मधेशवादी र क्षेत्रीय पार्टीहरु राष्ट्रियता र राष्ट्रिय सीमानासित सम्बन्धित अत्यन्तै संवेदनशील बिषयमा समेत प्याकेजको बेमौसमी बाजा बजाउँदै छन् । उनीहरु नेपाली आमाको चिरहरण गर्ने भारतको कुत्सित, हेपाहा र विस्तारवादी प्रवृत्तिलाई मलजल हुने गरी अगाडि बढ्नु अक्षम्य अपराध र देशद्रोहमा उत्रित उद्दत हुनु हो।

सन् १८१६ को सुगौली सन्धि अनुसारको नेपालको सबै भूभाग समेटिएको नक्सा प्रकाशित गरी निशान छापमा सो नक्सा समावेश गर्नुपर्ने अत्यन्तै महत्त्वपूर्ण अवस्थामा संविधानको धारा ९ को उपधारा २ सित सम्बन्धित अनुसूची ३ मा संशोधन गर्ने सरकारको प्रस्तावमा आलटाल गर्नु, अण्टसण्ट कुरा गर्नु भारतले तेस्रो पटक अन्तर्राष्ट्रिय सन्धि, अभिसन्धिको पूरै खिलाप हुने गरी नेपालमा नाकाबन्दी लगाउदा समेत नाकाबन्दीको न उच्चारण गर्न नसक्ने दलहरुले राष्ट्रहित गर्लान् भनेर कसरी सोच्न सकिन्छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था स्थापना गर्ने अदम्य आट, साहस र हिम्मतबाट वाहवाह कमाएको गिरिजा बाबुका अनुयायी शेरबहादुर देउवा र उनको काङ्ग्रेस किम्कर्तव्यबिमूढ भई मातृभूमिप्रतिको उत्तरदायित्वबाट अलगथलग रहने कुरालाई आगामी पुस्ताले समेत किन्चित छुट दिने कुरा हुँदैन ।

महाभूकम्पले थिलोथिलो परेको समयमा समेत मित्र राष्ट्रमाथि नाकाबन्दी लगाउँदा नेपालको राष्ट्रिय स्वाभिमानलाई शिरमा राख्दै ड्टेर सामना गर्ने, उत्तरको चीनसित पारबहन सम्झौता गरी भारतको एकछत्र दादागिरीलाई आमनेसामनेको टक्कर दिने केपी ओली सरकारले ल्याएको राष्ट्रिय स्वाभिमानको सबैभन्दा उच्चतम राष्ट्र हितको बिषयमा गम्भीर नभई अगाडि बढ्ने निकृष्ट मधेशबादी दलहरु र तत्कालीन नेकपा एमाले लगायत ठूला कम्युनिस्ट पार्टीहरुको सहायतामा पछिल्लो समय गिरिजाप्रसाद कोइरालाले ऎतिहासिक र कुशल नेतृत्व गरी शक्तिशाली जनआन्दोलन र जनयुद्धको उपयुक्त समयमा उचित फ्युजन गराई राजा रहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था स्थापना गर्ने अदम्य आट, साहस र हिम्मतबाट वाहवाह कमाएको गिरिजा बाबुका अनुयायी शेरबहादुर देउवा र उनको काङ्ग्रेस किम्कर्तव्यबिमूढ भई मातृभूमिप्रतिको उत्तरदायित्वबाट अलगथलग रहने कुरालाई आगामी पुस्ताले समेत किन्चित छुट दिने कुरा हुँदैन । किनकि कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली आमाको टाउको र मस्तिष्क जस्तै अभिन्न भाग हुन् ।

आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई आत्मसात गर्ने गरी राष्ट्रिय स्वाधीनता समेतका ४ ताराको बेग्लाबेग्लै अर्थ बोकेको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यो कालापानी, लिम्पियाधुरा र लिपुलेक सम्बन्धि राष्ट्रियताको मुद्दामा आफ्नो संसदीय दलबाट निर्णय गराई केन्द्रीय समितिको निर्णयबाट अनुमोदित गर्ने गरी राष्ट्रियताको यो मुद्दामा एकाकार हुनु आजको प्रमुख आवश्यकता हो । यो नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीको कर्तव्य हो।

आज आफ्नो भूमि फिर्ता ल्याउन आनाकानी र आलटाल गर्दा केपी ओली नेतृत्वको सरकारले गरेको गौरवान्वित निर्णयले सगरमाथा जस्तै ठाडो भएको सारा नेपालीको शिर झुक्ने दिशामा अभिमुख हुन काङ्ग्रेस जस्तो जिम्मेवार प्रतिपक्षलाई कुनै हालतमा सुहाउँदैन । भारत लगायतका विदेशी प्रतिक्रियावादी र तिनका सूण्डा, मुण्ड मिडियाहरु एकोहोरो ढङ्गले नेपालले आफ्नो सबै भूमि समेटिएको नेपालको नक्सा सम्बन्धि बिषय प्रतिनिधि सभाको बैठकको कार्यसूचीबाट काङ्ग्रेसले गर्दा फिर्ता भयो भनेर रटान गरिरहदा हरेक देशभक्त नेपालीको शिर झुकेको छ,आत्मग्लानी भएको छ र मन रोएको छ।

यदि राष्ट्रियतासम्बन्धि गम्भीर बिषयमा यस्तै ढिलासुस्ती गर्ने, कर्तव्यबाट च्यूत हुने हो भने इतिहास बेचेर खान पल्किएको काङ्ग्रेसको इतिहासको पसल बन्द हुनेछ । इतिहासको निर्मम समीक्षा जनताले गर्नेछन् । यस कारण भारतले सन् १८१६ को सुगौली सन्धिको मर्म बिपरित हडपेका, अतिक्रमण गरेका सबै भूभाग प्रमाणको आधारमा निशर्त फिर्ता गर्नुपर्दछ ।

यदि यो प्राकृतिक न्यायको सिद्धान्तको बिपरित भारत उभिने हो भने अङ्ग्रेजसित गरेको सुगौली सन्धि हामीले मान्नु पर्छ भन्ने छैन ।

नेपाल बिश्वको मानचित्रमा अहिलेसम्मकै स्वाधीन र स्वतन्त्र राष्ट्र हो। जनसंख्या, भूगोल र क्षेत्रफलका आधारमा कुनै पनि देशको राष्ट्रिय स्वाभिमान र सम्प्रभुता सानो वा ठूलो हुँदैन । सबैको बराबर हुन्छ। खबरदार, भारतीय शासकहरु नेपालको राष्ट्रिय अखण्डता, स्वाभिमान र स्वतन्त्रतामाथि धावा बोल्ने असम्भव दुस्साहस बन्द गर। नेपालले सारा प्रमाण र दस्तावेजका आधारमा गरेको कूटनैतिक पहल र सन्धिहरुका आधारमा नेपालका सबै भूभाग फिर्ता गर। यदि यो प्राकृतिक न्यायको सिद्धान्तको बिपरित भारत उभिने हो भने अङ्ग्रेजसित गरेको सुगौली सन्धि हामीले मान्नु पर्छ भन्ने छैन । एक मुठी प्राण र एक थोपा रगत बाँकी रहुन्जेलसम्म पनि हामी आफ्नो भूमि फिर्ता लिन गोर्खाली नेपाली वीरहरुको रगतले सिन्चित माटोको कसम खाएर भारतसित उसको हेपाहा प्रवृत्ति विरुद्ध निरन्तर अन्तिमसम्म लड्न तयार छौँ । तर हाम्रो एक ईन्च भूमि छोड्नेवाला छैनौं । यसमा बिलम्ब नगरौं ।

संविधानको धारा ९ को उपधारा २ सित सम्बन्धित अनुसूची ३ मा व्यवस्था भए अनुसार निशान छाप सित सम्बन्धित संविधान संशोधनका बारेमा काङ्ग्रेसमा सद्बुद्दि पलाओस । काङ्ग्रेस छिटो ठीक ठाउँमा आओस्, मातृभूमिमाथि कत्लेआम हुँदा मधेसबादी र क्षेत्रीय दलहरु मातृभूमिको चिरहरणमा उत्सव मनाउने र जन्मभूमिमाथि हठात बलात्कार हुँदा त्यसलाई मलजल गर्ने काम राष्ट्रमाथिको अपराध र देशद्रोह जस्तै हो ।

राष्ट्रियता जस्तो गहन बिषयलाई प्याकेजमा साट्ने काम गर्न सकिँदैन । यो निरर्थक र बेमौसमी छ । विदेशीको दासता न हिजो हाम्रा पूर्खाहरुले स्वीकार गरे, न आज हामी गर्छाै, न त भोलिको नेपालीको पुस्ताले गर्नेछ । आकाशमा चन्द्र र सूर्य रहुन्जेलसम्म हाम्रो देश राष्ट्रिय अखण्डता र स्वाभिमानले युक्त स्वाधीन, स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा युगयुगसम्म रहनेछ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।