बिश्व नै आज कोरोना भाईरसको कारण अस्तब्यस्त र तहसनहस को अबस्थामा मा देखिएको छ ।यस बाट बच्नको लाई धेरै देश हरु आज आन्तरिक र बाहय रुपमा लकडाउन मा राखियको छन् र यो अझै कति लम्बिने हो अनिश्चित जस्तै देखिएको छ यस्ले गर्दा अतिआबस्यक देखि सेवा का सम्पुर्ण क्षेत्रहरु पुर्णतया ठप्प भएको छ ।नेपाल मा पनि यो माहामारी को चपेटामा परेको छ र यस्ले अन्य जस्तै यातायात लाई पनि लगभग लगभग ठप्पै पारेको छ ।
यस्ले गर्दा यो क्षेत्रमा काम गर्ने लाखौ श्रमिक हरु बेरोजगार भएका छन् ।यसले गर्दा सामाजिक जनजिबन र आर्थिक अबस्थामा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेको छ ।लकडाउन शुरु भए देखि बन्द भएको सार्बजनिक यातायात कहिले सम्म बन्द रहने र सञ्चालन भएमा पनि के कसरी गर्ने भने कुरा अनिश्चित भएको हुँदा यस्को प्रभाव के कति पर्ने हो भने कुरा सहजै अनुमान लागाउन सकिदैन तर बिश्वको अन्य देश हरुको अध्ययन ले नेपाल मा तुरुन्तै सञ्चालन हुन सक्ने देखिदैन । सार्वजनिक यातायात क्षेत्र अन्तरगत नेपाल हबाई र सडक यातायात लाई मात्रै लिन सक्छौ तर जल यातायात को भने त्यति प्रभावकारी रुपमा सञ्चालनमा आउन सकिरहेको छैन ।नेपाल मा हवाई र सडक यातायात को शुरु भएको ७० बर्ष पुगिसकेको छ । त्यस्लाई प्रभाबकारि रुपमा र ब्यबस्थित गर्ने को लागि यातायात ब्यबस्था बिभाग को २०४१ मा गठन गरिएता पनि आज को दिन सम्म यस्को यातायात क्षेत्रको बिकासमा उल्लेखनीय कार्य गर्न सकिरहेको देखिदैन।
यस्को उदाहरण भनेको नै आज को दिन सम्म पनि नेपाल को सम्पुर्ण भु भाग मा यस्को सेवा नपुग्नु नै हो ।प्रजातन्त्र को स्थापन सगै यस्लाई पनि ब्यबस्थित गर्न को लागि यातायात ब्यबस्था ऎन २०४९ र सबारी तथा यातायात ब्यबस्था नियमावली २०५४ बनाई केही ब्यबस्थापन गर्न खोजिएको भएता पनि त्यसको प्रभाकारी कार्य अगाडि सार्न सकिरहेको छैन । निजि क्षेत्र को १००% नै लगानी रहेको सार्वजनिक यातायात रुपमा सेवा दिदै आईरहेको त्यसलाई लाई अध्यन गर्ने हो भने आज को दिन सम्म बस ४९३१८,मिनि बस/ट्रक २५५९५,क्रेन /डोजर /ट्रक ९०४११,कार, जिप भेन २३७६५८,पिक अप ५५९७३,माईक्रो ७६५८,टेम्पो ४५६७२,टेक्ट्र १४३९६२ टेम्पो २६४६६र अन्य गरि जम्मा पन्ध्र लाख जति विभिन्न किसिमका सवारी साधान हरु ले सेवा प्रभाव गरिरहेका छन् ।यिनी हरुको माध्यम बाट सरकार ले गत बर्ष मात्रै एक न. प्रदेश मा रु ११६१७८१९२०दुई न. प्रदेश मा रु १२८०४७९६९५बागम्ती प्रदेश मा रु ५५१०३५९६९७,गण्डकी प्रदेश मा र ८०९२०४३९९,पाँच न. प्रदेश मा रु १४९२७२८४२०,कर्णाली प्रदेश रु ७३५९८५६७ र सुदूरपश्चिम प्रदेश मा रु ३२९५४६४८१ गरि जम्मा र १०६५७६९९१७९कर को रुपमा मात्रै राजस्व सकलन गरेको र अन्य शिर्षक पनि दाखिला हुन आउने रकम लाई पनि जोडने हो भने पचासौ अरबौ रुपियाँ सकलन गरेको र लगभग राजस्व को प्रमुख हिशा ओगटेको देखिन्छ ।
नेपाल को आज को अबस्थामा सम्ममा जम्म्माजमि राजमार्ग र बाटो हेर्दा ८००७८ किलोमीटर मात्रै बाटो बनेको छ भने राजमार्ग रुपमा सडक भिभागले २६९३८ किलोमिटर र स्थानीय सरकार र जनता को लागानी मा ५३१४३ किलोमीटर बाटो निर्माण गरियको छ सबारी साधान को अनुपात मा यो एकदमै कम हुन आउछ यस्लाई ब्यबसायीले नै ब्यबस्थापन गरि सञ्चालन गरेको मा त्यस्लाई पनि विभिन्न बाहानामा कमजोर बनाई ब्यबस्थापन गर्नुको साटो लथालिङ्ग बनाउने काम गरिरहेको छ हिजो को दिन देखि आजको दिन सम्म आउँदा यातायात व्यावसायी लाई हेर्न नजरमा कुनै सरकारले परिवर्तन गर्न सकिरहेको छैन ।बड्दो सबारी र राजमार्ग को समय अनुसार निर्माण गर्नु नसक्नु को कारण दैनिक रुपामा सबारी दुर्घटना बढीरहेका छन् यसरी बिगत का कमिकमजोरी को अध्ययन गरि विभिन्न बिषय मा प्राबिधिक र भौतिक रुपमा सुधार गर्नु पर्ने आबस्यकता देखिएको छ ।
आज को दिन सम्म हेर्ने हो भने यातायात का साधन हरु आफ्नो घर ग्यारेजमा खडा गरि रहुनुपरेको अबस्थामा यस बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पचास लाख भन्दा बढी ब्यक्ति को रोजिरोटी मा असर पारेको देखिन्छ भने लगातार साधन खडा गरिरहुनी पर्दा त्यसमा देखिने समस्या जस्तै टायर लाई घाम पानी ले खानु,ब्याट्री को चार्ज मा कमि आउनु,मोबिल लगाएत अन्य लुबेरिकेट परिवर्तन गर्नु पर्ने र ईन्जिन मा आउने समस्य त छदैछ त्यस माथी बैक बाट लिएको किस्ता , बिमा शुल्क ,यातायात कर ,रोड परमिट ,सबारी जाँच पास शुल्क ,लागाएत थुप्रै शुल्क हरु खपटिएर तिर्नु पर्ने अबस्था पनि छदैछ । एक त दैनिक रोजिरोटी लागि पनि समस्या देखिएको र अर्को तर्फ आर्थिक भार र सञ्चालन पनि अनिश्चित का साथै WHO को निर्देशन अनुसार सामाजिक दुरि कायम गरि सञ्चालन गर्नु पर्ने देखिए को काराण यातायात ब्यबसाय हरुले यी सबै कुरा को ब्यबस्थापन गरि पुन!सेवा दिन सक्ने कुरा मा दुबिधा देखिन्छ ।
निचोडमा भन्नु पर्दा अहिले माहामारी को विरुद्धमा लडने स्वास्थ क्रमी र सुरक्षा निकाय मा काम गर्ने हरु नै अग्र भाग मा देखिय जस्तो रोगको कारण बाहेक ,आर्थिक रुपमा अहिले सबभन्दा बढी यातायात क्षेत्रमा प्रभाव पार्ने र यसले पारेको प्रभावको कारण यो ब्यबसाय गर्ने हरु यसको रोकथाम पछि पनि ब्यबसाय गर्न नसक्नु निश्चिति पार्य जस्तो देखिएको छ ।यसो भनी रहदा सरकारले सबैकुरा को ब्यबस्थापन गरिदिहोस भने पनि होईन तर कानुन र नीति बनाउने निकाय सरकारी हुने हुँदा उनी हरुले यातायात ब्य्बसायी लाई हेर्ने नजरमा परिबर्तन नगर्ने हो र सञ्चालन देखिएका समस्या हरुलाई नितिगत रुपमा हल्ल नगर्ने हो भने ब्यबसाय मा निरन्तर दिन नस्कने देखिन्छ ।
केन्द्रिय सदस्य, नेपाल ट्रक यातयात ब्यबसायी महासघ









