ताजा समाचार

दृष्टिकोण

मेलम्ची कुनै हालतमा रोकिन्न

सर्वप्रथम खानेपानी मन्त्रालयलाई नेपालको राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको अवस्थाका बारेमा जानकारी दिन आमन्त्रण गर्नुभएकोमा समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै समितिको यस बैठकमा मेलम्ची खानेपानी आयोजनाको प्रगति र मन्त्रालयले गरेको पहलका सम्बन्धमा निम्नानुसार संक्षिप्त जानकारी गराउन चाहन्छु । १. आयोजनाको पृष्ठभूमि मेलम्ची खानेपानी आयोजना बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना हो । २ दशकअघि परिकल्पना गरिएको मेलम्ची आयोजनाको वि.सं. २०६५ सालमा सिआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो… पुरा पढौ

लोकसेवा परीक्षा,यसरी लेखे सफलता निश्चित

कुनै पनि पदमा पदस्थापन हुनुपूर्व सो व्यक्तिलाई पद तथा जिम्मेवारीको समूचित सञ्चालनको लागि गोपनीयता एवं पदको सपथ दिलाउने चलन छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, प्रधानन्यायाधीश तथा विभिन्न ओहदाको जिम्मेवारी बहन गर्दा प्रायः सबै मुलुकमा सपथ खुवाउने चलन छ, ताकी भविष्यमा एउटा मापदण्डका आधारमा कारवाही होस् । कतै काममा जानु छ भने बाटो नलमलिईकन सरासर भनेको ठाउँमा पुगेर, भेटेर, समाचार पुर्‍याएर वा समान लिएर तुरून्त फर्केर आउनको लागि भनिन्छ… पुरा पढौ

भ्रममा नअल्झिनुस्; HEPATITIS B र C को सफल उपचार सम्भव छ

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । कलेजो फेल भएको जसलाई हामी मेडिकल टर्मिनोलोजीमा सिरोसिस अफ लिभर भन्छौं । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ । कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । नेपालमा सय जना कलेजोका बिरामी जाँच गर्ने हो भने ९० बढीको कारण चाहिँ… पुरा पढौ

फेरि जन्मेलान् नारायण गोपाल

‘म त लालीगुराँस भएछु, वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’ नेपाली साङ्गीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मङ्सिर १९ गते २८ वर्ष बितिसक्दा पनि उहाँको नाम आज पनि उत्तिकै अमर छ । ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्‍या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु… पुरा पढौ

यस कारण बढेको हो बलात्कार

सुन्दर भविष्य बनाउने उद्देश्य लिएर पढ्न गएकी छोरी, आफ्नो परिवारलाई गरिबीबाट माथि उठाउनका लागि जागिर गर्न गएको छोरी वा साथीहरूसँग मेला घुम्न गएको छोरी सकुशल घर फर्किने हो कि होइन भन्ने चिन्ताले हरेक आमाबुवालाई सताइरहेको हुन्छ । आमाबुवालाई चिन्ता हुनुको विभिन्न कारणमध्ये बलात्कार एउटा ठूलो चिन्ताको बिषय हो । आजभोलि बलात्कार हुने त्राश धेरै दिदीबहिनीलाई हुने गर्छ । किनभने कतै पाँच वर्ष भन्दा मुनिकी नानी बलात्कृत भएकी छिन् भने कतै… पुरा पढौ

कसरी बिग्रन्छ कविता?

कविता कसरी कविता बन्छ, धेरैलाई थाह छ । कसरी कविता बिग्रन्छ, यसबारे थोरैले सोचका हुन्छन् । के हुँदा कविता बिग्रन्छ भन्ने हेक्का कविले राख्यो भने कविता दुर्घटित हुँदैन । थप हौसला प्रगितयोगिताहरूमा पुरस्कारका रूपमा, बजारमा पाठकको मायाको रूपमा, तथा हृदयमा सन्तुष्टीको रूपमा पनि पाइन्छ नै । खासमा कविता निम्न अवस्थामा बिग्रन्छ । यसो भनिरहँदा नेपाली परिवेश र नेपाली कविताको पछिल्लो समयखण्डलाई दिमागका राखिएको छ । १. कसैको भनाइ वा तर्कलाई… पुरा पढौ

राष्ट्रसेवकका नाममा

अचेल मन निर्बम बनेको छ,लोकतन्त्र ले देश मा विडम्बना सुरुवाती गर्यो भन्न मन लाग्छ,कानुन पकेटमा राखेर तमासा सुरु हुन्छ चोकमा । कालो धन्दा गर्ने व्यक्ति पक्रनु भन्दा पहिला उसको  पहुच को खोजी गर्छ प्रशासन । कर्मचारी अर्थात स्थाई सरकार पनि राजनीति कै शरणमा परे,संस्थान,प्राधिकरण वा अन्य सरकारी निकाय  हरु त मन्त्री का “प्ले ग्राउण्ड “ नै बने । लाभको पद खाने हरुको त झन् के कुरा ? उच्च अधिकृत त… पुरा पढौ

दशैं र सांस्कृतिक दशा

दशैं छिमेकीको घरमा आउँछ, सँगसँगै आफ्नै घर भित्रिसक्छ । दशैं छोराछोरीको चङ्गा भएर आउँछ । नौजवानको उमङ्ग भएर आउँछ । नयाँ लुगा लगाएर ब्रुकब्रुक उफ्रिरहेका नानीहरू देखेर दशैंको रंगले पूर्ण पोतिएको घरको भित्ताले मुसुक्क हाँसिदिन्छ । घरभन्दा टाढा रहेकाहरू दशैं नै बोकेर आउँछन् । मिठामसिना खानाले वाक्कै पार्नेगरी दशैं आउँछ । वर्षभरको थकान मेटाउने चौतारी बनेर दशैं आउँछ । बिहेवारीबाट टाढिएकाहरू माइतीमावली फर्कंदा सायद दशैंले थप पूर्णता पाउँदा हुन् ।… पुरा पढौ

बिहे गरे सुध्रेला !

“होइन त्यो माथिघर बद्रीकाकाको छोरा त साह्रै बिग्रिएछ।पहिले पहिले रक्सी चुरोट मात्र खान्थो अचेल त गाँजा तान्न पनि थालेछ। “त्यती मात्र कहाँ हो र ड्रग पनि लिन्छ रे,अस्ती त्यो गल्लीमा बसेर हातमा सुइ हालिराथ्यो रे । काका काकी खुब पिर गर्दै थिए। “अब एउटी राम्री असल केटी खोजेर बिहे गर्दिने रे। बिहे गरेसी कसो नसुध्रियला र।”- हाम्रो समाजमा अधिकांश घरमा सुनिने वार्तालाप हो यो। बिग्रेको छोरालाई सुधार्ने एक मात्रा उपाय… पुरा पढौ

बलि प्रथा पशु पंक्षि दिवस र हाम्रो परिवेश

आज अक्टुबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८बाट मनाउन थालिएको पाइन्छ। विभिन्न संघ सस्थाको आयोजनामा विविध कार्यक्रमहरुको साथ यो दिवस मनाउने गरेको पाइन्छ । विविध पशु पंक्षि भएको तथा पशु पंक्षिको पूजा गर्ने हाम्रो परंपरामा यस दिवसको छुट्टै महत्त्व रहेकोछ । पशु पंक्षि र मानवबीचको घनिष्ठ सम्बन्ध अनाधिकालदेखि रहदै आएकोछ।नेपालमा पशु पंक्षि हित ,वन्यजन्तु संरक्षण, अमानवीय रुपमा… पुरा पढौ