पञ्चायतकालमा सत्ताइतर राजनीतिक काम गर्नु जनसेवा मानिन्थ्यो । अझ कम्युनिष्ट विचारधारामा लागि राजनीति गर्नेहरू त साँच्चै उदाहरणीय हुन्थे । आफ्नो परिवार र अन्य सबै श्रमजीबीलाई एकै आँखाले हेर्दथे । अरू श्रमजीबीहरू जसरी बाँचेका छन् आफ्नो परिवार पनि त्यसरी नै बाँचोस् भन्ने हुन्थ्यो । जनताबाट सित्तैमा सिगो धागो समेत नलेउ भन्ने माओको भनाई पालना गर्ने हुदा खानका लागि किसानहरूको घरको काममा सघाउन पनि तयार रहन्थे ।
लत्ताकपडाका लागि पुराना कपडाहरू जम्मा गर्ने चलन थियो । नेताले तिनै कपडा धोएर लगाउने गर्थे । कम्युनिष्ट भनेका धर्म नमान्ने काम गर्न नसक्ने भएपछि मानिसहरूलाई मारिदिने, सबैको सम्पत्ति खोसि सबैलाई काम गराउने,अड्कलेर खान दिने, आफ्नो परिवार भन्न नपाइने, जनावरको जस्तो बैबाहिक सम्बन्ध हुने भनेर प्रतिक्रियावादीहरूले फैलाएको हल्लले अशिक्षित जनमानसमा नराम्रो प्रभाव छरेको थियो ।
यस्तो समयमा बी।ए। एम्।ए।गरेकाहरू पूर्णकालिन भएर कम्युनिष्ट पार्टीमा लाग्नु , उनीहरूको आचरण जीवनशैली, उनीहरूले गरेको दुख, सर्वसाधारण जनतासंग गर्ने ब्यवाहारले गर्दा सर्वसाधारण जनता बल्ल ती ब्यक्तिहरू र कम्युनिष्ट पार्टी प्रति आकर्शित भएका थिए । यसरी पञ्चायतकाल राजनीतिक नेता कार्यकर्ताका लागि जनसेवाको काल रह्यो ।
पञ्चायतकालमा विभिन्न कम्युनिष्ट नामका पार्टीहरूमा नेतृत्व गर्नेहरू चाहे संशोधनवादी कित्ताका होउन् चाहे क्रान्तिकारी कित्ताका होउन् कसैले पनि ब्यक्तिगत धन थुपार्ने काम गरेनन् । पुष्पलाल, मनमोहन, शाहाना,तुलशीलाल, मोहनबिक्रम, भक्तबहादुर, सी।पी।मैनाली , चित्रबहादुर, निर्मल लामा , मोहन बैध्य आदि सबैले आर्थिक अनुशासन पालन गरे ।
दलाल पुँजीपतिसँग सात्ठगाँठ गरी धनरासि जम्मा गरेपछि माओवादीको नेतृत्व मण्डलीले मार्क्सवाद नै छाडी दलाल पुँजीवादमा पतन भयो ।
जब नेपालमा बहुदलीय संशदीय ब्यवस्थाको पुन स्थापना भयो सत्ता सरकारमा गई सुबिधा भोग गर्ने र सुबिधा भोग गर्न नपाउने बीच अन्तर बिरोध आयो । त्यसपछि पार्टीमा पूर्णकालिन भएर काम गर्ने नेता देखि सामन्य कार्यकर्ताहरूलाई मासिक तलवको ब्यवस्था सुरू भयो । त्यसपछि राजनीतिक काम पेसामा बदलियो । पार्टीका सदस्यहरू समान हुने कुरा तोडियो ।नेतृत्वको हैसियत अनुसार सेवासुबिधा हुने भयो । चन्दा प्रथालाई ब्यपक पारियो ।
दलाल पुँजीपतिहरूलाई कालो धन कमाउने अवसर दिने सर्तमा लाखौ लाख चन्दा लिने परिपाटी बस्यो । जति धेरै रमक जम्मा हुन्छ सोही अनुसार सेवासुबिधामा बृध्दि हुन लाग्यो । सामन्य राजनीतिक कार्यकर्ताको सेवा, सुबिधा सरकारका मूख्य सचिवको भन्दा पनि आकर्षक बन्न पुग्यो । अझ केन्द्रको मूख्य नेतृत्वमा हुनेहरूले प्राप्तगर्ने रकम कतै देखाउन समेत नपर्ने भएकाले राणाकालमा जस्तो बाहुली दाखिल हुन थाल्यो ।
पार्टी भित्रैबाट दलालपुँजीपतिको जन्म भयो । माओवादी जनयुध्दमा पार्टीभित्र दुई प्रकारका बर्ग बन्यो । एउटा बर्ग दुखकष्ट सहेर प्रतिक्रियावादीसंग भौतिक रूपमै लडि रह्यो । यश बर्गबाट दशौ हजारको बलिदानि पनि भयो । नेतृत्वमा रहेको एक बर्ग जो प्रत्यक्ष रूपमा लडाईमा भिड्न गएन देशैभर ऐक्षिक वा जवरजस्ति रूपमा जम्मा हुने रकम हातमा पारी नवधनाढ्य बन्न पुग्यो ।
कम्पनी फोडेर एक्लै चलाउन न ओलीले सक्छन् न दाहालले सक्छन् । कम्पनी फुटेमा पेसावालाको हालत खराब हुन्छ ।
एकातर्फ लडकुहरू भोकभोकै लडिरहे अर्को तर्फ सिमित ब्यक्तिमा अघात पैसा जम्मा भयो । यिनै नवधनाढ्यहरूले नै जितको नजिक पुगेको युध्दलाई बिशर्जन गर्ने काम गरे । यो धन जम्मा गर्ने काम शान्ति प्रक्रियामा आएपछि पनि सशस्त्र बिद्रोहको नाममा यथावत रह्यो । क्यन्टमेन्टका लाडाकुहरूको चेक खोस्ने देखि दलाल पुँजीपतिसंग सात्रठगाँठ गरी धनरासि जम्मा गरे पछि माओवादीको नेतृत्व मण्डलीले मार्क्सवाद नै छाडि दलालपुँजीवादमा पतन भयो ।
नेकपा एमाले नामको पार्टी २०४६ सालदेखि नै सत्ता, सरकार एन्। जी।ओ। आइ।एन्।जी।ओ। प्रयोग गर्दै र राष्ट्रघात जनघात गर्दै दलालपुँजीवादमा स्थापित भएको थियो । त्यसमा माओवादी केन्द्रको अर्को समूह मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको छ । अहिले यश पार्टी भित्र तीन किसिमका सदस्यहरू छन् । एक थरी पेसा नोकरी गर्नेहरू जो विभिन्न स्थानीय इकाईहरूमा काम गरि रहेका छन् , यिनीहरूले भ्रष्टाचार पनि गरि रहेका छन् ,यही स्तरका पूर्णकालिन नेता कार्यकर्ताले पनि पार्टीबाट तलव बुझ्छन् र साथै तस्कर ब्यपारीहरूबाट मोटै रकम असुल्छन् ।
केन्द्रीय तह भन्दा माथिकाको नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको कम्पनीको धेरथोर शेर छ । यश कम्पनीमा ओली र दाहलको समान शेएर मानीयको छ । यी दुई शेरहोल्डर बीचको लफडा नै डवल नेकपाको रोइलो हो । पेसा गर्नेको पेसा थामिए भएको छ अन्य शेर होल्डरहरूले बेला बेलामा सरकारमा बोनस पाए भएकै छ। नमिलेको यी दुई बीचको लफडाले कहिले काहीँ कम्पनी नै फुट्ला जस्तो देखिन्छ । कम्पनी फोडेर एक्लै चलाउन न ओलीले सक्छन् न दाहालले सक्छन् । कम्पनी फुटेमा पेसावालाको हालत खराब हुन्छ । शेरहोल्डरहरूको हालत झन् दुखत हुन्छ ।
यी साम्राज्यवादीले जोडी दिएका हलगोरू हुन् । साम्राज्यवादीले नछुट्ट्याई दिएसम्म छुट्टिदैनन् । आपसमा जुध्छन् जुध्छन्, अन्तिममा साम्राज्यवादीले देखाईदिएको मेलो मिलेर जोत्छन ।
सबैको स्वार्थरक्षा कम्पनी नफुटाउनुमा छ । त्यसैले सबैको एक स्वर छ पार्टी फुट्न हुन्न । अमेरिकी सहयोग एम्। सी। सि। नेपालमा ल्यउने पहल गर्नेमा शेरबहादुर, बाबुराम, दाहाल, ओली सबै हुन् । जस्ले कार्य रूपमा यसलाई लागू गर्दछ उहीँ अमेरिका भारतको पक्का बफादार एजेण्डको मान्यता पाऊछ । उसलाई भारत लगायतका साम्राज्यवादीको आशीर्वाद प्राप्त हुन्छ । यो अवसर कसले उपयोग गर्ने हो भन्नेमा लडाँई हो । कसैले पनि जनताका समस्याहरू उठाएका छैनन् । त्यतातर्फ ध्यनदिन आवस्यक ठानेका छैनन् । यी साम्राज्यवादीले जोडी दिएका हलगोरू हुन् । साम्राज्यवादीले नछुट्ट्याई दिएसम्म छुट्टिदैनन् । आपसमा जुध्छन् जुध्छन्, अन्तिममा साम्राज्यवादीले देखाईदिएको मेलो मिलेर जोत्छन ।
मानिसहरूमा सोच क्षमता सीप फरक फरक हुन्छ । फरक फरक किसिमले सोच्ने काम गर्ने गर्दा नै लाखौ आबिष्कारहरू भएका छन् । ईश्वरवादीहरूले यो जगतमा जे जति आबिष्कार भएको छ यो सबै ईश्वरको देन हो भन्दछन् । भौतिकवादीहरूले यो स्वीकार गर्दैनन् ।मानिसले प्रकृतिसंग सङ्घर्ष गरेर भौतिक बस्तुहरूको सिर्जना गरेको मान्दछन् ।








