अझै क्रान्ति किन आवश्यक छ ?

सत्तरी बर्षमा राजनीतिक परिवर्तनका धेरै घटनाहरू भए । २००७, २०१७,२०४७,र२०६३/२०६४मा क्रमस एक पछि अर्को गर्दै सत्तै परिवर्नहरू भए । जनताले ठूलो बलिदानी गरी राणा फाले, ३०बर्षे पञ्चायत फाले, पछिल्लो जनयुध्दमा राजतन्त्र फाल्न दशौ हजारले साहदत प्राप्त गरे । हाल देशमा गणतन्त्र आएको छ । राजा महाराजाको स्थानमा सर्वसाधारण ब्यक्ति प्रा.बी. शिक्षका बिध्या भण्डारी पुगेकी छन्, सरकारमा चौध चौध बर्ष जेल बसेका ओली छन्, सत्ताको बाघडोरमा दशबर्षे जनयुध्दका नाएक प्रचण्ड छन् ।केही बिकासका कामहरू भएकै छन् ।

सुख र समृध्दिका नारा पनि लगाएकै छन् । सत्तरी बर्षमा लाखौ मानिसहरूले दुख कष्ट जीवन बलिदान गरेर ल्याएको यो गणतन्त्रमा पनि अब फेरि किन क्रान्ति चाहियो। यसैलाई अघि बढाएर सबै जनताका समस्याहरू पूरा गर्न सकिन्छ । यस्तो कुरा सुन्दा सर्वसाधारणलाई हो जस्तो लाग्नु स्वभाबिक हो । तर पहिलाका सत्ताधारि सरकारका मानिसहरूले देशमा केही पनि कामै गरेका थिएनन् त के सबै सून्यमा थियो त ।यी कुराहरू बुझ्न आवस्यक छ । पहिला किन क्रान्तिहरू भए ती क्रान्तिले जनताका राजनीतिक सामाजिक आर्थिक समस्याहरू समाधान भए कि भएनन् । के अहिले जनताका आधारभूत समस्याहरू पूरा भएका छन् ? भएका छैनन् भने पूरा गर्ने माध्यम केहो ? यसरी क्रान्तिलाई बुझ्नु पर्दछ ।

अहिले राजनितिक पार्टीका नेताले भने जस्तै राणाहरू बदमास मात्रै थिए । तिनीहरूले देशका लागि केही पनि गरेका थिएनन् र क्रान्ति गर्न आवस्यक भएको हो ? त्यस्तो पटक्कै होइन । राणाहरूले एक सय चार बर्ष राज्य गरे । शासन ब्यवस्था तानाशाही हुकुमी थियो यो साँचो हो । राणाहरूले लामो कालखण्ड सम्म पनि बिदेशीसंग असमान सन्धि सम्झौता गरेका थिएनन् ।

भारत स्वतन्त्र भए पछि नेपालका प्रजातन्त्रवादी भनिने नेताहरू भारतका पक्का दलाल भएर भारत भक्त भए । यिनीहरूलाई राष्ट्रियता चाहिएन । भारतसंग असमान सन्धि नगरे सम्म राणाहरूको राज्य नै नरहने देखे पछि पछिल्लो चरणमा सन् १९५०मा भारतसंग असमान सन्धि गर्न पुगे । यो सन्धिलाई तत्कालिन समयमा प्रजातन्त्रको ठेक्का आफ्नैहो भन्ने नेपाली काङ्ग्रेसले के कहीं कतै बिरोध गरेको देख्नु भएको छ ? सुन्नु भएको छ ।

जङ्गबहादुरले नेपाल भारतको सिमानामा पिलर गाडेर सिमाना छुट्टाएका थिए । पश्चिम नेपालका बाँके बर्दीया कैलाली कङ्चनपुर चार जिल्ला फिर्ता ल्यएका थिए । नेपालमा पहिलो मुलुकी ऐन लागू गरि कानुनी राज्यको सुरूवत गरेका थिए ।चन्द्रशमशेरले सतीप्रथा दास प्रथा जस्ता समाज बिरोधि प्रथाको अन्त गरेका थिए । त्रिचन्द्र कलेज स्थापना गरेका थिए । उनकै पालामा चन्द्रनहर बनेको थियो । दक्षिण एसियामै पहिलो बिजुली बत्ती निर्माण गर्ने चन्द्रशमशेर हुन् । रक्सोलसम्म रेल त्याहाँबाट हेटौडासम्म गाडि र हेटौडादेखि मातातिर्थसम्म रोपवे ल्याएर काठमाण्डौलाई समृध्दपार्ने पनि उनै हुन् । सस्तो बजार भाऊको ब्यवस्था गरि जनताको दैनिक जीवनमा सरलता ल्याउन कोसिस गर्ने पनि उनै हुन् ।

नब्बेसालको भूकम्पमा ध्वष्त भएका जनताका लाखौ घर टहराहरू चारै महिनामा निर्माण गरिदिने जुध्दशमशेर पनि राणा नै हुन ।शिक्षाको बिकासमा ध्यान दिने देव शमशेर पनि राणा हुन् । यस्ता कामहरू गर्दै अघि बढेका राणाका बिरूध्द किन क्रान्ति गर्न परो । किनकी यिनीहरू तानाशाही थिए । जनतालाई राजनैतिक अधिकारबाट बन्चित गरेका थिए ।

एक, दुई जनाको सनकमा चल्ने, यो दलाल पुँजीवादी व्यवस्था नेपालका लागि श्राप भएको छ । यो आफै जाँदैन । यसको अन्तका लागि क्रान्ति आवश्यक छ ।

जनतासंग बधुवा जनावरको जस्तो ब्यबाहार गर्दथे । बिकास भनेको भौतिक निर्माण मात्र होइन । बिकास भनेको सामाजिक समानता पनि हो । सबै देशबासीले देशको राजनीतिक समाजिक आर्थिक छेत्रमा भाग लिन पाउने र आ- आफ्नो योग्यता क्षमता अनुसार आफ्नो योग्यताले देश र स्वएम् आफ्नो ब्यक्ति बिकासमा पनि लगाउन पाउनु पर्ने अधिकार हो । राणाहरूले यसमा अबरोध गरे । उनीहरूलाई फाल्नै पर्ने भयो । त्यसैले उनीहरू बिरूध्द क्रान्ति गर्न परो ।

प्रत्यक्ष राजतन्त्र अन्तरगत तीस बर्ष पञ्चायती शासन चल्यो । यसकालमा देशलाई पाँच बिकास छेत्र, चौध अञ्चल पचहत्तर जिल्लामा बाँडी बिकेन्द्रिकरण गरियो । हरेक बिकास छेत्रमा अौद्ध्योगिक छेत्र छुट्टायर उध्योगहरूको स्थापना गरियो । चिनि, छालाजुत्ता, कागज, कपडा,चीया,चुरोट,सलाई, आदि उत्पादन गर्ने लगभग सातसय जति उध्योगहरू स्थापना भए ।

एन् आइ डी सी जस्ता बैकहरू खुले । धान चामल कम्पनी, नेशनल टे्डिङ्ग, कपास बिकास बोर्ड जस्ता सरकारी स्वमित्वका कम्पनीहरू स्थापना भए । भूमिसुधार , पुनर्बास, जस्ता सुधारका कार्यहरू गरेर जग्गा सम्बन्धि कामहरू भए । शिक्षालाई राज्य अन्तरगत ल्याउने काम भयो । चिकित्शा शिक्षण अस्पताल, बन बिज्ञान क्यम्पस, कृषि क्यप्पसहरू स्थापना भए । मूख्य मूख्य राजमार्गहरू निर्माण भए ।यश समयमा बिदेशीहरूसंग सन् १९६४को नेपाल भारत बिच भएको सैन्य सम्झौता बाहेक अरू कुनै असमान सन्धि सम्झौताहरू भएनन् ।

पञ्चायत निर्दलीय थियो । पञ्चाय भन्दा अन्य संगठन र बिचारलाई प्रतिबन्ध थियो । पञ्चायतलाई स्वीकारे पछि शिक्षक, प्रध्यापक, सरकारी कर्मचारी सबैले आफ्नो पद कायमै राखि पञ्चायतका प्रतिनिधि हुन पाउथे । यसरी हेर्दा त पञ्चायतकाल स्वर्णकाल जस्तो हुनु पर्दथ्यो । शक्ति राजामा केन्द्रित भयो । शासन ब्यवस्था हुकुमि भयो । राजाका आडमा धेरै सामन्तहरू र पञ्पायतका पिठ्ठुहरूले जनतामा गर्न सम्म उत्पीडन गरे ।

पञ्चायत नमान्नेलाई अराष्ट्रिय तत्वमा परिभाषित गरियो । संगसङ्गठनहरू माथि प्रतिबन्ध लगाइयो ।बौध्दिक जगतमा आततङ्क सिर्जना गरियो । सत्ता मण्डले कुण्डलेहरूले कब्जा गरे । शिक्षा पनि पञ्चायतको गुणगानमा परिणत भयो । यस्तो ब्यवस्था युग सुहाउदो थिदै थिएन । यसलाई फाल्न आवस्यक थियो सचेत जनताले ठूलो बलिदानी साथ यसको बिरोधमा लामो सङ्घर्ष गरे कतिले ज्याननै अर्वण गर्नु परो लाखौले जेल नेल सहे ठूलो कष्टले पञ्चायतको अन्त भयो ।

पञ्चायतको अन्त पछि संबैधानिक राजतन्त्रात्मक संसदीय बहुदलीय ब्यवस्थाको पुन स्थापना भयो । पार्टी , सङ्गसंगठनहरू खोल्ने स्वतन्त्रता त भयो । संसदीय ब्यवस्थाका नाएक बन्न आएकाहरूले उल्टो बाटो समाते । देशमा नवउदारवादी बजारमुखी अर्थतन्त्रलाई प्रोत्शाहन गरे । नयाँ उध्योग धन्दा सन्चालन गरि रोजगारिको सिर्जना गर्नुको सट्टा भएका उध्योगहरू पनि निजीकरणको नाममा कमिशनका भरमा भारतीयहरूलाई बेचे ।स्वास्थ्य शिक्षालाई पनि निजीकरण गरे ।

पहिलो संसदीय कालमा नेपालका नदी नाला हरू बेच्ने काम सुरू भएका थिए बरू पञ्चायतकालमा यो रोकिऐको थियो । कोशी गण्डकी भारतलाई सुम्पदा नेपालले बेहोर्न परेको कठिनाइ देख्दा देख्दै महाकाली लगायत अन्य जलसम्पदा भारतलाई सुम्पने काम भयो । म्यानपावर कम्पनीहरू खोली युवाहरूलाई बिदेशमा बेच्न सुरू गरियो । सत्ता पुरा दलालपुँजीवादीका हातमा केन्द्रित भयो । राष्ट्रियता , जनतन्त्र जनजीबिका सबै छेत्रमा निरासा छायो । यसलाई हटाउन आवस्यक थियो । यिनै मुद्दालाई लिएर माओवादीले जनयुध्द सुरू गरो ।

यो बहुदलीय संसदीय ब्यवस्थाले हाम्रो हित गर्दैन भनेर जनताले जनयुध्दमा भाग लिए । नेपालमा केन्द्रिकृत राज्य स्थापना भए देखि जनयुध्द सुरू नहुदा सम्म शासन गर्ने राजा, राणा , पञ्चायत आदि सबैले गरेर पनि यती धेरै नरसंहार गरेका थिएनन् होला जति नरसंहार दशबर्षको जनयुध्दमा यी दलालपुँजीवादीका एजेण्टहरूले गरे ।

बहुदलीय संसदीय ब्यवस्थाका बिरूध्द जनयुध्द सन्चालन गरेको माओवादीको मूख्य नेतृत्वले दशौ हजारको बलिदानी हजारौ हजार बेपत्ता लाखौ लाख घाइते अपाङ्ग भए र सत्ताको नजिक पुग्नै लाग्दा फर्केर सोही ब्यवस्थामा आत्मसमर्पण गर्न पुग्यो। राजतन्त्र त गयो दलालपुँजीवादी ब्यवस्था अझ मजबुत बन्यो । हिजो जनयुध्दका अपराधिसंग सत्ता साझेदारी गर्दा अहिले जनयुध्दको मूख्य नेतृत्वले नाता पाता भाइ भतिजाहरूको त बन्दोबस्त गर्न सफल भएको छ तर सत्ताको किनारामा परेको छ ।

उनकै शब्दमा हामी पछिका सबै पुलहरू भत्काएर अघि बढेका छौ अब पछि फर्कने बाटो छैन भन्छन्, कुरा ठिक उल्टो हो अघिका पुलहरू भत्काएर पछि फर्केका छन् अब यिनीहरू यो भन्दा अघि बढ्दैनन् । बिदेशी समक्ष आत्म समर्पण, देशमा भ्रष्टाचार कमिशनखोरी हत्याहींसा कालोबजारी नाताबाद कृपाबाद, यी सबै अपराधहरू बिगतका सरकारका सौन्दर्य थिए । अहिलको गणतन्त्रात्मक संसदीय बहुदलीय ब्यवस्थामा पनि यी कुकृत्याहरू सस्थागत जस्तै छन् । रीणमा रीण जोड्दा बढ्ने रीणको परिमाण हो ।

पुराना दलालपुँजीवादीका एजेण्डहरूले जनतामाथि उत्पीडन चरम रूपमा गरेकै थिए त्यसमा माओवादीको ठूलोहिस्सा समाबेश भएर अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी बनेको छ । यसैको लगभग दुईतिहाईको सरकार छ । यश सरकारले बिगतका सरकारका सबै जनघातका कामहरूको स्वमित्व लिएको छ । पञ्चायतमा पञ्चायत बाहेक अरू सबै पार्टी माथि प्रतिबन्ध थियो । सडक सधन सरकार सबै ठाऊमा मण्डलेहरूको कब्जा थियो। अहिले पनि अब राजनीतिक आन्दोलन आबस्यक छैन भनेर संसदीय दलालपुंजीबादी पार्टीहरू बाहेक अन्य बिचार राख्नेलाई प्रतिबन्ध लगाएको छ ।

अरिङ्गल र छौडाहरूलाई बाहेक सडकमा राजनीतिक नारामा आन्दोलन गर्न प्रतिबन्ध छ । बिगतका सरकारले जस्तै फर्जी मुढभेडका नाममा मानिस मार्ने काम रोकिएको छैन । बरू पञ्चायतमा राजनीतिक कारणले कसैलाई गिरफ्तार गरेमा फलानो प्रतिबन्धित पार्टीको मानिस भाेनेर राजनीतिक मान्यता दिन्थ्यो । राजनीतिक पार्टीको कैदीलाई क बर्गको सिदाको ब्यबस्था थियो । अहिले राजनीतिक ब्यक्तिलाई आतङ्कवादी भनिन्छ ।

कालोबजारी ,महङ्गी, शिक्षा स्वास्थ्यमा भएको ब्रह्मलुट त जनताले दिन प्रति दिन देखे ब्यहोरेकै बिषयहरू हुन् भनी रहनु पर्दैन ।हाल कोरोनाको महामारीमा बिदेशमा रगत सपिना बगाएर देशलाई धान्नेहरू प्रति गरिएको ब्यबाहरबाट पनि यही ब्यवस्थाले जनताका समस्याहरू समाधान हुदैनन् भन्ने कुरा जनताले आफै थाहा पाएका छन् । चिनमा पढ्न गएकाहरूलाई राजसी ठाँटले ल्याएर राख्नु,अमेरिका बेलायतफ अष्टे्लिया कोरिया जस्ता सम्वन्न देशबाट ल्यइएकाहरूलाई दिने सुबिधा र खाडी मुलकहरूबाट ल्याइएकाहरूलाई दिने सुबिधामा भएको बिभेध त्यस्तै भारतमा भएका नेपालीहरूलाई नेपाल भरतको सिमानामा गरेको दुर्ब्यबाहार भारतबाट प्रबेश दिए पछि गरेको अमानबीय ब्यबाहारले गर्दा राज्यको अघि सबै नागरिक बराबर भन्ने कुराको खिल्लि उडाइएको छ ।

जनतालाई सत्ता पक्षको बर्ग र सर्बसाधारण बर्गमा विभेद प्रष्ट देखाइ दिएको छ । राज्यको आमदानी सबै सत्ताधारीको यैसआराममा खर्च हुने गरेको छ । अौषधिमा पनि मन्त्रीले नै भ्रष्छचार गर्छन् जनतालाई अौषधि होइन बेसार पानी खाने सल्लाह प्रधानमन्त्रिले दिन्छन् । हाल देशमा बडिपहिरोले हजारौ मानिस बिपदमा छन्, सयौले ज्यान गुमाएका छन् । भारतले सिमामा अग्लो परखाल लगाएर नेपाललाई डुवानमा पारेको छ , बाडिकै बेला विभिन्न स्थानमा पिलरहरू सार्दै सिमा मिचिरहेको छ त्यसका बारेमा सरकारलाई केही मतलब छैन । राम काहाँ जन्मेको हो सक्कलि अयोध्य कुन हो भन्ने जुन जनतालाई मतलब नै नभएको कुराहरू गरी भारतसंग गर्न पर्ने बिवादलाई ओझेलमा पारी जनतालाई अनाबस्यक बिवादबाट भ्रम दिने काम भएको छ ।

यस्तो भ्रष्ट दुराचारी बिदेशीको इसारामा चल्ने, एक दुई जनाको सनकमा चल्ने, यो दलाल पुँजीवादी ब्यवस्था नेपालका लागि श्रप भएको छ यो आफै जाँदैन यो ब्यवस्थाको अन्त अति आवस्यक भै सकेको छ त्यसैले अर्को क्रान्ति आबस्यक छ ।
( क्रान्ति आवस्यक छ वा आवस्य छैन प्रतिकृया दिनुहोस् )