सुरु भए चाडवाड, यस्तो छ खानपानको महत्व

हिजो साउने (कर्कट) संक्रान्ति हो । यो चाडबाट वर्षभरिका चाडहरु सुरु भएको मानिन्छ । नेपाल सबैजसो चाडपर्व सूर्यमास र चन्द्रमासका विशेष तिथि मितिसंग जोडिएका छन् । सबै चाडपर्वहरुले धर्मसंग साइनो गाँसिरहेका छन् । हामीहरूले मनाउँने चाडपर्वहरु मनोबैज्ञानिक, वैज्ञानिक, सामाजिक रुपले मात्र होइन, मनोरंजनात्मक तथा स्वास्थ्य रक्षाको दृष्टिकोणले पनि महत्त्वपूर्ण छन् ।

हाम्रा चाडपर्वले परत्र सुधार्ने काममा के कति भूमिका खेल्दछन् , यो छुट्टै बहसको विषय होला । यस लेखमा वरत्र देखिने गरि सुर्धाने मध्येमा पनि स्वास्थ्य रक्षासंग सम्बन्धित खानपानको विषयमा उजागरण गर्ने जमर्को गरिएको छ । सबैजसो चाडपर्वमा नुहाई धुवाई, लिपपोत, सरसफाइलाई प्रमुखता दिइएको पाइन्छ । यस्ता कार्यहरु सीधै स्वास्थ्यसंग सम्बन्धित हुन्छन् । स्वास्थ्यको लागि मनोरञ्जन पनि आवश्यक हुन्छ । चाडपर्व भन्ने बितिक्कै मनोरञ्जन आफै जोडिन आउँछ ।अहिले मनोरञ्जनका धेरै साधनहरु विकास गरिएका भए पनि चाडपर्वले दिने मनोरञ्जन र खानाको विशिष्टता अतुलनीय नै हुन्छ ।

मानिसलाई शारीरिक विश्रामले मात्र पुग्दैन, मानसिक विश्राम पनि आवश्यक हुन्छ । आज धन कमाएर, देश विदेश घुमेर, उच्च ओहदामा पुगेर तारे होटलहरुमा थरिथरिका व्यान्जन भोजन गरे पनि,धेरै भोज भतेरमा सामेल भए पनि आफ्नो बाल्यकालको साउने संक्रान्ति र देवालीमा खाएको साह्रो खिर साथै दशैमा सेल रोटी हातमा उन्दै र खादै घर घर घुमेर टीका लगाउदाको आनन्द सायद कमैले भुलेका होलान् । विभिन्न चाडपर्वमा खाने कुराले स्वास्थ्यलाई फाइदा गर्दछ भन्दै गर्दा बिशिष्ट व्यक्तिले विशिष्ट ठाउँमा बेसार महिमा जस्तै हुन नपुगोस् भन्ने पक्षमा पनि क्षमा माग्न चाहन्छु ।

चाडपर्व नमनाई अग्रगामी प्रगतिशील र नेता बनी टोपलेका शिर्ष नेताहरु नै चाडपर्व मनाई कम्मर भाँचि भाँचि नाच्न थाले पछि भने कुहिराको काग बनेका छन् । चाडपर्व नमान्दा अर्कै धर्मको ठहरिने डरले, परिवारका सबैको चित्त बुझाउनु पर्ने बाध्यताले र असामाजिक हुन जाने डरले चाडपर्वको आंसिक राम्रा पक्ष मात्र मनाउने गरेको तर्क दिनेहरु पनि छन् । जुनसुकै चाडपर्वहरुमा पनि अन्धबिस्वासका भइरसहरुले घर जमाएको स्थिति पनि छ ।

चाडपर्वको अवसरमा परिवारका मूल व्याक्ति नै गैर जिम्मेवारी बनी अत्याधिक रक्सी धोकि झै झगडा कलह र किचलो गरि परिवारका अन्य सदस्यहरुको खुसियली हर्ने अपराधिक हर्गत पनि हुने गरेका छन् । चाडवाडका विभिन्न पक्ष बारे फरक फरक मत र विमति रहे पनि खाने कुरामा भने प्रायः सबैको एक मत नै रहेको पाइन्छ ।

साउने संक्रान्तिमा लुतो फाल्ने विशेष कार्य ९ जुन बच्चाहरुको लागि रमाइलो ० हुन्छ । यस दिन खीर खाने खुवाउने कार्य गरिन्छ । असार महिनाभर धान रोपाइँ कार्यले थकित शरिरलाई सफा गर्ने र पौष्टिकता प्राप्त गर्ने कार्यसंग पनि यसलाई जोडन सकिन्छ । साउन कृष्ण चतुरदशीमा मनाउने गठांमुगलमा किराहरु मार्न धुवा लगाउने र बेलुका वर्षामासमा पाचनशक्ति बढाउने वस्तु छच्पापी लसुन प्याज आदि खाने गरिन्छ । दुखस् बिर्सने दिनको रुपमा गाईजात्रा चाडलाई लिइन्छ । यस चाडमा प्रहसन र व्यांय गरेर मनोरञ्जन गर्नुको साथै मास, भटमास, बोडी , केराउ तथा विभिन्न मसलाहरु राखि क्कथ पकाइ क्काँटी पिउने गरिन्छ ।

यस्तो क्काँटीले पेट सम्बन्धि रोग नाश हुन्छ भन्ने ठानिन्छ । भाद्र कृष्ण औसीमा पर्ने कुशे औसी बाबुको मुख हेर्ने दिनको रुपमा विकास भएको छ । यसदिन बाबू जीवित हुनेले बाबुलाई मन पर्ने खानेकुरा दिने र बुबा नहुनेले खानेकुरा दान गर्ने प्रचलन रहेको छ । महिलाको ठूलो चाड तिज खाने र उपबास बस्ने चाडको रुपमा लिने गरिन्छ । यस चाडमा के खाइन्छ भन्दापनि के खाइदैन भन्दा उपयुक्त होला । यस चाड मनाउने अबधि र भडकपन हटाउनु पर्ने आवाज उठिरहेको पनि पाइन्छ ।

यस चाडमा खाएको बस्तुबाट उत्पन्न अजिर्णलाई उपबासले औषधिको काम गरेको मानिन्छ । गणेश चतुर्थीमा अनेक प्रकारका फलफुल भुटेका भटमास मकै गौ बदाम तथा विभिन्न प्रकारका रोटी चन्द्रमालाई चडाइ प्रसादको रुपमा खाने गरिन्छ । चोरको दोषबाट बच्न छिमेकीको बगैचाबाट फलफुल चोरेर खाने चलन पनि छ ।

चाडवाडका विभिन्न पक्ष बारे फरक फरक मत र विमति रहे पनि खाने कुरामा भने प्रायः सबैको एक मत नै रहेको पाइन्छ ।

हिन्दुको ठूलो चाड दशै र मुस्लिमको चाड बकर इदमा मुख्यतः मासु खाने खुवाउने कार्य हुन्छ । देवीलाई बलि दिने चलन धर्म न भै मासु खाने निहुँ भएको पनि मानिन्छ । खान नपाउनेले खान पायो भने ू दशै आयोू भन्ने भनाईबाट नै यो चाडमा खानाका विभिन्न परिकारहरुको आफ्नै महत्व रहेको बुझिन्छ । तिहार अनेक प्रकारका रोटी र फलफुल खाने चाडको रुपमा चिनिन्छ । मह पुजा गरि मुख शुध्दिको लागि पान सुपारी खाने चलन पनि छ । मेवा मिषटान्न मसला ओखर कटुस आदि खाने प्रचलन पनि रहेको छ ।

धान्य पूर्णिमामा नयाँ धानको चामलबाट नेवार समुदायमा ू योमढिू विशेष प्रकारको रोटी पकाएर खाने गरिन्छ । रोटी चाकुको घोलमा तिलको धुलो मिसाएको पदार्थ भित्र राखि अँजिर फलको आकार पारेर बनाइन्छ । मकर संक्रान्तीमा जात विशेष केही खानाका परिकारमा फरक परे पनि खिचडि र तरुल साझा खाना हुन् । शिवरातिमा जलाइएको धुनीमा हलुवा पकाउने भटमास बदाम आदि भुटेर प्रसादको रुपमा खाने गरिन्छ ।

गाँजा थोरै खाएमा औषधिको रुपमा काम गर्दछ भन्ने मान्यता पनि राखेको पाइन्छ । गाँजा खेति गर्न पाउनु पर्छ भन्ने अभियान पनि यस अर्थमा सतप्रतिशत गलत मान्न सकिदैन । मातृ औसि९ आमाको मुख हेर्ने दिन०मा आमा नहुनेले विभिन्न खानेकुरा दान गर्ने र आमा हुनेले आमालाई मन पर्ने खानेकुरा खुवाउने गरिन्छ । प्रत्येक वर्ष बैशाख शुल्क तृतीयाको दिनलाई अक्षय तृतीय भनिन्छ । यस चाडमा हिन्दु र बौद्ध धर्म मान्नेले खाने वस्तु समान भएको पाइन्छ । अलैची सुकमेल सुप मरिच सखर चिनी मिसाएर बनाएको सरवत र घिउ मह र अन्य मेवा मिष्टान्न मिसाएर बनाएको जौको सातु खाने खुवाउने गरिन्छ । यस्तो कार्यले हिन्दु धर्ममा अनन्त फल प्राप्त हुने र बौद्ध धर्ममा वोधिज्ञान प्राप्त हुने विश्वास गरिन्छ ।

जौ अन्नमा चर्मरोग कफ र पित्त रोगलाई नाश गर्ने गुण हुन्छ भनिन्छ । मेष संक्रान्ति प्रत्येक वर्षको पहिलो दिनमा पर्दछ । यस चाडले प्रत्येकलाई नयाँ प्रेरणा धारणा र आसा संचार गर्ने दिनको रुपमा लिइन्छ । यसदिन नेवार समुदायले अनेक रोग व्याधि निर्मुल पार्न मूलाको सञ्जना, केराउको कोसा, निमको पात, मुगी तथा चामलको पीठो हालि पकाएको क्वाथ पिउने गर्दछन् । त्यसैले यो समुदायले यस दिनलाई तीतो संक्रान्ति पनि भन्ने गर्दछन् ।

यसरी हाम्रा चाडपर्वमा खाइने खानाहरुमा रहेको बैज्ञानिकता व्यावहारिकता भ्रम र सत्यलाई गहिरो गरि अध्ययन अनुसन्धान गरि सुसंस्कृत र समय सापेक्ष बनाउन सबै एक हुनुपर्ने बेला भएको छ ।