भारतीय नीति : राष्ट्रवादीलाई सके झुकाउने, नसके सिध्याउने

अन्तराष्ट्रिय सम्बन्ध र कुटनीतिको प्रयोगवादी धारले राष्ट्रिय स्वार्थको लागि राज्य जुनसुकै कदम पनि चाल्न पछी पर्नू हुँदैन भन्ने Absolute नीतिको अवलम्वन गर्ने भारतको लागी नेपाल एक satellite state हो । विशेष गरी संयुक्त राष्ट्र संघको घोषणा पत्र अनुसार सबै राज्यको सार्वभौमता, राष्ट्रियता र अखण्डता समान हुन्छ भन्ने निती छ । अर्न्तराष्ट्रिय कानुन Jus-cogens सिदान्तले राज्य ठुलो होस् या सानो आर्थिक रुपले विपन्न होस् वा सम्पन्न होस् राज्यको सार्वभौमतामा अर्को राज्यले कुनै पनि हस्ताक्षप गर्न मिल्दैन ।

अर्न्तराष्ट्रिय कानुन पालनाबाट नै अहिलेको राजनीतिक सन्तुलन भएको छ । यद्यपी भारतले अन्तराष्ट्रिय राजनीतिक व्यवस्थालाई चुनौती दिँदै दोस्रो विश्व युदको विस्तावादी नितीलाई अवलम्वन गरेको छ । भारतबाट पीडीत नेपालको ऐतिहासीक श्रृङखला उल्लेख गर्न चाहन्छु ।

नेपालको ईतिहास हेर्ने हो भने भारतले नेपालका ठुला साना रहस्यमय घटनाको विवादमा मुछिएको । आफ्नो विस्तारवादी धारणाका कारणले भारतले यस्ता घटनालाई सामान्य रुपमा लिँदै आएको छ र राजनीतिक अस्थिरता मच्चाएर आफ्नो स्वार्थ पुरा गर्न पछी परेको देखिदैन । राण शासनको समयमा भारतमा शासन गर्दै आएको ईस्ट ईण्डिया कम्पनीले नेपाललाई अधिनमा बनाउन खोजिरहेको थियो । तर विभिन्न बाधाहरु ईस्ट ईण्डिया कम्पनीलाई आईरर्‍यो र एक बाधक थिए जंगबहादुर राणा ।

राष्ट्रवादी भएकै कारणले गर्दा जंगबहादुर ईस्ट ईण्डिया कम्पनीको आँखाको कसिंगर बनेका थिए ।

जंगबहादुर राणा एक राष्ट्रवादी शासक थिए । बेलाएतकी महारानी भेटवार्ताका लागी बोलाउँदा पनि आफ्नो र राष्ट्रको सुरुक्षालाई मध्यनजर गर्दै आवाजजावतमा लाग्ने खाद्यनदेखी पानीसम्म नेपालबाटै लगेका थिए । नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई फिर्ता ल्याउन सफल भएका थिए । राष्ट्रवादी भएकै कारणले गर्दा जंगबहादुर ईस्ट ईण्डिया कम्पनीको आँखाको कसिंगर बनेका थिए । उनको मृत्यु शिकार खेल्ने क्रममा भएको भन्ने छ । त्यो कुरा पनि रहस्यमय नै रहेको छ ।

त्यसपछी राणाशासकहरु राष्ट्रिय सम्पतीहरुको दोहन गर्दै राष्ट्र र राष्ट्रियतामा आँच आउने काम गरे । राजा त्रिभुवन देश र जनाताको हितको लागि भन्दै र सत्ता प्राप्तीको लागि नेहेरुसँग हात मिलाए । कुनै भौगिकरुपमा सानो मुलुकले आफुसँग सहयोगको अपेक्षा राखेपछी नेहरुको विस्तारवादी राजनीति सुरु भयो । देशको प्रजातान्त्रिक आन्दोलमा नेहरुले साथ दिए । त्यो सहयोग मात्र थिएन त्यसमा ठुलो स्वार्थ लुकेको थियो । त्यसपछी नेपालमा तिव्र गतिमा भारतिय हस्ताक्षप सुरु भयो ।

त्रिभुवनको दिल्ली र कोलकत्ता मोहले गर्दा भारतले नेपालको हरेक कुरामा उसको बोली चलाउन सुरु गर्‍यो । देशको अस्थिर राजनीतिको फाईदै उठाउँदै नेपालका लागि भारतिय राजदुतहरु पायल चप्पल लगाएर देशको मर्यादित सांसद भवन देखी मन्त्रि परिषद बैठकमा उपस्थित जनाउनेसम्मको हर्कत सुरु गरे । भारतले मातृका प्रसाद कोईरालालाई प्रयोग गर्दै राष्ट्रवादी नेता विपी कोईरालालाई पनि पेल्ने काम सुरु गर्‍यो । त्रिभुवनको देहान्तसँगै नेपालका राजनीतिक दलभित्र एकआपसमा रहेको खिचातानी भित्र खेल्दै भारतले उठाउन खोजेको फाईदालाई राजा महेन्द्रले एकाएक हस्ताक्षप गरी सम्पुर्ण अधिकार आफ्नो हातमा लिई एकदलिय पञ्चायति व्यवस्था सुरु गरे ।

त्रिभुवनको दिल्ली र कोलकत्ता मोहले गर्दा भारतले नेपालको हरेक कुरामा उसको बोली चलाउन सुरु गर्‍यो ।

राजा महेन्द्र नेपाली जनताको लागि एउटा राष्ट्रवादी, विकासप्रेमी र दुरदृष्ट्रि भएका राजाका रुपमा स्थापित हुँदै थिए । देशलाई आत्मनिर्भर बनाउन उद्योगधन्दाहरु स्थापना गर्ने । जनतालाई शिक्षित बनाउन गाउँगाउँमा विद्यालय स्थापना गर्ने काम पनि सुरु गरे । भारतिय हस्ताक्षपका विरुद्द नेपालको उत्तर दिशामा रहेका भारतिय सेनाका चेकपोस्टलाई हटाउने काम गरे । महेन्द्रको पनि भारतसँग त्यति राम्रो सम्बन्ध नरहे पनि चिन र भारतको सम्बन्धलाई सन्तुलित बनाउन भारत आवज जावत पनि गरिरहेका थिए ।

महेन्द्रको पनि मृत्यु रहस्यमय नै रहेको छ । कतिले आत्महत्या, कतिले हृदयघात र कतिले उनको मृत्युमा पनि भारतकै हात रहेको जानकार गराउँछन् । देश र जनताको हितमा बुवाको सपनालाई पुरा गर्नको निम्ती राजा विरेन्द्र देश विकासमा लागि परेका थिए । जनताको प्यारो राजाका रुपमा स्थापित हुँदै थिए । देशमा राजनीतिक सचेतनाका विच बहुदलिय व्यवस्था स्थापना हुँदै थियो ।

यसै विचमा विश्व कम्युनिष्ट धरापमा परिरहेको समययमा जनताको बहुदलिय जनवाद मार्फत नेपाली राजनीतिमा स्थापित हुँदै थिए जननेता मदन मण्डारी । अमेरीकी पत्रिका न्युवर्क टाइम्समा “कार्ल्ल मार्क्स लिभ्स ईन नेपाल” बाक्य रहेको न्युज हेडिङ्ग, काठमाडौँ क्षेत्र नं १ मा तत्कालिन कांग्रेस सभाापति कृष्णप्रसाद भट्टराईलाई हराउने काम र प्रतिपक्ष दलको नेताको हैसीयतले २०४८ सालमा संसदमा गरेका भाषणले होस् उनि नेपालको राजनीतिमा चर्चाको शिखर चढ्दै थिए । अमेरीकी साम्राज्यवाद र भारतिय विस्तारवादी नितीलाई खुल्ला चुनौती दिँदै जनताको बहुदलिय जनवाद मार्फत नेपालका कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धारमा बदल्ने हिम्मत राखेका थिए ।

महेन्द्रको पनि मृत्यु रहस्यमय नै रहेको छ । कतिले आत्महत्या, कतिले हृदयघात र कतिले उनको मृत्युमा पनि भारतकै हात रहेको जानकारहरु बताउँछन् ।

नेपालमा एउटा राष्ट्रवादी नेता स्थापीत भएको साम्राज्यवादी सोचको अमेरीका र विस्तारवादी सोचको भारतलाई चित्त बुझिरहेको थिएन । त्यसपछी देशभित्रका भारतिय दलाल र भारतिय गुप्तचर एजेन्ट(रअ) सलबलाउन थाल्यो र मदन कुमार भण्डारीको रहस्यमय तरीकाबाट हत्या भयो । नेपालीहरुको एउटा आशाको चम्किलो दियो निभ्यो । देशमा शोकाकुल अवस्था सिर्जना भयो ।

यसैगरी राजा विरेन्द्र पनि जनताले रुचाएका राजा थिए । चिनसँग हिमचीम बढेको देखेर भारलाई चित्त बुझिरहेको थिएन । राष्ट्र र राष्ट्रियताको हितमा बसेर काम गरीरहेका थिए । राष्ट्रको हितका लागि भारत चिन सम्बन्ध सन्तुलित राख्न चिनसँग व्यापार बढाउने काम गरिरहेका थिए जुन कुरा राष्ट्रको हितमा थियो । नेपालको मन्त्रिमण्डलमा भारतिय पहँचको अन्त्य गर्ने प्रयास राजा विरेन्द्रले गरेका थिए ।

तर यो कुरा विस्तारवादी निती बोकेको भारतलाई सह्रय भएन । भारतिय दलाल र रअका एजेन्टहरु फेरी देशमा सलबलाउन थाले । एउटा राष्ट्र प्रमुखलाई उसकै दरबारभित्र योजनाबद्ध तरीकाले बंश नास हुने गरी रहस्यमय तरीकाबाट हत्या भयो ।

देशभित्रका भारतिय दलाल र भारतिय गुप्तचर एजेन्ट(रअ) सलबलाउन थाल्यो र मदन कुमार भण्डारीको रहस्यमय तरीकाबाट हत्या भयो

यससँगै २०६२/६३ को जनआन्दोलनले देशमा गणतन्त्र स्थापना गर्‍यो । संविधान सभा मार्फत नेपालको संविधान २०७२ जारी भयो र त्यसमा पनि भारतले हस्ताक्षप गर्न छोडेन । नेपाली जनताले बनाएको संविधानमा आफ्नो विमती राख्दै विस्तारवादी नितीलाई अवलम्वन गर्दे भुकम्पले थला परेको देशमा अन्तराष्ट्रिय मुल्य, मान्यता र कानुनको धज्जि उठाउँदै अमानविय किसिमले नाकाबन्दि लगायो ।

त्यसबेला नेपालको प्रधानमन्त्रि थिए केपि ओली । आफ्नो अडानमा विश्वास राख्ने नेता केपि ओली भारतले नचाहाँदा नचाहँदै पनि नेपालको संविधानसभा बाट संविधान जारी गर्न सक्रिय रहेको कुरा भारतलाई मन परेको थिएन । यसै क्रममा नेपालको व्यापार निर्भरता भारतसँग मात्र रहेको विषयलाई मध्यनजर गर्दै चिनतर्फबाट पनि सामान ल्याउन मिल्ने गरी चिन सरकारसँग पारवहन सन्धि गरेको कुरा झन् भारतलाई पटक्कै मन परेन । त्यसैले नौ महिना नपुग्दै केपि ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव ल्याई ढाल्ने काम गरीयो ।

नेपालमा जहिल्यै राजनीतिक अस्थिरता निम्त्याएर खेल्न खोज्ने भारतको नेहरुकालिन रणनीतिलाई तोड्दै नेपालका दुई कम्युनिष्ट पार्टीहरु नेकपा(एमाले) र एकिकृत नेकपा माओवादी केन्द्र विच एकता भयो र चुनावमा करिब करिब दुई तिहाई मत ल्याई पाँच बर्षको लागि केपि ओली फेरी पनि नेतृत्वमा पुग्न सफल भए । नाकाबन्दिमा जस्तै भारतिय विस्तारवाद नितीलाई चुनौती दिँदै फेरी पनि केपि ओली नेतृत्वको सरकारले नेपालको लिम्पयाधुरा, लिपुलेक र कालापानी सहितको नक्सा सार्वजनिक गरेर ईतिहाँस रचेको छ । साथै नेपालको संसदबाट भारतलाई ठाडो चुनौती दिने एकमात्र प्रधानमिन्त्र भारतले स्विकारीसकेको छ ।

अहिले हालको केपि ओली नेतृत्वको सरकारलाई पनि आफ्नै स्वार्थ र्पुिर्त गर्नका सत्ताबाट हटाएर देशमा फेरी पनि राजनीतिक अस्थिरता फैल्याएर आफ्नो स्वार्थ पुर्ति गर्नको निम्ती तत्फर देखिन्छ ।

यस्तो अवस्थामा भारलाई यो कुरा मनपर्ने कुरै भएन त्यसैले फेरी पनि केपि ओली नेतृत्वको सरकारलाई ढाल्नको निमत्ति भारत निकै बल लगाईरहेको छ । ईतिहाँसदेखी नै नेपालमा आफु विरुद्ध रहेको सत्ता र जनप्रिय व्यक्तिलाई विभिन्न गुप्तचर प्रयोग गरेर होस् वा रहस्यमय घटना घटाएर गरेर होस् हटाउँदै आईरहेको भारत अहिले पनि त्यो प्रयासमा देखिन्छ । अहिले हालको केपि ओली नेतृत्वको सरकारलाई पनि आफ्नै स्वार्थ र्पुिर्त गर्नका सत्ताबाट हटाएर देशमा फेरी पनि राजनीतिक अस्थिरता फैल्याएर आफ्नो स्वार्थ पुर्ति गर्नको निम्ती तत्फर देखिन्छ ।

S.D Muni ले Neplease foreign policy पुस्तकमा भारतले अहिले पनि नेपाललाई नेहरुकालिन doctrine बाट नै हेर्ने तथ्य देखिन्छ । नेहरु doctrine अनुसार हिमालयसम्म भारतको de fecto सिमा हो भन्ने मुलभुत आधार हो । भारतिय विस्तावादलाई रोक्ने एकमात्र ब्रम्हअस्त्र भनेको दक्षिण एसियामा भारत विरुद्ध नेपाल लगायतका भारतको विस्तारवादी नीतिबाट पिडीत भएका देशहरुले गठबन्धन गरी भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद आउनबाट रोक्नु पर्दछ । भारत सुरक्षा परिषदमा स्थाई सदस्य हुनु भनेको नेपाल सार्वभौमतामा प्रहार हुनु हो र भारतको विस्तारवादी निती सफल हुनु हो ।