Author Archive

शिक्षाबाट विकासको सुरुआत : दियाली

पोखरा महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष निर्मल दियालीले देश विकासको सुरुवात शिक्षा क्षेत्रबाटै हुने जनएका छन् । पोखरा २८ माझठानाको सौरेमा रहेको रिलायन्स पब्लिक इङ्लिस स्कुलको वार्षिकोत्सवमा उनले यस्तो धारणा राखेका हुन् । अध्यक्ष दियालीले नेपालको शिक्षा क्षेत्रमासंस्थागत विद्यालयको योगदान उल्लेखनीय रहेको जनाए । उनले समयसापेक्ष व्यवहारिक र गुणस्तरीय शिक्षा दिँदै जिम्मेवारी नागरिक तयार गर्नु अहिलेको अभिाभारा भएको उल्लेख गरे । कार्यक्रममा युनिप्स नेपालका केन्द्रीय अध्यक्ष शान्तबहादुर गुरुङ, वडा… पुरा पढौ

प्रमुख प्रशासकीय अधिकृत घूससहित पक्राउ

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवारज पौडेल घूससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले अधिकृत पौडेल र उनका सवारी चालक सञ्चित दुलालाई एक लाख घूससहित चन्द्रागिरी १२स्थित वलम्बु च्याउ सहकारी अगाडि जाँदै गर्दा पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी विनियोजन भएको रकम मध्येबाट अधिकृत पौडेलले घूस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले स्टिंग अपरेशन… पुरा पढौ

नयाँ प्रविधि बुझ्न क्यान इन्फोटेक : विश्वास

क्यान कास्कीले फागुन ११ देखि १५ गतेसम्म प्रभु पे क्यान इन्फोटेक २०२० आयोजना गर्दै छ । प्रदेशिक तवरमा गर्न लागिएको यो मेलामा काठमाडौंमा हालै भएको क्यान इन्फोटेकमा प्रदर्शन गरिएका सबै नयाँ प्रविधि र सामग्री उपलब्ध हुनेछन् । पोखरा, नयाँबजारको प्रदर्शनी केन्द्रमा हुने इन्फोटेक करिब ५० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलाको तयारी र आकर्षणबारे क्यान कास्की अध्यक्ष रुपमांगत भण्डारी विश्वाससँग गरिएको कुराकानी : क्यान इन्फोटेक क्यान कास्कीको नियमित… पुरा पढौ

एमसिसी टेबुल गर्न नदिएको साँचो हो : महरा

पूर्व समामुख कृष्णबहादुर महाराले आफूले संसदमा एमसिसी सम्झौता टेबुल गर्न नदिएको जनाएका छन् । संसदकै एक महिलासँगको यौन दुव्र्यवहारमा पुर्पक्षका लागि ४ महिना जेल परेका महराले मंगलबार एक टेलिभिजनसँग कुरा गर्दै यस्तो बताएका हुन् उनले आफू विरुद्ध सुनियोजित षड्यन्त्र भएको दाबी गरे । उनले भने, ‘यसमा सुनियोजित षड्यन्त्र छ । आन्तरिक र बाह्य दुवै छ । समय क्रममा खुल्दै जान्छ । एमसिसी टेबुल गर्न अनुमति नदिएको साँचो हो ।’ अदालतको… पुरा पढौ

विरुवा ललाङमा फागुन १० मा निशुल्क शिविर

स्याङ्जाको विरुवा ८ ललाङ पान्धारामा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । न्यु सनलाईट स्पोर्टस क्लवको ३३ औं बार्षिकोत्सव तथा महाशिवरात्रीको अवसर पारेर युवा क्लव , भु।पु बाबा समुह र प्रगतिशील आमा समुहको संयुक्त आयोजनामा फागुन १० गते निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । शिविरमा आँखा ,नाक कान ,पेट, नसा, मधुमेह ,स्त्री रोग लगायतका रोगको निशुल्क परीक्षण तथा औषधी वितरण गरीने क्लवले जनाएको छ । विभिन्न सृजनशील… पुरा पढौ

पोखरा २२ मा खुल्यो मेलमिलाप केन्द्र

पोखरा महागनरपालिका वडा नम्बर २२ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा मेलमिलाप केन्द्र स्थापना गरेको हो । केन्द्रको पोखराकी उपमेयर एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उपप्रमुख गुरुङले मेलमिलापले पैसा र समय बचतसँगै समाजमा एकता कायम हुने विश्वास व्यक्त गरिन् । उनले समाजलाई विवादरहित बनाउनसके उत्तम हुने र त्यस्तो हुन नसके मेलमिलापमार्फत् मिल्दा उत्तम… पुरा पढौ

वाराहीचौरमा खुला व्यायामशाला

पोखरा महानगरपालिका ५ बाराही चौरमा विभिन्न खेल स्पर्धा हुन्छन् । वाराही माविको स्वामित्वमा रहेको यो खेल मैदानमा मंगलबार खुला व्यायामशाला खुलेको छ । पोखरा महानगरले निर्माण गरेको व्यायामशाला उपमेयर मञ्जुदेवी गुरुङले सुरुआत गरिन् । स्वास्थ जीवनबिना समृद्धि र प्रगतिको कल्पना हुन नसक्ने भएकाले महानगरले यो आवधारणा ल्याएको उनले बताइन् । फेरिएको जीवनशैली र दैनिकीका कारण व्यायमशाला र स्वास्थ्य चेतना बढाउनु अत्यावश्यक भएकाले महानगरले यो कार्यक्रम सञ्चालन गरेको जनाइन् । उपप्रमुख… पुरा पढौ

भास्करका प्रिन्सिपल विश्वराज हिरासतमै

पोखराको फूलबारीमा रहेको भास्कर मेमोरियल स्कुलका सञ्चालक विश्वराज बास्तोलालाई ५ दिन म्याद थप गरिएको छ । बाल यौन दुव्र्यवहारमा बास्तोलालाई ५ दिन म्याद थप गरिएको हो । शुक्रबार पक्राउ परेका बास्तोलालाई अब मंगलबारसम्म हिरासतमा राखेर अनुसन्धान गरिने कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । बास्तोलाले गत शुक्रबार बिहान १ बालिकालाई घरबाट स्कुल लैजाने क्रममा दुव्र्यवहार गरेको आरोप छ । ती बालिकाले दुव्र्यवहार भएको भनी शुक्रबार जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

गजल

आफ्नैसङ्ग थर–ठेगान मागेपछि उत्पात हुन्छमान्छेबाट मानवता भागेपछि उत्पात हुन्छ नरोपिदेऊ चिर्किटेमा आगोको बिउ जानीजानीजम्न छोडी हिउँ जल्न लागेपछि उत्पात हुन्छ बासन्तीयाम होली खेल्न छाडी कैलाश वारिपारिकालो रंगका तोरणहरु टागेपछि उत्पात हुन्छ नबजाऊ बिना मौसम पञ्चेबाजा यो धरामासुतिरा’को कुम्भकर्ण जागेपछि उत्पात हुन्छ पुरा पढौ

सकिएको छैन महराको मुद्दा

पूर्वसभामुख कृष्णबहादुर महरा मंगलबार छुटेका छन् । तर उनको मुद्दा सकिएको छैन । महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ। १ सय ४१ दिन कारागार बसेर महरा मंगलबार घर फर्किएका छन् । जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन। पूर्णपाठ तयार भएपछि महराको मुद्दा विरुद्ध पुनरावेन गर्न जिल्ला अदालतले सरकारी वकीलको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं