फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

एमसिसी टेबुल गर्न नदिएको साँचो हो : महरा



पूर्व समामुख कृष्णबहादुर महाराले आफूले संसदमा एमसिसी सम्झौता टेबुल गर्न नदिएको जनाएका छन् । संसदकै एक महिलासँगको यौन दुव्र्यवहारमा पुर्पक्षका लागि ४ महिना जेल परेका महराले मंगलबार एक टेलिभिजनसँग कुरा गर्दै यस्तो बताएका हुन्

उनले आफू विरुद्ध सुनियोजित षड्यन्त्र भएको दाबी गरे । उनले भने, ‘यसमा सुनियोजित षड्यन्त्र छ । आन्तरिक र बाह्य दुवै छ । समय क्रममा खुल्दै जान्छ । एमसिसी टेबुल गर्न अनुमति नदिएको साँचो हो ।’

अदालतको आदेशमा सोमबार छुटेका महराले ४ महिनामा जेल, प्रहरी प्रशासन र न्यायालयलाई व्यवहारिक रुपमा बुझ्ने आवसर पाएको सुनाए । एमसिसी पारित गर्न नखोजेकैले षड्यन्त्र भएको हो भन्ने प्रश्नमा उनले घुमाउरो उत्तरमा एउटा कथा सुनाए । उनले भने, ‘रोशनी शाहीसँगको सम्बन्ध र षड्यन्त्रबारे विस्तारै पछि भनौला । मलाई जुन उद्देश्यले जेल राखिएको थियो, त्यो अर्कै थियो । त्यो म भन्दै जाऔंला ।’

जेलमा १५, २० किताब पढेको उल्लेख गर्दै उनले आफूलाई राजनीति करियर समाप्त भयो कहिल्यै नलागेको बताए । उनले भावी जीवनमा पनि राजनीतिक र सामाजिक रुपमा सक्रिय योगदान गर्ने प्रतिवद्धता गरे ।