फागुन ५ गते २०७६

ताजा समाचार

फागुन ५ गते २०७६

सकिएको छैन महराको मुद्दा



पूर्वसभामुख कृष्णबहादुर महरा मंगलबार छुटेका छन् । तर उनको मुद्दा सकिएको छैन ।

महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकील कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ।

१ सय ४१ दिन कारागार बसेर महरा मंगलबार घर फर्किएका छन् । जिल्ला अदालतका मुख्य न्यायाधीश अम्बरराज पौडेलले महरालाई सफाइ दिने फैसला गरे पनि त्यसको पूर्णपाठ तयार भइसकेको छैन।

पूर्णपाठ तयार भएपछि महराको मुद्दा विरुद्ध पुनरावेन गर्न जिल्ला अदालतले सरकारी वकीलको कार्यालयलाई पुनरावेदन गर्ने म्यादसहितको सूचना पठाउँछ। सूचना पाएपछि फैसला अध्ययन गरी पुनरावेदन गर्ने महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले बताएका छन् ।