शिक्षाबाट विकासको सुरुआत : दियाली

पोखरा महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष निर्मल दियालीले देश विकासको सुरुवात शिक्षा क्षेत्रबाटै हुने जनएका छन् । पोखरा २८ माझठानाको सौरेमा रहेको रिलायन्स पब्लिक इङ्लिस स्कुलको वार्षिकोत्सवमा उनले यस्तो धारणा राखेका हुन् ।

अध्यक्ष दियालीले नेपालको शिक्षा क्षेत्रमासंस्थागत विद्यालयको योगदान उल्लेखनीय रहेको जनाए । उनले समयसापेक्ष व्यवहारिक र गुणस्तरीय शिक्षा दिँदै जिम्मेवारी नागरिक तयार गर्नु अहिलेको अभिाभारा भएको उल्लेख गरे ।

कार्यक्रममा युनिप्स नेपालका केन्द्रीय अध्यक्ष शान्तबहादुर गुरुङ, वडा सदस्य विष्णु तिवारी, रत्न शोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी, सरस्वती कुञ्ज आधारभुत विद्यालयका प्रधानाध्यापक ऋषिराम तिवारी, रत्न शोभाकै शिक्षक ऋषिराम रानाभाट, कालिका बोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल राजेश भण्ढारी, अभिभावक छविलाल अधिकारी, शिक्षकहरु अस्मिता ओझा र प्रकाश आचार्य, विद्यार्थीहरु विद्यार्थी मनिष न्यौपाने र भूमिका सुनार लगायतले बोलेका थिए ।

कार्यक्रममा रिलायन्सका प्रिन्स्पिल महेन्द्र पौडेलले विद्यालयका गतिविधिमाथि प्रकाश पारे । रिलायन्स आगामी सत्रदेखि पोखरा २६ मा स्थानान्तरण हुने भएको छ ।

शैक्षिक एवं खेलकुदमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको समारोहमा विद्यार्थीले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए । कार्यक्रम विद्यालय व्यस्थापन समिति अध्यक्ष रुद्रनाथ लामिछानेको अध्यक्षतामा भएको हो ।