फागुन ६ गते २०७६

ताजा समाचार

फागुन ६ गते २०७६

विरुवा ललाङमा फागुन १० मा निशुल्क शिविर



स्याङ्जाको विरुवा ८ ललाङ पान्धारामा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

न्यु सनलाईट स्पोर्टस क्लवको ३३ औं बार्षिकोत्सव तथा महाशिवरात्रीको अवसर पारेर युवा क्लव , भु।पु बाबा समुह र प्रगतिशील आमा समुहको संयुक्त आयोजनामा फागुन १० गते निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । शिविरमा आँखा ,नाक कान ,पेट, नसा, मधुमेह ,स्त्री रोग लगायतका रोगको निशुल्क परीक्षण तथा औषधी वितरण गरीने क्लवले जनाएको छ ।

विभिन्न सृजनशील काम गर्दै आएको क्लवले जनतामा स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन र स्वास्थ्य लाभका लागि शिविरको आयोजना गरेको संयोजक अनील रानाले बताए ।
करीव हजार सेवाग्राहीको सहभागिता रहने अपेक्षा गरीएको शिविरमा डा बुद्धिप्रसाद पौडेल लगायतका स्वास्थ्यकर्मीले स्वास्थ्य परामर्श र उपचार गर्ने छन्।

शिविर सफल पार्नका लागि सपना आयुर्वेद अस्पताल पोखरा , हिमालय आखा अस्पताल पोखरा, लायन्स क्लव अफ पोखरा भैरव, लायन्स क्लव अफ पोखरा , गण्डकी लगायतका संघ संस्थाले विशेष सहयोग गरेको क्लबका अध्यक्ष गम्भीर थापा सुनाखरीले जानकारी दिए ।