Author Archive

विवाद समाधानका लागि मेलमिलाप केन्द्र : गुरुङ

पोखरा १७, १८ र २४ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले वडामा केन्द्र स्थापना गरेको हो । सबै केन्द्रको पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् । उपप्रमुख गुरुङले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताइन् । उनले वडा तहका विवाद मेलमिलापमार्फत समाधान गर्दा समाजमा सद्भाव कायम हुने जनाइन् । अदातली प्रक्रियामा झन्झटिलो र… पुरा पढौ

न्यायको लडाइँ जितेको छु, देशकाे शीर झुक्न दिन्नँ : महरा

प्रतिनिधि सभाका पूर्वसभामुख एवं दाङ क्षेत्र नं.–२ का सांसद कृष्णबहादुर महराले आफूले न्यायको लडाइँ जितेको र देशको स्वाधीनता र स्वतन्त्रताका पक्षमा आफू सधैं लडिरहने बताएका छन्। डिल्लीबजार कारागारबाट रिहा भएलगत्तै एक वक्तव्य जारी गर्दै महराले आफूमाथिको आरोप गलत सावित भएको बताएका हुन्। वक्तव्यमा महराले भनेका छन्, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ। सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ। म सम्मानित अदालतप्रति विशेष आभार एवं… पुरा पढौ

क्रान्तिको बाच्छिटा जरामा पर्नुपर्छ, पातमा होइन

हामि कहां दुइ तिहाइको मार्क्सबादी मुल्यमा बिस्वास राख्नेहरुको सरकार छ । प्रतिपक्ष कांग्रेस पनि आंफुलाइ समाजबादी मान्दछ ।अर्थात देश समाजबादमय छ , संबिधाननै समाजबाद उन्मुख छ । यस्तो समाजबादी देशका नेताहरुलाइ मरेपछी पनि तोपको सलामि चाहिन्छ ।फूलहरुले सजिएको मालाहरुको झल्लर सहितको आर्यघाटको राजकिय बुर्जामा चिता चाहिन्छ । शुशिल कोइरालाको मृत्यु हुंदा पशुपतिको बिद्युतिय चिता भर्खर उदघाटन भएको थियो ।समाजबादी पार्टीको नेता , त्यो पनि कोइरालाहरु जस्तो प्रगतिसिल भएकोले बिद्युतिय चितामै… पुरा पढौ

साहित्य शृंखलामा नयाँ समिति

साहित्य शृंखला पोखराको शनिबार भएको अधिवेशनले लोकनाथ पुडासैनीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमश लक्ष्मी थापा, निर्मला न्यौपाने, काजी गाउँले र लक्ष्मण गौतम छन् । सदस्यमा ताराप्रसाद तिमिल्सिना, कल्पना चिलुवाल, विकास लुंगेली, लीला पण्डित, सुरज उपाध्याय र सन्तोष न्यौपाने छन् । कार्यक्रममा संस्थाको प्रकाशन आलोक शृंखला ७ को लोकार्पण एवं परिचर्चा पनि भयो । समालोचक भाष्करले साहित्यका नाममा परम्परालाई मात्र… पुरा पढौ

सञ्जीवलाई अक्षरयात्रा प्रतिभा पुरस्कार

नेपाली साहित्य र अखबारी लेखनमा सक्रिय सहित्यकार सञ्जीव पौडेललाई यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षरयात्रामा संलग्न भई साधनारत स्रष्टालाई यो पुरस्कार प्रदान गरिन्छ । साहित्यकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । समितिमा साहित्यकार दीपक समीप, आयोजक संस्थाका अध्यक्षद्वय लक्ष्मण थापा र मोहन भण्डारी सदस्य थिए… पुरा पढौ

पोखरा महानगरले बनायो योजना आयोग

देशकै ठूलो महानगर पोखराले सहरी योजना आयोग गठन गरेको छ । मेयर मानबहादुर जिसीको अध्यक्षतामा बनेको आयोगमा पोखरा ७ का रामचन्द्र लामिछाने, पोखरा ८ का बाबुराम भण्डारी, पोखरा ४ का सरोज कोइराला, पोखरा २६ की सोनी बराल सदस्य छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ अधिकारी सदस्य सचिव छन् । महानगरको शुक्रबार बसेको ३६ औं कार्यपालिका बैठकले आयोग गठनको हो । महानगरका प्रवक्ता धनबहादुर नेपालीले सोही बैठकले बैठकले वडास्तरीय योजनाको… पुरा पढौ

पार्टी एकता प्रधानमन्त्री बन्नका लागि होइनः दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन्। तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित ५ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रस्ट्याए। ‘प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य… पुरा पढौ

कास्की आर्चरी संघमा शेरचन

कास्की जिल्ला आर्चरी संघको चार वर्षे कार्यकालको लागि योगेन्द्र शेरचन पुन दोहोरिएका छन् । उपाध्यक्ष बसन्त गौचन(साकुरा), सचिव गोविन्द ज्वारचन, कोषाध्यक्षमा भिमबहादुर पुन, सह सचिव चित्रबहादुर रोक मगर, सदस्यमा सन्जीवमान तुलाचन, शंकर थकाली, सुमन गुरुङ, राजकुमार छन्त्याल, रश्मी दर्लामी मगर, मोनिका रानामगर रहेका छन् यसैगरी अन्नपूर्ण आर्चरी क्लबको अधिवेशनले बसन्त गौचन (साकुरा)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष दिपक तुलाचन, सचिव सन्जीवमान तुलाचन, कोषाध्यक्ष दलमान छन्त्याल, सहसचिव पूर्णमान… पुरा पढौ

भाइरल तस्बिरबारे मुख्यमन्त्री पृथ्वीसुब्बाको सचिवालय बोल्यो

गण्डकी प्रदेशका मुख्यमन्त्रीले मदिरा सेवन गरिरहेका तस्बिर सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा निकै चर्चा पायो । मुख्यमन्त्रीले कार्यकक्षमै मदिरा सेवन गरेको दाबीसहित तस्बिर शनिबार सार्वजनिक भएपछि आइतबार मुख्यमन्त्रीको सचिवालयले यसको खण्डन गरेको छ । मुख्यमन्त्रीको निजी सचिवालयबाट डिल्लीराम सिग्देलले विज्ञप्ति निकालेर ती तस्बिर, भिडियो र समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । फागुन २ गते मुख्यमन्त्रीका जेठानको परिवार बेलायतबाट आएको र सोही दिन मुख्यमन्त्रीको जन्मदिन पनि भएकाले साँझ निवासमा पारिवारिक जमघट… पुरा पढौ

अखिल नेपाल महिला संघ अध्यक्षमा मीना

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनले अध्यक्षमा मीना पुनलाई निर्वाचित गरेको छ । शुक्रबारबाट बुटवलमा भएको सम्मेलनले पुनको अध्यक्षतामा २१ पूर्ण र ६ वैकल्पिक गरी २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । सम्मेलनमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पार्टीको कार्यदिशा, अहिलेको अवस्था र नेता, कार्यकर्ताको दायित्वबारे प्रकाश पारेका थिए । सम्मेलन शनिबार सकिएको छ । सम्मेलनबाट महासचिवमा शकुन्तला राना, उपाध्यक्षत्रय लक्ष्मी बास्कोटा, सरस्वती पौडेल र पदमा पाण्डे, सचिव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं