अखिल नेपाल महिला संघ अध्यक्षमा मीना

अखिल नेपाल महिला संघको सातौं राष्ट्रिय सम्मेलनले अध्यक्षमा मीना पुनलाई निर्वाचित गरेको छ ।

शुक्रबारबाट बुटवलमा भएको सम्मेलनले पुनको अध्यक्षतामा २१ पूर्ण र ६ वैकल्पिक गरी २७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।
सम्मेलनमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले पार्टीको कार्यदिशा, अहिलेको अवस्था र नेता, कार्यकर्ताको दायित्वबारे प्रकाश पारेका थिए । सम्मेलन शनिबार सकिएको छ ।

सम्मेलनबाट महासचिवमा शकुन्तला राना, उपाध्यक्षत्रय लक्ष्मी बास्कोटा, सरस्वती पौडेल र पदमा पाण्डे, सचिव तारा जिसी र कोषाध्यक्ष रितु केसी चुनिए ।

कमिटीका सदस्यमा कल्पना पोख्रेल, कमला पौडेल, पूर्णिमा आचार्य, भानु केसी, हिरा शाही, दिलमाया पुन, कुन्ती पाण्डे, पदमा पण्डित, सपना बराल, कोपिला शंकर, कमला चौधरी, सरस्वती कार्की, नरमती सिंजाली, रुद्रा केसी र कृष्ण रावल छन् ।

वैकल्पिक सदस्यमा पूर्णकला भण्डारी, कमला पौडेल, सारदा थापा, हुमा पोख्रेल, सीता आचार्य, शारदा खत्री निर्वाचित भएका छन् । कमिटीका सल्लाहकारमा दुर्गा पौडेल, निर्मला अर्याल, चन्द्रवदन श्रेष्ठ, पवित्रा जिसी र सम्झना सुवेदी छन् ।