Author Archive

कोरोना कहर : पोखरा ५ मा २२ लाखको राहत

पोखरा महानगरपालिका वडा नं ५ ले कोरोना महामारीमा आहतलाई राहत दिन २२ लाख खर्चेको छ । चैत ११ गते लकडाउन भएपछि मंगलबारसम्म पीडितलाई राहत र कोरोनाका कारण अप्ठेरोमा परेकालाई सहयोग गरी वडामा २२ लाख २८ हजार २१ रुपैयाँ खर्च भएको वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालीले यो विषम परिस्थितिमा १ हजारभन्दा बढी परिवारलाई राहत उपलब्ध गराइएको जानकारी दिए । विपन्न, गरिब तथा दैनिक ज्याला मजदुरी… पुरा पढौ

लघुकथा : आगो

एउटा भर्खरै विकास हुन लागेको सहर थियो । त्यहाँका मेयर सबैको भलो चिताउने, असल र विकासप्रेमी थिए। विकासका कामका लागि उनि आफ्नो पार्टी वा बिपक्षी पार्टी भन्दैनथे। सहरका लागि आवश्यक बिजुली, खानेपानी, अस्पताल, स्कुल, एम्बुलेन्स र दमकल सबै कुराको सुविधा थियो । तर केही विरोधी पक्षले जतिसुकै राम्रो काम गरे पनि विरोध गरिरहन्थे। एक दिन एउटा घरमा आगो लाग्यो । कसैले दमकल बोलाइदियो। दमकल बेलैमा आइपुगेको थियो तर विपक्षीलाई त्यो… पुरा पढौ

स्वास्थ्यमन्त्री होम क्वारेण्टाइनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् । उनको सम्पर्कमा रहेका एक आफन्तमा कोरोना संक्रमण पुष्टि भएपछि ढकाल क्वारेन्टाइनमा बसेका हुन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक बिरामी आफन्तलाई अस्पतालमै पुगेर उनले भेटेका थिए । ती बिरामीमा कोरोना पुष्टि भएपछि आज ढकालको स्वाब लिइएको छ । यसअघि शनिबारसमेत मन्त्रालय आउने उनी ५ दिनदेखि मन्त्रालय आएका छैनन् । उनको रिपोर्ट आजै साँझसम्म आउने जनाइएको… पुरा पढौ

आज थपिए ९० संक्रमित

आज कोरोना भाइरसका ९० जना संक्रमित थपिएका छन्। अब नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ सय ७२ पुगेको छ । ‌स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका संक्रमित हुने जिल्ला ४६ पुगेको छ। महोत्तरीका २ जना, जुम्लामा स्थायी ठेगाना भई बारामा बसोबास गर्दै आएका २ जना, बारा पचौटा नगरपालिका १ स्थित पिपरपट्टी माविको क्वारेन्टाइनमा रहेका ३ जना, रौतहटका २२ जना, सिरहाका ५ जना, धनुषाका १ जनामा कोरोना पुष्टि भएको… पुरा पढौ

एमसिसी सिधै संसदमा पेश गरे दुर्घटना : खनाल

नेकपा वरिष्ठ नेता एवं नेकपाले बनाएको एमसिसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनालले एमसिसीबारे पार्टीमा छलफलपछि मात्र निर्णय लिइने जनाएका छन् । उनले सकभर एमसीसीबारे केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने त्यसो गर्न नसकिए स्थायी कमिटीमा छलफल गरेर निर्णय लिइनुपर्ने विचार राखे । यदि पार्टीमा छलफल नै नगरी संसदको कार्यसूचीमा प्रवेश भयो भने दुर्घटना हुने उनले बताए । खनालले भने, ‘पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । त्यो भन्दा अरु वा… पुरा पढौ

एसइई परीक्षा, अनलाइन वा दूर शिक्षाबारे चाडै निर्णय हुनुपर्छ

कोरोना संक्रमणको महामारी बढ्दै गएको तथा महामारी अनिश्चितकालीन भएको तथ्यबोध गर्दै सरकारले निम्न लिखित निर्णय गर्न ढिलो नगरोस् |- SEE परीक्षा SLC परीक्षा होइन | SLC को ब्यबस्था खारेज गरेको र १२ कक्षालाई आइरन गेट बनाएको कुरा हामी सबैलाई अवगत छ | जसरी ८ बाट ९, ९ बाट १० मा बिद्यार्थी पुग्छन त्यसै गरि १० बाट ११ र ११ बाट १२ कक्षामा पुग्दछन् | यो महामारीको समयमा SEE परीक्षा गर्नु… पुरा पढौ

स्याङ्जामा २ जनामा देखियो संक्रमण

स्याङ्जामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै पुरुष केही दिनअघिभारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका थिए । पिसिआर पोजेभिभ आएपछि उनीहरुलाई आइसोलेसनमा सारिएको छ । संक्रमितको विवरण गण्डकी प्रदेशको नियमित प्रेस व्रिफिङमा सार्वजनिक गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद बिन्दु शर्माले जानकारी दिए । पुरा पढौ

अनिश्चित लकडाउन र अस्तब्यस्त यातायात क्षेत्र

बिश्व नै आज कोरोना भाईरसको कारण अस्तब्यस्त र तहसनहस को अबस्थामा मा देखिएको छ ।यस बाट बच्नको लाई धेरै देश हरु आज आन्तरिक र बाहय रुपमा लकडाउन मा राखियको छन् र यो अझै कति लम्बिने हो अनिश्चित जस्तै देखिएको छ यस्ले गर्दा अतिआबस्यक देखि सेवा का सम्पुर्ण क्षेत्रहरु पुर्णतया  ठप्प भएको छ ।नेपाल मा पनि यो माहामारी को चपेटामा परेको छ र यस्ले अन्य जस्तै यातायात लाई पनि लगभग लगभग ठप्पै… पुरा पढौ

रुकुम चौरजहारी झडपमा मारिएका तीन जनाको शव भेटियो, वडाध्यक्षसहित १२ पक्राउ

शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवा र गाउँलेबीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ। अझै चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए। सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक, चौरजहारी… पुरा पढौ

दर्ता भएको एक वर्षपछि एमसीसी सम्झौता सदनको कार्यसूची बन्दै

दर्ता भएको झण्डै एक वर्षपछि अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता संघीय संसद्को कार्यसूचीमा पर्ने भएको छ। सो सम्झौताबारे राजनीतिकरुपमा बहस भएसँगै र केही महिना सभामुखको रिक्तताका कारण संसद्को अघिल्ला अधिवेशनमा प्रस्ताव पेश हुन नपाए पनि चालू छैटौँ अधिवेशनमा कार्यसूचीका रुपमा प्रवेश पाउने भएको हो। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सो सम्झौता यथावस्थामा पारित नगर्न आवाज उठेकाले सो प्रस्ताव थन्किएको थियो। नेकपाको गत माघ १५ देखि १९… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं