स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् । उनको सम्पर्कमा रहेका एक आफन्तमा कोरोना संक्रमण पुष्टि भएपछि ढकाल क्वारेन्टाइनमा बसेका हुन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक बिरामी आफन्तलाई अस्पतालमै पुगेर उनले भेटेका थिए । ती बिरामीमा कोरोना पुष्टि भएपछि आज ढकालको स्वाब लिइएको छ ।
यसअघि शनिबारसमेत मन्त्रालय आउने उनी ५ दिनदेखि मन्त्रालय आएका छैनन् । उनको रिपोर्ट आजै साँझसम्म आउने जनाइएको छ ।