स्याङ्जामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै पुरुष केही दिनअघिभारतबाट आएर वालिङको क्वारेन्टाइनमा बसेका थिए ।
पिसिआर पोजेभिभ आएपछि उनीहरुलाई आइसोलेसनमा सारिएको छ । संक्रमितको विवरण गण्डकी प्रदेशको नियमित प्रेस व्रिफिङमा सार्वजनिक गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद बिन्दु शर्माले जानकारी दिए ।




