Author Archive

जिप खोलामा खस्यो, २ जनाको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जीपमा सवार अन्य ६ जना घाइतेमध्ये… पुरा पढौ

कविता : भाँचिएको सियो

अचानकजूठी दमिनीको हातको सियोभाँचिएको छ सियो भाँचिएदेखिन्निकै चिन्तित छिन् उनी उनीसँग छैनअर्को जगेडा सियो नयाँ सियो किन्नबजार जान पनि सक्दिनन् उनीयतिखेरलकडाउनलेबन्द छ बजारर बन्द छन् दोकान चिन्तामा छिन् जूठी दमिनी टाँक हाल्नुपर्ने छब्लाउजमायत्ति टाँक हाल्ने ठाउँखिप्न पाएदेखिन्आउने ठाउँ थ्योगोडा दुईचारेक रुपैयाचामलको पैंचोत्यै पैसो दिनुहुन्थ्योछिमेकीलाई पैंचो नतिरेफेरि पैंचो पाइन्न हातको ब्लाउजअधुरै राखेरजूठी दमिनीपिँढीलाई एकतमासलेनियाल्छिन् उसै त दलित भनेरगाउँमा अछुत छिन्त्यसमाथि कोरोनाले सास्तीथपिदिएको छ ‘म अछुत तसधैंको अछुत भइहालेंछुतलाई पनि अछुत बनाउनेमान्छेलाई… पुरा पढौ

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी हुन्। ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन्। पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्। विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका सञ्चार विज्ञको मुख्य भूमिकामा रहनेछन्। ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा… पुरा पढौ

अस्पताल प्रमुख संक्रमणमुक्त, दुई सातापछि मनाङ जिल्ला अस्पताल सञ्चालनमा

मनाङको एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ। जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो। अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो। यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै कोरोना सङ्क्रमित भएपछि मेडिकल अधिकृतले एक सूचना प्रकाशित गरी अस्पताल बन्द गरिएको थियो। सूचनामा स्वास्थ्य प्रमुखको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भन्दै अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पताल सिल… पुरा पढौ

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ। सोमबार बिहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । नेकपा स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, थापाले लेखेका छन्। नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएको हो।… पुरा पढौ

भरतपुर अस्पतालमा कार्यरत पोखराका डाक्टरलाई कोरोना संक्रमण

भरतपुर अस्पताल चितवनमा कार्यरत पोखरा ३० घर भएका एक जना डाक्टरलाई कोरोना संक्रमण भएको छ । भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण यी ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । तनहुँको ब्यास ४ का २६ बर्षीय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा डायलासिसका लागि आएका थिए । सोमबारै पोखरा महानगरमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । अब गण्डकीमा संक्रमितको संख्या २ हजार… पुरा पढौ

पोखरा फुड्सका २५ सहित गण्डकीमा थपिए ६७ संक्रमित

पोखरा महानगरमा ३१ जनासहित गण्डकी प्रदेशमा ६७ नयाँ संक्रमित थपिएका छन् । पोखराको पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ६७ संक्रमित थपिएका हुन् । पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ र पृथ्वीचोकमा रहेको पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जनामा… पुरा पढौ

कोरोना अन्तर्राष्ट्रिय भ्रमको खेती हो

कोरोना जनतामा डर आतंक फैलाउने अन्तर्राष्ट्रिय भ्रमको खेती हो । कोरोना अन्तर्राष्ट्रिय मेडिकल माफियाद्वारा जनताको पैसा लुटने र दिमाख भुटने षडयन्त्रको लुटेरा सन्जाल मात्र हो । यो षडयन्त्रमा सरकार र ठुला मिडियाहरुकोको हातेमालो छ । हाम्रो गाउँ अछामको कालिमाटी हो । यो गाउँ अछाम जिल्लाभरीको गाउँ मध्येको शिक्षित गाउँ पनि हो । यो गाउँ चैत्र महिना देखी कोरोना आतंकमा पर्यो । जबदेखी धनगढी (कैलाली) मा अमृत शाहीलाई कोरोना भयो भनेर… पुरा पढौ

जंगलको बाटो हिडिरहेकी युवतीलाई बलात्कार आरोपमा पक्राउ

पोखरा २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेका छन् । खत्रीले शनिबार साँझ पौने ९ बजे जंगलको बाटो हिडिरहेकी एक युवतीलाई डर, धम्की दिएर जबर्जस्ती गरेको प्रहरीको आरोप छ । १८ वर्षीया ती युवती बलात्कार आरोपमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता सुवास हमालले जानकारी दिए । खत्री बिरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको हमालले बताए । पुरा पढौ

गोरखामा कोरोना संक्रमितको मृत्यु, गण्डकीमा १९ पुगे मृतक

गोरखा नगरपालिका ७ की ७६ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई अचेत अवस्थामा शनिबार १२ बजे अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा शनिबार दिउँसो साढे ४ बजे मृत्यु भएको थियो । ती महिला ब्रेनह्याम्ब्रेजपछि घरमै उपचाररत थिइन् । ती महिलामा कोभिड १९ संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले बताइन् । अब गण्डकी प्रदेशमा कोभिड ( १९ को संक्रमणबाट मृत्यु हुनेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं