नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ।

सोमबार बिहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलसहितको छलफलमा यो सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

नेकपा स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ’, थापाले लेखेका छन्।

नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएको हो।

file pix