Author Archive

निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार, लिङ्देन मन्त्री: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि एमाले, जसपा र राप्रपाको सरकार बन्ने ठोकुवा गरेका छन्। शुक्रबार झापा ३ मा एमाले–राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले एमालेले ती दललाई साथमा लिएर सरकार बनाउने बताए। ’आउने निर्वाचनबाट एमालेको बहुमत आयो–आयो। र, एमालेको साथमा जसपा, राप्रपा समेतको सरकार बन्छ। बहुमत आयो भनेर एक्लै एमालेले सरकार बनाउने होइन। अरु सहयोगी र सहयात्रीहरूलाई पनि साथ लिएर सरकार बनाउँछ। त्यसपछि सरकारमा राजेन्द्र लिङ्देन गएपछि विकास खोई… पुरा पढौ

जहाँ हुँदै छ सत्ता गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा

देशैभर मोर्चाबन्दी गरी चुनावमा होमिएको पाँच दलीय सत्ता गठबन्धनका दलहरुबीच पनि केही क्षेत्रमा प्रतिश्पर्धा हुँदै छ । जसपा गठबन्धनबाट बाहिरिँदा र लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा ल्याउँदा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएको हो। सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका ११ स्थानमा प्रतिश्पर्धा हुँदै छ । गठबन्धनकै दलहरुबाट दुईजनाको उम्मेदवारी परेपछि प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ९ स्थानमा मित्रवत् प्रतिष्पर्धा गर्ने निर्णयमा उनीहरु पुगेका हुन्। गठबन्धनले काठमाडौं क्षेत्र नम्बर… पुरा पढौ

भण्डारी समाज नेपालको साधारणसभा

धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा शनिबार पोखरामा भएको छ । शुक्रबार सहभागीको दर्ता र केन्द्रीय समिति बैठक भएको थियो। शनिबार भएको सभामा नेपाल सरकारका पूर्व सचिव कृष्णप्रसाद भण्डारीले संस्कार र संस्कृतिलाई भुल्नु नहुने जनाए । उनले राज्यलाई भण्डारीहरुले आवश्यक परेको बेलामा साथ दिएको र देश निर्माण र राष्ट्रियतामा समेत ठूलो योगदान रहेको उल्लेख गरे । संस्थाका पूवअध्यक्ष केशवराज भण्डारीले विगतमा आफ्रले गरेका कामको स्मरण गर्दै आगामी दिनमा संस्थालाई… पुरा पढौ

सभ्य बजारका लागि खाद्य स्वच्छता जरुरीः कोइराला

पोखरामा शुक्रबार भएको एक कार्यक्रम गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुले प्रथम त्रैमासिकका गरेका कामको समीक्षा गरिएको छ । कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सभ्य बजारका लागि खाद्य स्वच्छता जरुरी हुने बताए । उनले खाद्यको गुणस्तरबारे सधै चनाखो बन्नुपर्नेमा जोड दिँदै चाडपर्वका बेला अझ बढी सजगता चाहिने जनाए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख शिवजी बराले कार्यालयले पहिलो चौमासिकका गरेका कार्यबारे प्रकाश… पुरा पढौ

९ % ले टिकट पाएका छौं, मतदाताले विजेता घटाउनुहुन्न

कास्की २ (२) मा पोखरा महानगरका वडा नं. ४, ८, ९, ११, १६ र २० पर्छन् । यो क्षेत्रबाट गएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ (करण)लाई पराजित गर्दै विन्दुकुमार थापा निर्वाचित भएका थिए । गण्डकी प्रदेशका कानुन मन्त्री रहेका थापा फेरि जित दोहो¥याउने पक्षमा छन् । थापाको प्रतिश्पर्धा एमाले उम्मेदवार मिना गुरुङसँग हुने देखिन्छ । गुरुङ गण्डकी प्रदेशकी निवर्तमान सांसद हुन् । उम्मेदवारीका कारण, एजेन्डा र भावी योजनाबारे एमाले… पुरा पढौ

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ : ३७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ । जसअनु्सार कात्तिक १० गते बिहीबार बिहान ११ ः ३७ बजे भाइटीकाको साइत उत्तम रहेको छ ।  यमपञ्चक कात्तिक ५ गते शनिबारदेखि सुरु हुनेछ । कात्तिक ५ गते शनिबार यमदीपदान सुरु गरिन्छ । यमपञ्चकका अवसरमा दीपदान गर्नाले यम यातना नपाइने धार्मिक विश्वास छ । धनत्रयोदशी ९धनतेरस० पर्व पनि त्यसै दिन मनाउनुपर्ने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद… पुरा पढौ

उसुमा सेनालाई ३ स्वर्ण, सान्सौमा १६ जना फाइनलमा

थाउलु पुरुष ताइची छ्वान अलराउन्डका स्वर्ण विजेता नेपाली सेनाका हरिप्रसाद गोले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ३ स्वर्ण जितेको छ । पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, बागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कास्य पदक जितेका छन् । बुधबार बिहान भएको पुरुष चायची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर… पुरा पढौ

पदक विजेता ४१ खेलाडीलाई महानगरको सम्मान

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी भई पदक विजेता पोखरा महानगरवासी खेलाडी सहित प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी लगायतले ४१ पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगीताका विभिन्न इभेन्टहरूमा सहभागी पोखरा महानगरवासी खेलाडीले… पुरा पढौ

सचेत उपभोक्ता र जिम्मेवार सरकारबाट उपभोक्ता अधिकार सुरक्षित: कोइराला

उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको सचेतना नै उपभोक्ताको अधिकार र हित संरक्षण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताए । उनले सबै मानिस उपभोक्ता भएकाले सरकारी, गैरसरकारी निकाय र आम नागरिक नै यसबारे सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सचेत उपभोक्ता, जिम्मेवार सरकार निकाय, कानुको पालना र नागरिकको खबरदारीले मात्र उपभोक्ता अधिकार सुरक्षित हुन सक्छ ।’ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले आइतबार आयोजना गरेको उपभोक्ता भेला… पुरा पढौ

पर्यटन र आतिथ्य क्षेत्रको जनशक्ति र रोजगारदातालाई जोड्दै छौंः भण्डारी

माणित विश्वविद्यालयको दिशामा अघि बढेको जनप्रिय बहुमुखी क्याम्पस पोखरासँगै गण्डकी प्रदेशको अग्रणी शिक्षालय हो । यो क्षेत्रबाट पहिलो पटक विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र पाएको जनप्रियले अहिले २ कार्यक्रम स्वायत्त रुपमा चलाइरहेको छ । गण्डकी प्रदेशको राजधानी पोखराको मध्य भाग सिमलचौरमा रहेको जनप्रियले आज सोमबार पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिट २०२२ आयोजना गर्दै छ । यसको तयारी र जनप्रियका भावी योजनाबारे क्याम्पस प्रमुख लोकराज भण्डारीसँग गरिएको कुराकानीः यो क्षेत्रकै विशिष्ट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं