धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको आठौं साधारणसभा शनिबार पोखरामा भएको छ । शुक्रबार सहभागीको दर्ता र केन्द्रीय समिति बैठक भएको थियो।
शनिबार भएको सभामा नेपाल सरकारका पूर्व सचिव कृष्णप्रसाद भण्डारीले संस्कार र संस्कृतिलाई भुल्नु नहुने जनाए । उनले राज्यलाई भण्डारीहरुले आवश्यक परेको बेलामा साथ दिएको र देश निर्माण र राष्ट्रियतामा समेत ठूलो योगदान रहेको उल्लेख गरे ।
संस्थाका पूवअध्यक्ष केशवराज भण्डारीले विगतमा आफ्रले गरेका कामको स्मरण गर्दै आगामी दिनमा संस्थालाई अझ प्रभावशाली बनाउन आग्रह गरे । नेपाल पर्यटन बर्ड पोखराका प्रमुख काशीराज भण्डारीले धर्म, सस्कार, संस्कृतिसमेत पर्यटन प्रवद्र्धनसँग जोडिएको बताए ।
साहित्यकार एवं मातृशक्ति परिचालन समितिका केन्द्रीय संयोजक अम्बिका भण्डारीले समाजमा हुने हरेक कुरामा महिलाको भुमिका महत्त्वपूर्ण हुने बताइन् । समारोहमा उनले गीत र कवितासमेत प्रस्तुत गरिन् ।
पूर्व जनप्रतिनिधि सावित्री भण्डारीले महिला आफै सक्रिय भएर अगाडि बढ्नुपर्ने जनाइन् । कार्यक्रममा सल्लाहकार नारायण भण्डारी, खेतुलाल, लेखक लछुमण भण्डारी, होममणि भण्डारी, पूर्व उपाध्यक्ष घनश्याम भण्डारी, पूर्व कोषाध्यक्ष तथ हालका सल्लाहकार हरि भण्डारी, जनक भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रम मा माहासचिवको प्रतिवेदन महासचिव सूर्यप्रसाद भण्डारी र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष महेन्द्र भण्डारीले प्रस्तुत गरेका थिए ।
समारोहमा गएको जनप्रतिनिधि बनेका ३० भन्दा बढी भण्डारीलाई सम्मान गरिएको थियो । दारेगौडा पुजा समितिले स्वागत भजन प्रस्तुत गरेको थियो ।
कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुष्प भण्डारी र महासचिव सूर्यप्रसाद भण्डारीले पनि बोलेका थिए ।






