Author Archive

कविताः आमा

यदि कसैले सोध्यो भने,तिमी कुन देवी– देउता रोज्छौ ?या सोध्यो भनेदेउता रोज्छौ कि आमा ?म निसंकोच भन्ने छुःम आमा रोज्छु । कति दुख गरेर हुर्काएकी हुन्मेरी आमाले मलाईमलाईमात्र नभएरभाइबहिनीहरुलाईमेरा छोराहरुलाई । कहिल्यै भनिनन् आमालेपैसा माग्दा साथमा छैन भनेरभात माग्दा कसौडीमा छैन भनेरदुःख गरेर पनि दुखाई भनिनन्कष्ट सहेर पनि कथा बुनिनन्गाउँका कसैसँगघरको आङको छारो उडाइनन् बुवा राजनीति गर्थेसेवा गर्न जान्थेमेवा खान जान्दैनथेअर्थात् न त औला बाङ्गो गर्थेन त अरुले जसरी हात… पुरा पढौ

विवाहको गाडीले किचेर जन्तीकाे मृत्यु

प्यूठानको मल्लरानी गाउँपालिका-३ मा विवाहकै गाडीले जन्तीलाई किच्दा मल्लरानी-३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ । जिल्लाको ऐरावती गाउँपालिकाको बरौलाबाट सदरमुकाम खलंगातर्फ जाँदै गर्दा लु ३ च ६८४७ नम्बरको स्कारिपयोको टायर पन्चर भएर जन्तीलाई नै किचेको थियो । घरनजिकै नाँचगान गर्दै दुलही लिन जान तयारीमा रहेको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी… पुरा पढौ

शिव पलाँसका तीन मुक्तक

१. यो बैंशालु फूल, यो हरियो पात सबै झरेर जाने होसके धर्तीमा अलिकति सुवास, सौन्दर्य छरेर जाने होमेरो मृत्युको मिथ्या खबरमा दीपावली नगर न मित्रतिमी पनि अजम्मरी हैनौ, आखिर भोलि मरेर जाने हो २. समाजवादको मीठो सपना बेचेर सत्तामा आएका छन्जहाजदेखि सुनसम्म सबै थोक यिनैले खाएका छन्जनताको रगतसँग साटेको गणतन्त्र होइन र यो ?खोई जनताले एउटा राहदानीबाहेक के पाएका छन् ? ३. म मै जस्तो हुनुपर्छ भन्ने लाग्यो, तिमी जस्तै… पुरा पढौ

किन राजीनामा दिए भरतराज गौतमले ?

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गौतमको राजीनामा स्वीकृत गरेका हुन् । गौतमले कार्यकाल सकिनु ८ महिनाअघि नै यही २४ गते राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई आज कार्यवाहक महासचिव तोकेका थिए । प्रशासनिक नेतृत्वको अभावमा संसद दिवसलगायत संघीय संसदका कामकारबाही प्रभावित भएकोले सभामुखले राष्ट्रियसभाका अध्यक्षसँगको परामर्शमा पाण्डेयलाई कार्यवाहकको जिम्मेवारी दिएको सचिवालयले जनाएको छ । गौतमको… पुरा पढौ

पोखराका होटलमा सिसी क्यामेरा र ग्राहकको पूर्ण विवरण अनिवार्य

पोखराका होटलहरुले अनिवाय रुपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । वडा प्रहरी कार्यालय बैदाम, पृथ्वी होटल व्यवसाय समितिको लगायतको उपस्थितिमा बुधबार भएको बैठकले यस्तो निर्णय गरेको हो । मङ्सिर ५ गते पोखराको पृथ्वीचोकको एक होटलमा अचेत फेला परेकी सुकु विकको मृत्युको कारण अझै पत्ता लागेको छैन । विकको उपचारका क्रममा मृत्यु भएको थियो । सो घटनाको अनुसन्धानको क्रममा होटलमा सुरक्षाका विधिहरु नअपनाएको पाएपछि प्रहरी र व्यवसायीको छलफलले यी निर्णय… पुरा पढौ

पोखराको नैना दोहोरी साँझमा आगलागी हुँदा ६० लाख क्षति

पोखरा महानगरपालिका–८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । बुधवार भएको आगलागीबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले सञ्चालन गरेको दोहोरीमा बुधवार बिहान करिब ६ बजे बिजुलीको तार सर्ट भइ आगलागी भएको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको नेतृत्वमा खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा नगद… पुरा पढौ

सकियो पर्वतीय महोत्सव, अर्काे वर्ष थप उत्कृष्ट बनाउने प्रतिवद्धता

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालमा आयोजना गरेको पर्वतीय महोत्सव मङ्गलबार सकिएको छ । पाँच दिने महोत्सव १० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थिक मामिला मन्त्री जितप्रकाश आलेमगरले नेपालले अरुले गरेका गल्तीको असर भोग्नुपरेको उल्लेख गरे । जलवायु परिवर्तनका कारण भविष्यमा अझ ठूला सङ्कट र विपत्ति आउन सक्ने भन्दै उनले चिन्ता जनाए । ‘नेपालका बस्तीभन्दा नदीको सतह… पुरा पढौ

पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ राखिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो । पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरे । चाडै डिजिटल नक्सा राख्नेछ । सेल्डनले हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी… पुरा पढौ

आरसीको कथा संग्रह सार्वजनिक

कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ । कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गर्नुभयो । समाजका विविधता कथामा प्रस्तुत भएको उहाँको भनाइ छ । कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा… पुरा पढौ

प्राडा बुद्धिलाई अवार्ड, दीपेन्द्रलाई पुरस्कार

नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा प्राडा बुद्धिबहादुर थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । युआरएल फाउन्डेसनले शनिबार आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केदारभक्त माथेमा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्री, गुणस्तर विज्ञ सुशील थापा, राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति संयोजक बद्रिविनोद प्रतीक, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ लगायतले उनलाई सम्मान गरेका हुन् । सोही कार्यक्रममा पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा योगदान गरेकोमा दीपेन्द्र श्रेष्ठलाई… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं