विवाहको गाडीले किचेर जन्तीकाे मृत्यु

प्यूठानको मल्लरानी गाउँपालिका-३ मा विवाहकै गाडीले जन्तीलाई किच्दा मल्लरानी-३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको छ ।

जिल्लाको ऐरावती गाउँपालिकाको बरौलाबाट सदरमुकाम खलंगातर्फ जाँदै गर्दा लु ३ च ६८४७ नम्बरको स्कारिपयोको टायर पन्चर भएर जन्तीलाई नै किचेको थियो ।

घरनजिकै नाँचगान गर्दै दुलही लिन जान तयारीमा रहेको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।