Author Archive

प्राडा रामचन्द्र पोखरेललाई नाट्यचार्य सम्मान

नेपाल ना्यय अनुष्ठान पोखराका अध्यक्ष प्राडा रामचन्द्र पोखरेल भारतमा ‘नाट्यचार्य’ सम्मानबाट विभूषित भएका छन् । असम नेपाली नाट्य सम्मेलनले भारतको असम, सिमलगुढीमा भएको कार्यक्रममा उनलाई सम्मान गरेको हो । भारतीय एकेडेमीका सदस्य ज्ञानबहादुर क्षत्री, सम्मेलनका अध्यक्ष चन्द्रमणि उपाध्याय, महासचिव नाट्यभूषण पूर्णकुमार शर्मा लगायतले पोखरेललाई सम्मान गरेका हुन् । प्राडा पोखरेललाई दार्जीलिङ जर्नल पब्लिकेशनले ‘दार्जीलिङ जर्नल सम्मान’, मणि खवास स्मृति प्रतिष्ठान सिलगढीले ‘मणि खवास स्मृति प्रतिष्ठान सम्मान २०२३’ साथै सिलगढी नेपाली… पुरा पढौ

८ महिनादेखि मन्दिरविहीन तालवाराही

समुद्रका बिचबिचमा टापुहरु संसारभर थुप्रै छन्, तालका बिचमा पनि टापु र त्यसमा मन्दिर भएको दुर्लभ गन्तव्य पोखराको फेवातालमा छ । हो, तालको सानो टापुमा भएको तालबाराही मन्दिर त्यसैले पनि पोखरा घुम्न आउने अधिकतर पर्यटकको रोजाइको गन्तव्य बन्छ । अहिले भने मन्दिर भत्काइएको छ । मन्दिरको दर्शन र घुमघामका लागि पुग्नेहरुलाई खिन्न पार्ने दृश्य छ अचेल । दुर्भाग्य के भने मन्दिर भत्काइएको पुनर्निर्माणका लागि हो, जसको पूर्णताको छेकछन्दचाहिँ छैन । भनेको… पुरा पढौ

पुरानो ल्यान्डफिलमा ७ महिनामै बन्यो नमुना गौशाला

आधा वर्षअघिसम्म पोखराका सडकमा देखिने एउटा दृश्य अचेल गायबजस्तै छ । सम्झनुभयो ? यत्रतत्र स्वच्छन्द छाडा गाईवस्तुको दृश्य । पोखरा महानगरपालिकालाई बेलाबेला टाउको दुखाइ बन्थ्यो सडकका गाईवस्तु । त्यसमाथि पैदलयात्रु र गाडीहरुलाई पनि उत्तिकै सास्ती हुन्थ्यो । कहिलेकाहिँ त दुर्घटना पनि निम्तन्थ्यो । अचेल पनि सडकमा गाईवस्तु नआउने होइनन् । तर त्यस्ता गाईवस्तुलाई भेटेसम्म पोखरा १४ को बाच्छेबुडुवा पु¥याइन्छ । जहाँ पहिला महानगरपालिकाले फोहोर बोकेर लैजान्थ्यो, अचेल गाईवस्तु लगिन्छ ।… पुरा पढौ

एसओएसमा विज्ञान प्रदर्शनी

पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा विज्ञान प्रदर्शनी भएको छ । विद्यालयमा प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबले आयोजना गरेका हुन् । विद्यार्थीको लघुअनुसन्धान र प्रयोगात्मक परियोजनामा आधारित सामग्री नै प्रदर्शनीका प्रमुख आकर्षण थिए । विद्यार्थीले आफ्ना प्रदर्शनीलाई दैनिक र व्यावहारिक प्रयोजनसँग जोडेर प्रस्तुत गरेका थिए । तीव्र सहरीकरण र औद्योगिकीकरणले निम्त्याएको पर्यावरण असन्तुलनलाई समेत प्रदर्शनीको अर्काे विषय बनाइएको थियो । भौतिक विज्ञान, जीव… पुरा पढौ

भारतमा नेपाली नाट्य अनुष्ठानको शाखा

नेपाल नाट्य अनुष्ठानको शाखा भारतामा गठन भएको छ । अनुष्ठानका अध्यक्ष प्राडा रामचन्द्र पोखेलको अध्यक्षतामा हालै भएको भेलाले शाखाका रुपमा भारतीय नेपाली नाट्य अनुष्ठान गठन गरेको हो । नाटक विधाको विकास गर्ने अभिप्रायले गठित संस्थाको अध्यक्षमा डा. विजय रुचाल (सिलगढी) छन् । उपाध्यक्षमा डा. सुकराज दियाली (सिलगढी), महासचिव जिके शर्मा (सिक्किम), सचिव खेम सापकोटा (सिलगढी) र कोषाध्यक्षमा प्रणिषा रुचाल (सिलगढी) छन् । संस्थाका सदस्यमा राजु हिमांशु (खरसाङ) र उर्मिला घिसिङ… पुरा पढौ

पर्वतमा २ सहकारीका ८ जना सञ्चालक पक्राउ

सहकारी संस्थामार्फत ठगी गरेको आरोपमा पर्वतमा दुईवटा सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ परेका छन् । सदरमुकम कुश्मा बजारमै सञ्चालित तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका तीन जना र ग्रामीण विकास कृषि सहकारी संस्थाका पाँच जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय, सचिव विकास विश्वकर्मा र सहसचिव ओमकार कर्माचार्य तथा ग्रामीण विकास कृषि सहकारी संस्थाका… पुरा पढौ

पोखरामा दन्त रोगको अन्तर्राष्ट्रिय सम्मेलन

नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसन नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय मुख तथा दन्त स्वास्थ्य सम्मेलन पोखरामा भएको छ । सम्मेलनमा नेपाल र वंगलादेशका गरी १ सय ५० जना सहभागी थिए । कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले सामाजिक विकास र स्वास्थ्य क्षेत्रमा बराबरी बजेट विनियोजन गरी जनस्वास्थ्यमा केन्द्रीत हुन खोजेको सुनाइन् । उनले सर्वसाधारणको दन्त तथा मुख स्वास्थ्यका समस्या समाधान गर्न र डेन्टल हाइजिनिस्टका माग सम्बोधन गर्न… पुरा पढौ

बागमती प्रदेशलाई हराउँदै आर्मी फाईनलमा

त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । भीम सार्कीले इनिङ सम्हाल्दै जितको हकदार बनाए । ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए । जितको लागि दुई रन आवश्यक हुदाँ सार्की रित गौतमको पहिलो ओभरको तेस्रो बलमा सागर ढकालको हातबाट क्याच भए । सोमपाल कामीले रित गौतमको ओभरको अन्तिम बलमा एक रन लिदैं जित सुनिश्चित गरे । कामीले १४… पुरा पढौ

गीत: मानहुँकोट जाऊँ

हिउँद भरि कुहिरोले, ढाक्ने हाम्रो ठाँउबिहानीमा हिमाल हेर्न मानहुँकोट जाउँ नाँगवेलि उकालो छ चापाघाँटको बाटोउर्वर अनि मलिलो छ मानहुँको माटोऐतिहासिक,रमणीय एकदेवको गाउँपरीवारलाई घुमाउन मानहुँकोट जाउँ महाभारत शृङ्खलाको चुच्चो शिखरसेती मादी वेग हानी बग्छन् मुन्तिरसाहित्य, सांस्कृतिको धरोहर तनहुँचुड्का,कौरा हेर्नलाई मानहुँकोट जाउँ पुरा पढौ

How long will it take to rebuild Tal Barahi temple?

Nov. 30: Almost every person who comes to Pokhara visits the Tal Barahi Temple in the Phewa Lake. And every person who visits the temple asks when it will be constructed.  The 2015 earthquake damaged the temple and tilted it three inches to the south. Thus, stakeholders decided to demolish it and rebuild it from the ground up.  Accordingly, the old temple was torn down in April this year and, under… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं