समाज

छोरी हत्या आरोपमा बाबु गिरफ्तार

सप्तरीमा एक किशोरीको अर्धनग्न शव फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुबालाई पक्राउ गरेको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुबा ४५ वर्षीय तुरुन्तलाल बडहीलाई पक्राउ गरेको जनाएको छ । मृतककी आमासमेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको र उनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताए । प्रहरी निरीक्षक… पुरा पढौ

भीम र शान्तिले ७ दिनमै सके मृत्यु संस्कार

नेपाली समाजमा प्रचलित संस्कारहरु असान्दर्भिक, खर्चिला र भद्दा भएकाले ती संस्कारमा परिवर्तनको खाँचो औंल्याइएको छ । न्वारन, व्रतबन्ध, विवाह र मृत्यु संस्कारबाहेक अन्य संस्कार मानिसले छाड्दै गएकाले मुख्यगरी यी ४ संस्कारलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा वक्ताले मृत्यु संस्कारको अवधि लामो, कष्टकर, असान्दर्भिक, खर्चिलो र भद्दा भएकाले यसमा रुपान्तरण जरुरी भएको बताए । पोखरा १३, भद्रकालीकी बाटुलीदेवी रानाभाटको स्मृतिमा ७ औं दिनमा आयोजित श्रद्धाञ्जलीसभाका… पुरा पढौ

पुनर्स्थापना केन्द्रमा सेवाग्राहीको मृत्यु , दुई जना पक्राउ

ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ । सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार… पुरा पढौ

लैनो गाईलाई २० हजार भत्ता

मान्छे मात्रै नभएर स्थानीय सरकारले पशुचौपायका लागि पनि भत्ताको व्यवस्था गर्न थालेको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले यस्तो अभ्यास सुरु गरेको हो । सात वटा वडा रहेको सिदिङ्वाले गाईलाई भत्ताको व्यवस्था गरेको छ । भारतसँग सिमाना जोडिएको यो गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन उद्देश्यले यो योजना लागू गरेको हो । योजना अन्तर्गत गाई प्रसूति हुने बित्तिकै किसानले १५ हजार र दिगो स्याहारका लागि घाँस लगाउन ५ हजार रुपैयाँ प्राप्त गर्ने… पुरा पढौ

आफ्नै छोरी बेश्यालयमा बेच्ने पक्राउ

आफ्नै छोरी बेचेको अभियोगमा नुवाकोटमा बाबुसहित तीन जना पक्राउ परेका छन । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाबुसहित सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक ९एसपी० कृष्णबहादुर पल्लीमगरले जानकारी दिए । आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले… पुरा पढौ

बच्चा नजन्माएको भन्दै कुटपिट, जिउँदै चितामा राखियो

विवाह गरेको १० वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै भारतको बिहारमा एक महिलालाई आफन्तले जिउँदै जलाउने प्रयास गरेका छन्। बिहारको भोजपुरस्थित सोन नदीको किनारमा सोमबार साँझ रवीन्द्र ठाकुरकी पत्नी पुतुलदेबीलाई कुटपीट गर्दै आफन्तले जिउँदै चितामा राखेर जलाउने प्रयास गरेका हुन्। जिउँदै जलाउने प्रयास भइरहेको अबस्थामा प्रहरीले ती महिलाको उद्धार गरेको समाचार छ। खोलामा शौच गर्न गएको बेला स्थानीय मंजित तिवारीले जिउँदै महिलालाई जलाउने प्रयास भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाका दाई… पुरा पढौ

किशोरीहरुलाई आत्मरक्षा तालिम

प्राज्ञिक विद्यार्थी नेपाल पोखरा महानगर इकाइ समितिको आयोजनामा नारी सम्मान र सुरक्षाका लागि मिसन साहासी २०७५ सुरु भएको छ । नेपाल क्योकुसिन कानकराते र नेपाल मुआथाइ किक बक्सिङको सहयोगमा कार्यक्रम गरिएको हो । प्रत्येक नारीलाई शिक्षित, सम्मानित, स्वावलम्बी र साहासी बनाउँदै आफनै रक्षाका लागि आफै सक्षम हुन आवश्यक सीप प्रदान गर्न लागिएको कार्यक्रम संयोजक विष्णुकुमारी अधिकारीले बताइन् । सोमबारदेखि सुरु भएको सो कार्यक्रममा हरेक दिन १ घण्टाका आत्मरक्षा तालिम साथै… पुरा पढौ

खोलाबेंसी टोल अध्यक्षमा कृष्णराज

खोलाबेंसी टोल विकास संस्थामा कृष्णराज आचार्य अध्यक्ष निर्वाचित भएका छन् । पोखरा ३१ स्थित टोल विकास संस्थाको भेलाले उपाध्यक्षमा सूर्यप्रसाद सुवेदी, सचिवमा कमल सुवेदी, सहसचिवमा शिवहरि सुवेदी र कोषाध्यक्षमा रमादेवी दाहाल सुवेदी चयन भएका छन् । संस्थाका सदस्यमा सन्तोस सुवेदी, सूर्यमोहन बराल, महेश गुरुङ, बिक्की सुवेदी, रोषनी गौतम र रुकमाया सुवेदी छन् । खोलाबेंसी टोल विकास संस्थाका अध्यक्ष शंकरप्रसाद सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व मन्त्री खगराज अधिकारी, नेकपाका नेता युवराज… पुरा पढौ

ज्यालादारीलाई मातृशोक, ७ दिनमै अन्तिम संस्कार सकिने

प्रगतिशील लेखक संघ कास्की अध्यक्ष भीम रानाभाट ज्यालादारीलाई मातृशोक परेको छ । भीमकी आमा बाटुलीदेवीको ९२ वर्षमा आइतबार बिहान निवासमै निधन भयो । उनको जन्म विस १९८३ मा भएको थियो । बाटुलीदेवीको आइतबारै सेती नदीमा अन्त्येष्टि गरिएको छ । उनका ६ छोरा र २ छोरी छन् । बाटुलीका श्रीमान पूर्णबहादुरको यसअघि नै निधन भइसकेको छ । साहित्यकार रानाभाटले आमाको अन्तिम संस्कार ७ दिनमा नै सक्ने बताए । उनले बुबा पूर्णबहादुरको… पुरा पढौ

दुर्घटना भनिएका पत्रकारको हत्या भएको पुष्टि

हेटौंडा–१, भैरवडाँडामा १० दिनअघि पत्रकार मनोहर ढकालको हत्या भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले घटनाको १० दिनपछि ढकालको हत्या भएको कुरा सार्वजनिक गरेको छ । गत पुस २५ मा मारिएका ढकालको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घटनामा प्रत्यक्ष संलग्न हेटौंडा–११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ का प्रविण वाइबा, हत्या गरेर ढकालको साथबाट चोरी भएको मोबाइल र सुनको औंठी खरिद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं