आफ्नै छोरी बेचेको अभियोगमा नुवाकोटमा बाबुसहित तीन जना पक्राउ परेका छन । दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बुबाले नै भारतमा बेचेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बाबुसहित सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक ९एसपी० कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले गत पुस २२ गते बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्याीएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको एसपी मगरले जानकारी दिए । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।




