खोलाबेंसी टोल विकास संस्थामा कृष्णराज आचार्य अध्यक्ष निर्वाचित भएका छन् । पोखरा ३१ स्थित टोल विकास संस्थाको भेलाले उपाध्यक्षमा सूर्यप्रसाद सुवेदी, सचिवमा कमल सुवेदी, सहसचिवमा शिवहरि सुवेदी र कोषाध्यक्षमा रमादेवी दाहाल सुवेदी चयन भएका छन् ।
संस्थाका सदस्यमा सन्तोस सुवेदी, सूर्यमोहन बराल, महेश गुरुङ, बिक्की सुवेदी, रोषनी गौतम र रुकमाया सुवेदी छन् ।
खोलाबेंसी टोल विकास संस्थाका अध्यक्ष शंकरप्रसाद सुवेदीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्व मन्त्री खगराज अधिकारी, नेकपाका नेता युवराज पौडेल, मिलन सुवेदी, शंकरनाथ पौडेल, विजया सुवेदी, बैनबहादुर गुरुङ, पोखरा महानगरका कानुनी सल्लाहकार राममणी अधिकारी, संस्थाका कोषाध्यक्ष कमल सुवेदी, सचिव कृष्णराज आचार्य लगायतले बोलेका थिए ।